Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

भक्तपुरमा मदिरा बिक्री वितरण गर्न निषेध

खबरडबली संवाददाता
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालयले निर्वाचन अवधिभर भक्तपुरमा मदिरा बिक्री वितरण तथा सेवन नगर्न नगराउन निर्देशन जारी गरेको छ । 
 
जिल्ला प्रशासन कार्यालयमा आज प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको नेतृत्वमा मुख्य निर्वाचन अधिकृत एवं भक्तपुरका मुख्य न्यायाधिस गोपालप्रसाद बाँस्तोला, जिल्ला निर्वाचन कार्यालय, तीनवटै सुरक्षा निकायका प्रमुख, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला निकायबीच भएको निर्वाचनसम्बन्धी छलफलमा निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विभिन्न निर्णय गरेको छ ।
 
बैठकले स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित, शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आगामी २७ गते राति १२ बजेदेखि ३० गतेसम्म मदिरा बिक्री वितरण र सेवन गर्न निषेध गर्ने निर्णय गरेको छ । साथै मतगणना सम्पनन नभएसम्म मतगणनास्थल आसपास मदिरा बिक्री वितरण एवं सेवन निषेध गर्ने निर्णय गर्दै यो आदेशको अवज्ञा गरे तत्काल पक्राउ गरी कारबाही गरिने प्रजिअ शर्माले जानकारी दिए ।
 
सबैले आचारसंहिताको पूर्णपालना गर्ने गुराउने, मतगणनास्थलमा २४सै घण्टा विद्युत्, टेलिफोन तथा इन्टरनेटको आपूर्ति गर्न विद्युत् प्राधिकरण र टेलिकमलाई निर्देश गरेको छ । निर्वाचनका दिन जिल्लामा सबै एम्बुलेन्सलाई आवश्यक पर्ने वित्तिकै प्रयोगमा आउने गरी प्राथमिक उपचारका सामग्री, स्वास्थ्यकर्मीसहित तयारी अवस्थामा राख्न, जिल्लाका सरकारी तथा निजी अस्पताल, स्वास्थ्य संस्थालाई जनशक्तिसहित नियमित सञ्चालन गरी आकस्मिक सेवा दिनसक्ने गरी तयारी अवस्थामा राख्न, दमकल, डोजरलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । 
 
निर्वाचनका दिन खानेपानी, एम्बुलेन्स, दमकल, शव वाहन, अस्पताल, विद्युत् सेवा, रेडक्रसका गाडी र सवारी पास बाहेकका साधनलाई सञ्चालन गर्न नदिने, कुनै पनि पास भएका सवारीसाधनले मतदाता बोकेको पाइए नियन्त्रणमा लिएर तत्कालै पास खारेज गर्ने निर्णय गरेको प्रजिअ शर्माले जानकारी दिए। नेपाल रेडक्रस सोसाइटी भक्तपुरका सभापति मनोजकुमार थापाले निर्वाचनका दिन चारवटै नगरपालिकाका लागि चार एम्बुलेन्समा प्राथमिक उपचारको सामग्रीसहित राखिने बताए। मतदानस्थलमा स्थानीय पालिकाले प्राथमिक उपचारका सामग्री पठाउन सिफारिस गर्ने निर्णय गरेको छ । 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिल्ला कारागार कञ्चनपुरमा कैदीबन्दीबीच झडप, अवस्था तनावग्रस्त

काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...

देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...

जेनजी आन्दोलनका घाइते पत्रकारको उपचार सरकारले गर्छ : सञ्चारमन्त्री खरेल

काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।  शुक्रबार घाइते पत्रकारलाई न...

केन्द्रीय कमिटीमा ओलीले भने : पार्टी भित्रका असन्तुष्टि मिडियामा गएर नपोख्नु

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्।  ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...

अमेरिकाले एकै दिन गर्याे ७५ नेपाली डिपोर्ट

काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...

बैठकको नेताको मोबाइल फोन बज्दा ओलीले आपत्ति

एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन

जेनजी आन्दोलनका घाइते पत्रकारलाई सम्मान

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...

रवि लामिछालाई भरतपुरबाट गाडिमा रुपन्देही लगिँदै

चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...

बाँसलाई निर्माण सामाग्रीको रुपमा प्रयोग गरौँ : मन्त्री घिसिङ

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र  शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...

अमेरिकाले स्थगित गर्याे ‘ग्रीन कार्ड लटरी’

काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending