Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन कांग्रेसको आग्रह

खबरडबली संवाददाता
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागी भएर आफ्नो मताधिकार उपयोग गरी स्थानीय विकासलाई अगाडि बढाउने र नागरिकको घर दैलौमा सेवा पुु¥याउने जनप्रतिनिधिको निर्वाचनमा सक्रिय रुपमा सहभागी हुन मतदाताहरूमा अनुरोध गरेको छ । 
 
पार्टी प्रवक्ता डा प्रकाशशरण महतले आज पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर कुनै किसिमको प्रलोभन, डर, धाक, धम्कीमा नपरी  मतदान गर्न आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन हुनेमा पार्टी विश्वस्त रहेको बताए । उनले भने,  “हामीले ७५३ वटै पालिकामा स्वस्थ प्रतिस्पर्धाको अपेक्षा गरेका छौं ।”
 
चितवनमा नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि अनिल परियारको हत्या भएकामा त्यसको निन्दा गर्दै दोषीमाथि उनले कारबाहीको माग गरे । उनले  रुकुम पश्चिम, बाजुरा, सप्तरी, सिन्धुपाल्चोक, नुवाकोट, पाण्डुसेनलगायत केही स्थानमा  छिटफुट झडपका घटना भएका जानकारी दिँदै निर्भयपूर्वक मतदान गर्ने वातावरण सिर्जना गर्न पार्टीका तर्फबाट उनले सरकारसँग आग्रह गरे । 
 
पार्टीले स्थानीय सरकारलाई नागरिकको सेवकमा रुपान्तरण गर्ने, जनतामुखी नीति उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्दै सबैलाई शिक्षा र सीपमूलक तालिमको अवसर उपलब्ध गराउने, वडाबाटै नागरिकमैत्री सेवाप्रवाह, घरदैलोमा सेवा ‘अगुवा विद्यालय’ को स्थापना, सबै टोल र गाउँमा इन्टरनेटको सुविधा, सार्वजनिक स्थानमा निःशुल्क वाईफाई, छात्रालाई निःशुल्क सेनिटरी प्याड, पर्याप्त शिक्षक दरवन्दीको व्यवस्था , एक शिक्षक एक ल्यापटपको व्यवस्था तथा शिक्षामा हुने लगानी अहिलेको भन्दा दोब्बर गर्ने लक्ष्यका साथ काम गरिरहेको उनले बताए  । 
  
उनले  हरेक तहमा उद्यम विकास केन्द्र र रोजगार बैंक, वैदेशिक रोजगारीमा जानेलाई सीपमूलक तालिम, एक वर्षभित्रै संविधानका अधिकार लिने कानुन निर्माण, न्याय सम्पादनमा जनशक्तिको व्यवस्था, पूर्वाधार र सेवाको गुणस्तर मापदण्ड निर्माण, यथार्थपरक बजेट निर्माण भू–उपयोग योजना तर्जुमा र कार्यान्वयन एक हेक्टरभन्दा कम वन रहेका ३०५ भन्दा धेरै स्थानीय तहमा वनको विकास तथा ‘फोहरबाट मोहर आर्जन’ गर्ने कार्यक्रमलाई उच्च प्राथमिकताका साथ पार्टीले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: