Khabar Dabali ७ बैशाख २०८३ सोमबार | 20th April, 2026 Mon

वडाअध्यक्षका उम्मेदवारमाथिको आक्रमणप्रति माओवादीको गम्भिर ध्यानाकर्षण

खबरडबली संवाददाता

धनुषा । धनुषामा एक वडा अध्यक्षका उम्मेदवारलाई लक्षित गर्दै स्थानीय उच्छृंखल तत्वहरुको एक समूहले पराजित मानसिकताबाट ग्रस्त भई निर्मम कुटपीट गरेकोप्रति नेकपा माओवादी केन्द्र धनुषाका अध्यक्ष देवेन्द्र कुमार यादव दिपकले घोरभत्र्सना गरेका छन् ।

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट धनुषाको कमला नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षका उम्मेदवार रहेका सर्वदेव यादवको घरमै गएर स्थानीयहरुको एक हुलले उनको घरको ढोका फोड्नेदेखि घरपछाडि तर्फबाट माटो खनेर घर भित्र प्रवेश गरेर ज्यान मार्ने योजनासहित आएका सो समूहले उनको बुवालाई निर्ममढंगले कुटपीट गरेको भन्दै जिल्ला अध्यक्ष दिपकले घटनाको निन्दा समेत गरेका छन् ।

अध्यक्ष यादवले घटना घटेको एक दिन वित्दा पनि अहिलेसम्म स्थानीय प्रहरी प्रशासनले घटनामा संग्लन रहेकाहरुलाई पक्राउ गरि कानूनी कारवाही प्रक्रिया समेत अघि नबढाउनु विडम्बना रहेको भन्दै ध्यानाकर्षण गराएका छन् ।

उनले आततायीहरुको एक समूहले बुधबारको मध्यरातमा हत्या गर्ने योजना अनुसार उम्मेदवारको घरमै पसेर हत्या गर्न प्रयास विफल भएपछि उनका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई आँगनमै सुतिरहेको बेलामा उनको टाउको, ढाडसहित शरीर भरि नै मर्नासन्न हुने गरि खुकुरी, चक्कु र रडले जथाभावी प्रहार गरि गम्भिर घाइते बनाएको थियो । संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरे ।

उनले सर्वदेवको पक्षमा व्यापक जनसमर्थन बढिरहेको देख्न नसकेपछि राजनीतिक प्रतिशोध साँध्नकै लागि उनीमाथि हत्याको योजना बुनेर धारिलो हतियारले आक्रमण गरेको बताए ।

घटना घटेको एक दिन वित्दा पनि स्थानीय प्रहरी प्रशासनले घटनामा संलग्न रहेकाहरुलाई अहिलेसम्म पनि कानूनी कारवाही गर्न नसक्नु दुःखद रहेको उनको भनाई छ ।उनले गाउँ समाजमा उम्मेदवार नै असुरक्षित रहेपछि सर्वसाधारणलाई शान्ति सुरक्षाको व्यवस्था प्रत्याभुति गराउन प्रहरी प्रशासन पूर्णरुपेण असफल भएको समेत आरोप लगाए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending