Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

श्रीलंका देशव्यापी रूपमा लगाइएको कर्फ्यू बुधबारसम्मका लागि थप

एजेन्सी

काठमाडौं । श्रीलंकामा जारी आन्दोलन थप हिंसात्मक बन्दै गएपछि श्रीलङ्का सरकारले देशव्यापी रूपमा कर्फ्यू घोषणा गरेको छ ।

सरकारका विरुद्धमा भएको आन्दोलन थप हिंसात्मक बन्दै गएपछि सरकारले देशव्यापी रूपमा सोमबार रातिदेखि मंगलबारसम्मका लागि लगाइएको कर्फ्यू आदेश बुधबारसम्मलाई थप गरिएको श्रीलङ्काका सरकारी अधिकारीले बताएका छन् । 

श्रीलङ्कामा आक्रोशित भिडले महिन्दा राजपक्षको तथा उनललाई समर्थन गर्ने कैयौँ सांसदहरूका घरमा आगो लगाइदिएपछि अहिले त्यहाँ कर्फ्यू जारी गरिएको छ ।

सरकार समर्थकहरूबाट आक्रमण भएको भन्दै आक्रोशित भिडले राजपक्षसँग निकट सम्बन्ध भएका व्यक्ति तथा नेताहरूका सम्पत्तिमाथि आक्रमण गरेका थिए।

श्रीलङ्का आर्थिक सङ्कट व्यवस्थापन गर्न सरकार असफल भएको भन्दै प्रदर्शन चर्किएपछि सोमवार राष्ट्रपति गोटाबय राजपक्षका दाइ तथा पूर्वराष्ट्रपति महिन्दा राजपक्षले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

तर उनको राजीनामापछि पनि प्रदर्शनकारीहरू संयमित भएका छैनन्। राजपक्ष आफ्नो निवासभित्रै रहेका बेला प्रदर्शनकारीहरू उनको निवासमा प्रवेश गर्ने प्रयास गरेका थिए।

सोमवारयता श्रीलङ्कामा चर्किएको प्रदर्शनमा सात जनाको मृत्यु भइसकेको छ भने १९० जना घाइते भएका छन् । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending