Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

वीरेन्द्रनगरमा उम्मेदवारलाई मतदाताको प्रश्न : घण्टाघरको सुई कहिले घुम्छ ?

खबरडबली संवाददाता

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित घण्टाघरको घडीको सुई १० वर्षदेखि घुम्दैन । यहाँ रहेका चारवटै घडीले १०ः५० को समयमात्र देखाउँछन् । विसं २०७४ मा निर्वाचित स्थानीय जनप्रतिनिधिले आफ्नो कार्यकालको पाँच वर्ष बिताउँदैछन् । 

उनीहरुले पनि घण्टाघरमा नयाँ घडी राख्न सकेनन् । यसपटकको स्थानीय तह निर्वाचनमा तिनै नेता र उम्मेदवारलाई मतदाताले सोध्ने गरेका छन्, “घण्टाघरको सुई कहिले घुम्छ ?” 

प्रमुख राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धतामा ठूल्ठूला आश्वासन देखाए पनि मतदाता भने जिल्लाको पहिचान बनेको पर्यटकीयस्थलमा घण्टाघरमा कम्तीमा घडी चलाउनुपर्ने माग गरिरहेका छन् । वीरेन्द्रनगरमा घरदैलो गरिरहेका दलहरू विशेषगरी नेपाली कांगे्रस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवारलाई यही प्रश्न मतदाताले दोहो¥याउने गरेका छन् । 

वीरेन्द्रनगर–६ घण्टाघर लाइनका तिलक भण्डारीले सामान्य काम नगर्ने नेताहरूबाट ठूला–ठूला आश्वासन पूरा हुन्छन् भन्ने विश्वास नरहेको बताए। “१० वर्षदेखि बन्द रहेको घडी चलाउन सक्ने जनप्रतिनिधि पाएनौँ”, उनले भने, “यसपटक पनि उम्मेदवारका घोषणापत्रमा यो कुरा उल्लेख भएको रहेनछ, त्यसैले भोट माग्न आउने जतिसँग घण्टाघरले कहिले पुनर्जन्म पाउँछ रु भनेर सोध्न थालेका छौँ ।”

वीरेन्द्रनगर–५ को घरदैलोमा आउनुभएका रापप्रा नगरप्रमुखका उम्मेदवार मुकुन्दश्याम गिरीलाई पनि मतदाताले यही प्रश्न तेस्र्याए । गिरीले मतदातामाझ आफू निर्वाचित भएलगत्तै नयाँ घडी राख्नुका साथै घण्टाघर क्षेत्रलाई थप व्यवस्थित गर्ने प्रतिबद्धता जनाए। 

विसं २०६१ मा नगरप्रमुख तथा तत्कालीन लाटीकोइली गाउँपञ्चायतको प्रधानपञ्च भई काम गरिसक्नुभएका उनले वीरेन्द्रनगरको गुरुयोजनाबमोजिम काम गर्नुपर्ने बताए। 

भेरी नदीमा पक्की पुल निर्माण सम्पन्नपछि त्यहाँ बचेको निर्माण सामग्रीबाट चीन सरकारले उपहारस्वरुप वीरेन्द्रनगरको मध्यभागमा घण्टाघर बनाइदिएको हो । घण्टाघरबाट सुर्खेत उपत्यका अवलोकन गर्न सकिन्छ । 

पछिल्ला वर्ष नगरपालिकाले घण्टाघर उद्यानको सञ्चालन तथा व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिए पनि घडी भने परिवर्तन गरिएको छैन । नगरवासीले घण्टाघरको पहिचान गुम्न नदिन कम्तीमा घडी चलायमान गराउनुपर्ने माग राख्दै आएका छन् ।

घण्टाघरको आँगनमा रहेको नगरपालिका कार्यालय र उत्तरपूर्वी क्षेत्रमा अवस्थित प्रदेश सरकारसमेत अनदेखा भएको नगरवासीको गुनासो छ । स्थानीय होटल व्यवसायी जनक कार्कीले प्रदेश सरकारले पर्यटनमा बर्सेनि करोडौँ बजेट खर्च गरे पनि घण्टाघरमा नयाँ घडी राख्न नसकेर गैरजिम्मेवारपन देखाइरहेको आरोप लगाए। 

राप्रपा नगरप्रमुखका उम्मेदवार गिरी मात्र होइन, यसपटक मतदाताले कांगे्रस र एमाले नगरप्रमुखका उम्मेदवारसमक्ष ठूला–ठूला विकास योजना मागेका छैनन् । मतदाताले घण्टाघरमा नयाँ घडी राख्नुपर्ने, खानेपानीको समस्या चाँडो अन्त्य हुनुपर्ने, सडकका खाल्डाखुल्डी पुर्नुपर्ने, पार्किङ व्यवस्थापन, नगरबस सञ्चालनजस्ता माग  राखेका छन् । 

जबकि मतदाताका अघिल्लोपटक पनि यिनै माग थिए । उम्मेदवारले प्रतिबद्धतापत्रमा अघिल्लोपटक जस्तो यसपाला महत्वाकाङ्क्षी योजना समावेश गरेका छैनन् । नगरवासी मतदातालाई उम्मेदवारले पाँच वर्षको अनुभवका आधारमा स–साना काम पूरा गरेर मात्र ठूला काममा हात हाल्ने वचन दिने गरेका छन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा १६ वडा छन् । मतदाता सङ्ख्या ६७ हजार छ । वीरेन्द्रनगरको प्रमुख पदका लागि कांगे्रस–माओवादी केन्द्रबाट संयुक्त उम्मेदवार कांगे्रसका उपेन्द्र खड्का, एमालेकी मोहनमाया ढकाल, एकीकृत समाजवादीकी धना शाही, राप्रपाका मुकुन्दश्याम गिरीलगायत चुनावी मैदानमा छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...

रवि-बालेन एकैठाउँमा आउँदा कुलमान पनि जोडिन्छन् ?

प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...

निर्वाचनलाई कम्तीमा २७ अर्ब बजेट, आयोगलाई ७ अर्ब, सुरक्षामा २० अर्ब माग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...

कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिका हेरफेर गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...

भिरालो जग्गामा सुन्तलाखेती, वार्षिक १६ लाख आम्दानी

तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...

पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...

फुङलिङमा भालु नियन्त्रणमा लिन फलामको खोर राखियो, सतर्कता अपनाउन आग्रह

ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...

अब दुई कार्य दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...

तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending