Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल

स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित

खबरडबली संवाददाता

काठमाडौं । पाँच दलीय सत्तागठबन्धनका शीर्ष नेताहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गरेर बहुमतका साथ विजयी गराउन सबैमा अपिल गरेका छन्। 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुले आज एक अपिल जारी गर्दै विजयको नजिक रहेका गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न आह्वान गरेका हुन्। 

संविधानसभामार्फत नेपाली नागरिकले जारी गरेको संविधान र नागरिकले निर्वाचित गरेको संसद्माथि भएको प्रहारलाई परास्त गर्दै आन्दोलनबाट प्राप्त परिवर्तनका उपलब्धिलाई जोगाउन गठबन्धन भएको उनीहरुले उल्लेख गरेका छन्। 

“दुईरदुईपटक संसद् विघटन भएपछिको असहज परिस्थितिमा ‘सङ्कीर्ण र निषेध’ को राजनीतिका विरुद्ध ‘सहमति र सहकार्य’ को जगमा अहिलेको सरकार गठन भएको होे । राजनीतिक स्थिरता कायम राख्दै सुशासन र विकासका प्रक्रियालाई निरन्तरता दिई मुलुकलाई निकास दिनुपर्ने दायित्व बोध गरी पाँच दलीय एकता कायम गरिएको हो । यो एकतालाई अक्षुण्ण राख्दै स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेका पाँच दलबीच तालमेल गरी हामीले उम्मेदवारी दिएका छौँ । आजको दिन लोकतन्त्र, मानवअधिकार, कानूनी राज, देशको विकास र समृद्धि, सामाजिक न्याय र स्वतन्त्रताका लागि गठबन्धनका हामी पाँच दल सदा अविचलित रहने प्रण गर्दछौँ,” गठबन्धनका नेताहरुद्वारा जारी अपिलमा उल्लेख छ ।

“प्रतिगमनविरुद्धको सङ्घर्षको परिणाम नै मुलुकको राजनीतिले निकास पाएको ध्रुव सत्य हो । असंवैधानिकरूपमा संसद् विघटन गरिएपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र, शक्तिपृथकीकरण, संविधानवादका मूल्य, मान्यता, मुलुकको स्वाभिमान र सुरक्षा जस्ता विषयमा अनेक प्रश्न खडा भए । कोरोना महाव्याधिका कारण मुलुक यसै पनि मानवीय सङ्कटको अवस्थामा थियो । पटकपटक संसद् विघटनपछि दशकौँ लडेर ल्याएको लोकतन्त्र सङ्कटमा परी प्रतिगमनले फेरि टाउको उठाउने खतरा थियो । यी सबै परिस्थितिलाई सम्हालेर अघि बढ्नुपर्ने आवश्यकता गठबन्धन सरकारको थियो । स्थानीय निर्वाचन सङ्घारमा आइसकेको अवस्थामा अब यो ऐतिहासिक अभिभारालाई पूरा गरी चुनौतीलाई अवसरमा बदल्ने दायित्व आम मतदाताहरुको काँधमा आएको छ,” अपिलमा जनाइएको छ ।

स्थानीय तहको निर्वाचनपछि मुलुकले निर्णायक मोड र दिशा लिने निश्चित भएको उल्लेख गर्दै नेताहरुले स्थानीय निर्वाचनका माध्यमबाट मुलुकको एकता बलियो बनाउँदै राजनीतिलाई सही ढङ्गले लोकतन्त्रको बाटोमा डो¥याउन सक्ने बताएका छन्। 

जनताले दिएको जिम्मेवारीलाई अवसरका रूपमा लिँदै मुलुकको बृहत्तर हितका खातिर जनभावनानुरूप नेतृत्वदायी भूमिका निर्वाह गर्न लागिपर्ने गठबन्धनका नेताहरुले प्रणसमेत गरेका छन्। 

गठबन्धनको बलमा मुलुकको विकास, समृद्धि र लोकतन्त्रको जगेर्ना सम्भव भएकाले गठबन्धनको पक्षमा मतदानका लागि सबैले विवेकको प्रयोग गर्ने नेताहरुको विश्वास छ । 

यस क्षणमा आफूहरु सदैव जनताको सुख, दुःखमा एकसाथ रहने प्रतिबद्धता जाहेर गर्दै उनीहरुले सबै क्षेत्र, वर्ग, समुदायलगायतको हक अधिकार सुनिश्चित गर्न समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्। निर्वाचन सम्पन्न गर्न सबैलाई एकजुट भएर लाग्नसमेत उनीहरुले आग्रह गर्नुभएको छ ।

अपिलमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन्। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending