Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

रेनुलाई भरतपुरबाट जिताउन प्रचण्डले धम्की दिए, देउवाले सम्झाए

जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउन चर्को दबाव

खबरडबली संवाददाता

काठमाडौं । पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूले चितवनको भरतपुरमा आयोजित संयुक्त चुनावी सभालाई बिहीवार सम्बोधन गरे।  

चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल तथा अन्य वरिष्ठ नेताहरूले स्थानीय निर्वाचनपछि पनि गठबन्धनको आवश्यकता हुनेमा जोड दिए। 

नेपाली कांग्रेसका सभापति पनि रहेका देउवाले सरकार निर्माणमा गठबन्धन अपरिहार्य भएको बताए भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन नभए देश दुर्घटनामा पर्ने खतरा औँल्याए।

सत्ता गठबन्धनको एउटा प्रमुख साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी माइली छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकामा गठबन्धनले साझा उम्मेदवार बनाएको छ।

तर गठबन्धनलाई चुनौती दिँदै सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

भरतपुरमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनावी तालमेल गरेका छन्। एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ।

निर्वाचनका लागि मौन अवधि सुरु हुन एक साताभन्दा कम समय बाँकी रहँदा दलहरूको चुनावी प्रचारप्रसार र सभाहरू तीव्र भएका छन्।

प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा भरतपुर महानगरको धेरै भाग पर्छ। प्रधानमन्त्री देउवाले गठबन्धन नभएसम्म कुनै पनि दलले बहुमत ल्याउन नसक्ने राजनीतिक प्रणाली भएकाले नेपालमा गठबन्धनको आवश्यकता रहेको बताए।

देउवाले भने, 'कुनै पनि पार्टीले यो देशमा बहुमत ल्याउन सक्दैन। कुनै पनि हालतमा यो गठबन्धन टुटाउने षड्यन्त्र भरतपुरको चुनावबाट हुनसक्छ नि किन हुन सक्दैन।'

गठबन्धनलाई टुटाउने षड्यन्त्र भइरहेको दाबी गर्दै देउवाले त्यस्तो षड्यन्त्रमा सहयोग नगर्न आफ्नो दलका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे।

'उहाँले जितिसक्नुभएको छ, हाम्रो पार्टीले सहयोग नगर्नुको विकल्प छैन' देउवाको भनाइ थियो। 

देउवाले आफ्नो सम्बोधनको लामो समय भरतपुरमा रेनु दाहालले विकास र पूर्वाधारका क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रशंसामा खर्चिएका थिए।

त्यसो त नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस मतदाताले हँसिया हथौडामा भोट हाल्न अप्ठ्यारो मानेपछि आफूले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई छोडेर गठबन्धन फेरेको दाबी गरे।

उनले त्यतिबेला नेकपा एमालेसँग हात मिलाएका थिए भने पछि दुई पार्टीबीच एकीकरण गरिएको थियो। 

प्रचण्डले भने, 'यो गठबन्धन राष्ट्रको आवश्यकता हो, गणतन्त्र, लोकतन्त्र, देशको विकास र समृद्धिको आवश्यकता हो।' 

राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जान सक्छ उनले चेतावनी दिए।

प्रचण्डले यो गठबन्धन बनेदेखि नै तोड्ने षड्यन्त्र भएको र गठबन्धन कायमै रहनेमा आशङ्का गरिएको भन्दै आफूमाथि विश्वास गर्न कांग्रेसका मतदातालाई आग्रह गरे।

'यो गठबन्धन दशकौँ जान्छ किनभने यो गठबन्धन प्राकृतिक गठबन्धन हो' प्रचण्डले भने, 'मलाई आशंंकाले हेरेर प्रचण्ड के हो, के हो? भनेर दायाँबायाँ गर्न खोज्नुभयो भने देश दुर्घटनामा जान्छ।'

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धनले सबै दलहरूलाई हित गर्ने बताए।

हामीले गठबन्धन नगरेको भए देशमा लोकतन्त्र कागजमा मात्र सीमित हुने थियो। देश भ्रष्टाचारमा चुर्लुम्म डुब्ने थियो  नेपालको दाबी थियो।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको तीखो आलोचना गर्दै उनले एमालेलाई कुहिएको फर्सीको संज्ञा दिए।

यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेलले आफ्नै प्रस्तावमा गठबन्धन भएको दाबी गरे।

आफूले भरतपुरमा कांग्रेसका बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आग्रह गरेको जानकारी दिँदै उनने भने, 'मैले उहाँहरूलाई भनेँ अहिले नेपालमा जुन राजनीति चलिरहेको छ, नेपाली कांग्रेसको प्रतिस्पर्धा को सँग चलिरहेको छ? नेपाली कांग्रेसको प्रतिस्पर्धा एमालेसँग केपी ओली प्रवृत्तिसँग हो।'

जगन्नाथलाई दबाव

भरतपुरको चुनावी सभाका लागि प्रधानमन्त्री देउवा बुधवारै चितवन पुगेका थिए।

देउवाले कांग्रेसले पार्टीबाट निष्काशन गरेका नेता तथा पूर्वसांसद पौडेलसँग भेट गरी उम्मेदवारी फिर्ता गर्न फेरि आग्रह गर्ने बताइएको भए पनि दुई जनाबीच भेट नभएको विवरणहरू आएका छन्।

यद्यपि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवार जगन्नाथ पौडेलसँग भेट गरी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको सभालाई सम्बोधनका क्रममा जानकारी दिए।

उम्मेदवार पौडेल पनि नेपाली कांग्रेसको झण्डा र आफ्नो निर्वाचन चिह्न भुइँकटहर बोकेर प्रचारप्रसारमा लागेका छन्।

उनले लोकतन्त्र र कांग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेदवारीले सहयोग गर्ने दाबी गर्ने गरेका छन्।

चितवनका कांग्रेस नेताले भरतपुरमा मेयर पद आफ्नो दललाई दिइनुपर्ने भन्दै पहिलादेखि नै माग गर्दै आइरहेका थिए।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending