Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

श्रीलंकामा राजपक्ष परिवार र सांसदका घरमा आगजनी, हिंसा चर्किएपछि देशभरि कर्फ्यू

सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली चलाउन आदेश

खबरडबली संवाददाता

काठमाडौं । श्रीलंकामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनललाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कर्फ्यू जारी गरिएको छ।

सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोशित भिडले राजपक्षसँग निकट सम्बन्ध भएका व्यक्ति तथा नेताहरूका सम्पत्तिमाथि आक्रमण गरेका थिए।

श्रीलङ्कामा आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि सोमवार राष्ट्रपति गोटाबय राजपक्षका दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजपक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए।

तर उनको राजीनामापछि पनि प्रदर्शनकारीहरू संयमित भएका छैनन्। राजपक्ष आफ्नो निवासभित्रै रहेका बेला प्रदर्शनकारीहरू उनको निवासमा प्रवेश गर्ने प्रयास गरेका थिए।

सोमवारयता श्रीलङ्कामा चर्किएको प्रदर्शनमा सात जनाको मृत्यु भइसकेको छ भने १९० जना घाइते भएका छन्।

कर्फ्यू लम्बियो

हिंसात्मक प्रदर्शन साम्य बनाउन अधिकारीहरूले बुधवार बिहानसम्मका लागि उक्त देशभरि कर्फ्यू आदेश लम्ब्याएका छन्। धेरै प्रदर्शनकारीहरूले महिन्दा राजपक्षका भाइ समेत रहेका राष्ट्रपति गोटाबय राजपक्षको राजीनामा पनि माग गरिरहेका छन्।

श्रीलङ्कामा मूल्यवृद्धि र विद्युत् आपूर्ति कटौतीको विरोधमा गत महिनाबाटै प्रदर्शन चर्किएको छ।

सरकारका समर्थकहरू र प्रदर्शनकारीहरूबीच महिन्दा राजपक्षको निवास टेम्पल ट्रीबाहिर सोमवार हिंसात्मक झडप भएको थियो। उनीहरूबीच मुख्य प्रदर्शनस्थल गल फेश ग्रीनमा पनि झडप भएको थियो।

प्रहरीको घेरा तोडेर प्रदर्शनकारीहरूमाथि लाठीसहित आक्रमण गरेका सरकार समर्थकहरूमाथि प्रहरी र दङ्गा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो।

श्रीलङ्का

घटनापछि क्रुद्ध बनेका प्रदर्शनकारीहरू सरकार समर्थकहरूमाथि जाइ लागेका थिए। उनीहरूले सत्ताधारी दलका सांसदहरूमाथि पनि आक्रमण गरेका थिए।

उनीहरूको तारोमा परेका एक सांसदले आफ्नो कारमा भिडले आक्रमण गरेपछि दुई जनामाथि गोली प्रहार गरेर आफूले आत्महत्या गरेको श्रीलङ्का प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरूको भिडले राति राजपक्ष, विभिन्न मन्त्री र सांसदहरूका घरमा आगो लगाएका थिए। राजपक्ष परिवारले विवादास्पद सङ्ग्रहालय बनाएको दक्षिण श्रीलङ्कास्थित हम्बन्टोटा गाउँमा रहेको उनीहरूको पैतृक घरमा पनि आगजनी गरिएको छ।

आगो लगाएर हर्षोल्लास

सामाजिक सञ्जालमा राखिएका भिडिओमा घरमा आगो दन्किँदा मानिसहरूले हर्षोल्लास गरिरहेको देखिन्छ।

राष्ट्रपति निवासछेउछाउका क्षेत्रमा पनि आगजनी भएको विवरणहरू आएका छन्। आफ्नो घरमा भएको आक्रमणमा परेका एक नगरविधायकको अस्पतालमा उपचारका क्रममा निधन भएको छ।

महिन्दा राजपक्ष आफू निकटस्थ समर्थकहरूसँग छलफलमा रहेका बेला प्रदर्शनकारीहरूले उनको निवासको भित्री परिसरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए।

श्रीलङ्कामा कर्फ्यू

निवास परिसरमा राखिएको एउटा बसमा आगजनी गरेपछि प्रहरीले प्रदर्शनकारीहरूले तितरबितर पार्न अश्रुग्यास प्रहार तथा हवाई फायर गरेको थियो।

घटनापछि राजपक्षले कोलम्बो छोडेका छन्। उनी कहाँ गए भन्ने जानकारी गोप्य राखिएको छ।कोलम्बोको सबै क्षेत्रमा स्थिति तनावग्रस्त बनेको छ। लाठी र रड लिएका मानिसहरूले विमानस्थल जाने र आउने सडकमा अवरोध सिर्जना गरेका छन्।

प्रायः प्रहरी र सुरक्षाकर्मीहरूको देखा परिरहने स्थानहरूमा पनि अहिले उनीहरूको उपस्थिति देखिएको छैन।

सबैभन्दा खराब आर्थिक सङ्कट

श्रीलङ्काले सन् १९४८ मा ब्रिटेनबाट स्वतन्त्र भएयता सबैभन्दा खराब आर्थिक सङ्कट बेहोरिरहेको छ। महँगी बढ्दा जीवनयापन गर्न लाग्ने खर्च धान्नै नसकिने भएपछि मानिसहरू आक्रोशित भएका छन्।

देशको विदेशी मुद्रा सञ्चिति रित्तो भएको छ भने मानिसहरूले खाना, औषधि र इन्धनजस्ता अत्यावश्यक सामग्री पाउन सकिरहेका छैनन्। सरकारले आपत्कालीन आर्थिक सहयोगका लागि आग्रह गरिरहेको छ।

सरकारले कोरोनाभाइरस महामारीका कारण यस्तो परिस्थिति आएको दाबी गरेको छ। पर्यटन श्रीलङ्कामा विदेशी मुद्रा कमाउने ठूला माध्यममध्ये एक हो।  तर धेरै विज्ञहरूले आर्थिक व्यवस्थापनको पाटोमा दोष देखाएका छन्।

प्रदर्शनकारीमाथि गोली चलाउन आदेश

श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिइएको छ।  त्यहाँको रक्षामन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिमा नोक्सान पु¥याउने वा कसैको ज्यानका लागि खतरा बन्ने व्यक्तिलाई देख्ने वित्तिकै गोली हान्ने आदेश दिइएको जनाएको हो। 

अहिलेसम्मकै सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा विरोध प्रदर्शन हिंस्रक बन्दै गएको छ। रक्षा मन्त्रालयका प्रवक्ता नलिन हेरथका अनुसार सार्वजनिक सम्पत्ति लुट्ने वा नोक्सान पु¥याउने व्यक्तिलाई देख्ने वित्तिकै गोली हान्न सुरक्षाकर्मीलाई आदेश दिइएको हो। 

प्रदर्शनकारीले सत्तारुढ दलका नेताहरुको घरलाई निशाना बनाउँदै आगजनी गरिरहेका छन्। राष्ट्रपतिको आधिकारिक आवास क्षेत्र वरपरका घरमा पनि आगजनी गरिएपछि ठूलो संख्यामा प्रहरी र सेनाको आपतकालीन शक्ति तैनाथ गरिएको छ। 

आर्थिक संकटले श्रीलंकामा इन्धन, खानेकुरा, औषधीलगायतका आधारभूत वस्तुको चरम अभाव छ। जसका कारण विगत एक महिनाभन्दा अघिदेखि श्रीलंकन नागरिक राजपाक्षे परिवारविरुद्ध कोलम्बोका सडकमा प्रदर्शन गरिरहेका छन्। 

प्रदर्शनकारीले भयानक आर्थिक संकटका लागि जिम्मेबार रहेको भन्दै राष्ट्रपति गोटबाया राजपाक्षेले राजीनामा दिनुपर्ने माग गरेका छन्। तर सोमबार उनका भाइ प्रधानमन्त्री महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिए पनि प्रदर्शन शान्त हुन सकेको छैन्।

प्रहरीकाअनुसार अहिलेसम्म प्रदर्शनका कारण आठ जनाको मृत्यु भएको छ भने २ सय भन्दा बढी घाइते भएका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending