Khabar Dabali १४ जेष्ठ २०८३ बिहीबार | 28th May, 2026 Thu
Investment bank

जनप्रतिनिधिले भुले वाचा : वाग्मती मुहानकै नागरिकले पाएनन् खानेपानी

खबरडबली संवाददाता

काठमाडौँ । वाग्मतीको शिरोभाग, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँगै जोडिएको क्षेत्र भए पनि गोकर्णेश्वर नगरपालिका वडा नं १ को केही भागका स्थानीयले अहिले पनि खानेपानी पाउन सकेका छैनन् । 

पानीकै लागि बिहान ३ बजेदेखिनै सार्वजनिक धारा, कुवा तथा वाग्मती नदीमा धाउन स्थानीय बाध्य छन् । सुन्दरीजल क्षेत्र भएकाले खानेपानी पाउने आसमा यहाँ बसाइँसरेका धेरैको यही गुनासो हुने गरेको छ – “धारामा पानी नआएको पाँच, सात दिन भयो ।” ‘बत्तीमुनिको अँध्यारो’ भनेझैँ राजधानीमा वाग्मती र मेलम्चीको गरी दैनिक करिब २५ करोड लिटर पानी वितरण गर्न पठाइने सुन्दरीजल क्षेत्रकै तल्लो भागमा पानी पाइँदैन ।

मेलम्चीको पानी लगेको ठूला पाइपमाथिकै धेरै मानिस दैनिक पानी सम्झेर ‘घुटुघुटु थुक निलेर बस्न’ बाध्य भएको स्थानीय लक्ष्मी तामाङले दुःखेसो पोख्नुभयो । केही वर्षअघि नुवाकोटबाट वडा नं १ को रुप्सेटारमा आई बस्न थाल्नुभएकी उहाँले पानीको समस्याका कारण बसाइँ सर्नुपर्ने परिस्थिति आएको बताउनुभयो । 

“मेलम्चीको पानी आएपछि वाग्मतीको पानी यता देलान् भन्ने लागेको थियो, मेलम्चीको पानी राजधानीमा आउन थालेको पनि एक महिना हुन लाग्यो, तर हामीले अझै पानी पाउन सकेका छैनौँ, दुई दिनमा एकपटक पानी दिने भनी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले सूचना जारी गरे पनि हामीले पानी पाएका छैनौँ”, तामाङले भने। 

उम्मेद्वारसँग पानी माग्छन् नागरिक

स्थानीय तह निर्वाचनका क्रममा मत माग्न आउने उम्मेदवार तथा नेतालाई पनि यस क्षेत्रका धेरैले खानेपानीको समस्याका बारेमा सुनाउने गरेका छन् । उम्मेदवार तथा नेताले अहिले त पानी ल्याउने वाचा गरेका छन् । तर विगत सम्झने हो भने, त्यो वाचा पूरा हुनेमा यहाँका स्थानीय ढुक्क छैनन् । 

 विसं २०७४ वैशाखमा भएको निर्वाचनमा पनि जनप्रतिनिधि निर्वाचित हुन नेताहरु यसरी नै मत माग्न आएका थिए । त्यसबेला पनि रुप्सेटारलगायत बस्तीका स्थानीयको माग पनि पानी खुवाउनुपर्ने नै थियो । त्यसमा उम्मेदवारको वाचा थियो ‘पानी खुवाउँछौँ’ । तिनैले जिते, तर त्यो वाचा जनप्रतिनिधिले पूरा गरेनन् । 

केही जनप्रतिनिधिले पानी खुवाउन खोजेजस्तो गरे पनि त्यो मतदाता बढाउन गरिएको नाटकमा मात्र सीमित भएको स्थानीय राजेन्द्र कार्कीको भनाइ छ । पानी ल्याउन खोजेजस्तो गर्ने आफ्नै मानिसबाट विरोध गराउन लगाएर असफल बनाउने र काम गर्न खोजेको हो भन्ने बनाएर मत बढाउन खोजेजस्तो मात्र नेताहरुले गरेको उहाँको भनाइ छ । 

प्रत्येक वर्ष बस्ती बढिरहेको यो क्षेत्रमा खानेपानीका लागि ल्याइएको पाइप भने विसं २०५० तिरकै हो । त्यसबेलाभन्दा अहिले यहाँको जनसङ्ख्या १० गुणाभन्दा बढी भएको छ । नगरपालिकाले घर बनाउन नक्सा पास गर्छ, कर लिन्छ तर खानेपानी भने दिँदैन । खानेपानीको पाइप पनि बढाइएको छैन । पाइप नबढाए पनि लिमिटेडले भने नयाँ धारा वितरण गरिरहेकै छ ।

त्यसबेला सडक नभएकाले खेत, बारीबाट बिच्छ्याएको पाइप अझै सडकमा सारिएको छैन । धेरै ठाउँमा घर बनाउन जग खन्दा पाइप काटिने वा पुरिने समस्या छ । जसले पाइपबाट पानी नआएका ठाउँ धेरै छन् । यसो त पानी नआउने गोकर्णेश्वर नगरको वडा नं १ मात्र होइन । अन्य वडामा पनि पानीको समस्या देखिन्छ ।

चार वर्षअघि सडकबाट पाइप लैजान केयुकेएलले नापजाँच गरे पनि अझै पाइप सारिएको छैन । देखाउन मात्र नापजाँच गरेजस्तो भएको स्थानीयवासीको गुनासो छ । धेरै दबाब परेपछि केही काम गरेजस्तो गर्ने, केही बजेट खर्च हुने अनि फेरि काम रोकिने समस्यामा सुधार भएको छैन ।

मुहान क्षेत्रकै धारामा धमिलो पानी

यस क्षेत्रमा कहिलेकाहीँ आउने पानी पनि धमिलो हुने गरेको छ । वाग्मतीको पानी महाँकालचौर शाखाभन्दा माथिका लागि सुन्दरीजलमा प्रशोधन गरेर वितरण गरिन्छ । वाग्मती नदीको पानी प्रशोधन गर्ने सुन्दरीजलको प्रशोधन केन्द्र बिग्रिएकाले पानी राम्रोसँग छानिँदैन । जसका कारण ग्राहकको धारामा धमिलो पानी झर्छ । यो पानी पिउन योग्य हो कि होइन थाहा छैन । 

नगरको वडा नं ८ अत्तरखेलकी तारा गुरुङ कहिलकाहीँ आउने सुन्दरीजलको धमिलो पानीले नुहाउँदा शरीर चिलाउने गरेको बताउछन् । यो पानीले कपडा धुँदा पनि रङ बिग्रने गरेको उहाँले सुनाउनुभयो । यो पानी प्रशोधनका लागि जनप्रतिनिधिले दबाब दिन सक्ने भए पनि त्यसो हुनसकेको छैन ।

पानीको गुणस्तर सुधार गर्न खानेपानी महसुल निर्धारण आयोगले दिएको निर्देशन पनि कार्यान्वयन हुनसकेको छैन । आयोगका पूर्वअध्यक्ष उपेन्द्रकुमार अधिकारी पानीको गुणस्तर सुधार गर्न सरोकार भएका निकायको ध्यान नगएको बताउनुहुन्छ ।

विगतको निर्वाचनमा मत माग्न आउने नेताले पनि पानी खुवाउने प्रतिबद्धता पूरा नहुँदा अहिले पनि धेरै मानिस स्थानीय सरकारले माग पूरा गर्नेमा विश्वस्त छैनन् । विसं २०७४ को स्थानीय तह निर्वाचनबाट नगरप्रमुखमा निर्वाचित सन्तोष चालिसेले वाग्मती वा मेलम्चीको पिउन योग्य पानी मुहानस्थलका बासिन्दाले नपाए मेलम्चीको पानी वाग्मतीमै बगाइदिने सार्वजनिकरूपमा भाषण गर्दै आएपनि पानी खुवाउन ठोस काम नभएको स्थानीयवासीको गुनासो छ ।

पानीबाट काकाकुल भएका यहाँका नागरिक पानीसमेत खुवाउन नसक्ने स्थानीय सरकारबाट अरु आश गर्न नसकिने बताउँछन् । सडकलगायत पूर्वाधार निर्माणका नाममा विधिविपरीत खर्च गर्ने जनप्रतिनिधिले अत्यावश्यक खानेपानीलाई भने प्राथमिकतामा नराख्दा स्थानीयवासी असन्तुष्ट देखिन्छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

केपी खनाल र ज्वाला सङ्ग्रौलामाथि अनुसन्धान गरी कारबाही गर्न आयोगको सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनाल र ज्वाला सङ्ग्रौलासहित केही सामाजिक अभियन्तामाथि थप अनुसन्धान गर...

राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ। ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । ...

यी ५० बढी व्यक्तिमाथि अनुसन्धान गर्न आयोगको सिफारिस, प्रधानमन्त्री शाहलाई क्लीन चिट

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा हिंसा भड्काउन तथा भीडलाई उत्तेजित बनाउन भूमिका खेलेको आरोपमा प...

जेन–जी घटनामा ओली, लेखक र गुरुङले मानव अधिकार हनन गरेको आयोगको ठहर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते भएको जेन–जी घटनासम्बन्धी छानबिन प्रतिवेदनको संक्षिप्त अंश सार्वजनिक गर्दै तत्कालीन प्रधानमन्त्...

जेन–जी आन्दोलनका क्रममा राष्ट्रिय सम्पत्ति जोगाउन नसकेको भन्दै नेपाली सेनामाथि आयोगको प्रश्न

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले जेन–जी आन्दोलनका क्रममा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवन शीतल निवासमा भएको तोडफोड तथा आगजनी घटनामा न...

पूर्वप्रधानमन्त्री कार्की र पूर्वगृहमन्त्री अर्यालमाथि अनुसन्धान गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सार्वजनिक अभिव्यक्तिमार्फत प्रदर्शनलाई उत्तेजित बनाएको आ...

रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाउने घटनामा रवि लामिछाने को संलग्नता रहेको ठहर गर्दै उक्त...

जेनजी आन्दोलनको घटनामा ओली नै दोषी रहेको मानव अधिकार आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...

मानव अधिकार आयोग प्रतिवेदन सार्वजनिक, गौरीबहादुर कार्कीमाथि नै छानबिन गर्न सिफारिस

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग ले भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न सरकारले गठन गरेको न्यायिक आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि नै अनु...

सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी वरिष्ठ हवल्दारविरुद्ध मुद्दा दायर

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending