चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताएका छन् ।
आज यहाँ आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोद्धन गर्दै उनले नेकपा (माओवादी केन्द्र) कांग्रेसको प्रतिस्पर्धी नभएको बताएका हुन् । “माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता छ”, उनले भने, “पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला मैले गठबन्धनको प्रस्ताव गरेको हुँ ।”
वरिष्ठ नेता पौडेलले एमालेसहितका दलका गठबन्धन प्रतिक्रियावादी भएको आरोप लगाउँदै आफूहरूको गठबन्धनलाई प्रगतिशील भएको बताए । “संविधानले नै गठबन्धनबाट सरकार बनाउन सक्ने गरी व्यवस्था गरेको छ”, उनले भने, “अरुसँग गठबन्धन गर्नुभन्दा माओवादीसहितका दलहरूसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ ।”
वरिष्ठ नेता पौडेलले गठबन्धनका कारण सङ्घीय र प्रदेशमा सरकार बनेको भन्दै स्थानीय तहमा पनि गठबन्धनले जित्नुपर्नेमा जोड दिए । उनले संसदीय निर्वाचनसम्म पनि गठबन्धन हुने दाबी पनि गरे । गठबन्धनको माध्यमबाट बिपीको सपना साकार हुने बताउँदै उनले भरतपुर महानगरलाई काँचुली फेर्ने गरी विकास गर्न गठबन्धन आवश्यक भएको उल्लेख गरे ।
जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले पाँच दलीय गठबन्धनलाई देशैभरि जिताउनुपर्ने बताए । “सङ्घीयता विरोधी फैलाइएका भ्रम चिर्नका लागि पाँच दलीय गठबन्धन जिताउनुपर्छ”, उनले भने, “पाँच वर्षभित्र के गर्न सकिन्छ, त्यो भनेर गर्नुपर्दछ ।”
कांग्रेसका सहमहामन्त्री महालक्ष्मी डिना उपाध्यायले पाँच दलीय गठबन्धनका दलहरुले इमान्दारितापूर्वक उम्मेदवार जिताउन लाग्नुपर्ने बताउँदै भरतपुर महानगरको प्रमुखमा महिला उम्मेदवार पाएकोमा आम महिलाका लागि खुसीको कुरा भएको उल्लेख गरे ।
कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भइसकेको भन्दै विसं २०४६ पछि कांंग्रेससँगको गठबन्धन सफल भएको बताए । उनले भने, “कांग्रेस सहभागी नभएको कुनै पनि गठबन्धन सफल भएको छैन, अहिलेको गठबन्धन सफल हुन्छ ।”
कांग्रेसका अर्का केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले विगतमा झै कांग्रेसलाई धोका नदिन गठबन्धनका नेताहरूलाई अनुरोध गरे । अन्तिम समयसम्म भरतपुर महानगरमा आफ्नो पार्टीको प्रमुख हुनुपर्ने माग रहेको भए पनि अब गठबन्धनको उम्मेदवार जिताउने एजेण्डा लिएर मतदाताकहाँ पुग्ने बताए ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवार रेनु दाहालले आफू आउँदो पाँच वर्षसम्म साझा प्रमुखका रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: