Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

‘महिला दोस्रो मात्रै होइन पहिलो जिम्मेवारी लिन सक्षम छन्’ (अन्तर्वार्ता)

जनतासँग निकट छु, जित सुनिश्चित छ

खबरडबली संवाददाता

माओवादी जनयुद्ध सुरु भएदेखि नै संगठनमा आवद्ध रेणुका चौलागाई चौेरी देउराली गाउँपालिकाको अध्यक्षमा उम्मेदवार छिन्।

वि.सं. २०३५ सालमा काभ्रे जिल्लाको कात्तिके देउराली–६ मा जन्मिएकी चौलागाई सानैदेखि विद्रोही स्वभावकी थिइन्। परिवर्तनको चाहना राख्ने उहाँ अन्याय, अत्याचार, शोषण र दमनका विरुद्ध आवाज उठाउनु पर्छ भन्ने मान्यता राख्थिन्। 

जनयुद्धकालदेखि निरन्तर पार्टीमा सक्रिय चौलागाई हाल नेकपा माओवादी केन्द्रकै तर्फबाट चौरी देउराली गाउँपालिकाको अध्यक्षका उमेदवार छिन्। उनैसँग गरिएको कुराकानीको अंशः 

तपाई एजेण्डाहरु केके छन् ? 

काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिका राजधानी काठमाडौबाट नजिक भएपनि यो विकट क्षेत्र नै मानिन्छ । डाँडापारि र कोशीपारि भनेपछि कर्णाली सरह नै मानिन्छ ।

त्यसैले यहाँको स्वास्थ्य, शिक्षा, खानेपानी तथा जनताका आर्थिक आयआर्जनका कुराहरु पूरा गर्नेछौं । यस पालिकालाई समुन्नत र राम्रो बनाउने चाहना छ । यहाँका मानिसहरुलाई कुनै पनि आधारभुत तथा भौतिक कुराहरुको अभाव नहोस् भन्ने हाम्रो उद्देश्य हो । 

तपाईंको जितका आधारहरु केके हुन् ? 

जनयुद्ध सुरु भएदेखि अहिलेसम्म म यो पार्टीमा निरन्तर क्रियाशिल छु । मुलुकमा आएको यो परिवर्तन ल्याउनका निम्ति मेरो अहम् भूमिका छ । अझ भनौं मेरो जीवनको पूर्ण लगानी यहीँ छ । त्यस्तै यही परिवर्तनका निम्ति मेरो परिवारले गरेको त्याग÷तपस्या र बलिदान महत्वपूर्ण छ ।

यो परिवर्तनका निम्ति मैले मेरो ५ जना पारिवारिक सदस्य गुमाएकी छु । दाजु कमल प्रसाद चौलागाई, आमाजु बिन्दा चौलागाई र जेठाजु सहिद हुनुहुन्छ भने मेरो श्रीमान नविन गौतम र अर्की आमाजु कमला चौलागाई शर्मा अझै वेपत्ता हुनुहुन्छ । अहिलेसम्म जनताको सेवक बनेर काम गरिरहेको छु । जनतासँग निकट छु । त्यसैले मेरो जीत निश्चित छ ।  

तपाईंप्रति जनता कत्तिको सन्तुष्ट हुनुहन्छ ? 

यहाँका जनताले मलाई नेतृत्वमा आउनका लागि सुझाव दिइरहनुभएको छ । म महिला, हिजोका दिनमा पनि महिला मुक्तिका लागि थुप्रै लडाई लड्यौँ । महिलाले पनि बोल्न पाउनुपर्छ, आफ्नो अधिकार पाउनुपर्छ भनेर आन्दोलनमा होमियौं ।

महिलाहरुलाई समग्रमा दोस्रो दर्जाको नागरिकको हैसियत प्रदान गरिरहँदा त्यस्ता महिलाहरुको नेतृत्व गर्नुपर्छ भनेर हिजो पनि लडें, अहिले पनि महिलाहरुलाई माथि उठाउनुपर्छ, महिलाहरुलाई सत्तामा सहभागी गराइराखेको हाम्रै कारण हो । ति कुराहरु जनताले बुझ्नु भएको छ । त्यस्तै म सहिद परिवार पनि ।

म यही समाजमा छु, यही छु । यहाँको जनताको सुख, दुःख र अप्ठारोमा लागिपरेको छु । त्यसैले पनि यहाँले जनताले मलाई नै नेतृत्वमा आउनका लागि सुझाव दिइरहनुभएको छ । समग्रमा उहाँहरु मेरो कामप्रति सन्तुष्ट हुनुहुन्छ । 

यस पालिकामा भ्रष्टाचारको अवस्था के–कस्तो छ ? 

यस पालिकामा भ्रष्टाचार देखिएको छैन । अन्यत्रको तुलनामा भ्रष्टाचारको मामिलामा खोट छैन । अन्य पालिका र जिल्लाबाट आउनेहरुले पनि सुन्दर छ चौरी देउराली, विकासमा पारदर्शी छ भन्ने प्रतिक्रिया दिनुभएको छ । यसलाई हामी भोलिका दिनमा पनि निरन्तरता दिनेछौं । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending