डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्नका लागि सिधा सडक अर्थात द्रुतमार्ग निर्माण गरिने बताएका छन् ।
कैलालीको धनगढीमा रहेको गेटा विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थल स्तरोन्नतिका साथै धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोड्ने सडकको पूर्वाधार निर्माण तथा स्थानीयवासीसँग सुझाव सङ्कलनका लागि डोटीको जोरायल गाउँपालिका–५ गड्सेरा पुगेका मन्त्री आलेले यहाँका स्थानीयवासीसँगको भेटघाट तथा छलफलका क्रममा उक्त सडक निर्माण गरिने बताए । उनले भने,“कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म जोड्न आफूले द्रुतमार्ग निर्माणका लागि पहल सुरु गरेको छु, सो सडक निर्माण हुनेछ ।”
मन्त्री आलेले विगतका सयममा सुदूरपश्चिममा विकासका काम पनि कमि हुने गरेका र बजेट पनि कम आउने भएकाले आफू मन्त्री भएपछि अहिले यहाँ बाँकी रहेका सबै विकासका काम सबै पूरा गरेर देखाउने दाबी गरे । यसैगरी मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म सडक जोडिए चीनका पर्यटक पनि सुदूरपश्चिम आउन सहज हुने र भारतका पर्यटक पनि आउने भएकाले पर्यटक यहाँ भित्र्याउन सके यहाँको विकासमा सहज हुने जिकिर गरे ।
यहाँका नागरिकसँगको छलफलका क्रममा मन्त्री आलेले कैलालीको धनगढीदेखि चीनको ताक्लाकोटसम्म सडक अर्थात द्रुतमार्ग निर्माणका लागि आफूले एशियाली विकास बैंक ९एडिबी० सँग पहल सुरु गरेकाले उक्त सडक निर्माण हुनेमा कुनै शङ्का नरहेको समेत जानकारी दिए । गेटा विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रियस्तरको विमानस्थलका रुपमा विकास गर्नका लागि आफूले यसअघि एक अर्ब बजेट विनियोजन गरिसकेको र अबको बजेटमा समेत थप रकम आउने बताए ।
उनले भने, “गेटा विमानस्थलको स्तरोन्नति तथा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि मैले केही महिना पहिले एक अर्ब बजेट विनियोजन गरेको छु, अब थप बजेट आउछ, विमानस्थल क्षेत्रीय अन्तर्राष्ट्रिस्तरको बन्छ ।” उक्त छलफलका क्रममा यहाँका नागरिकले मन्त्री आलेलाई कैलालीको धनगढी–डोटीको बिपीनगर, गडसेरा तथा बझाङ उरै हुँदै चीनको ताक्लाकोट जोेड्ने सडक निर्माण भए सुदूरपश्चिमको विकासमा ठूलो सघाउ पुग्ने बताएका थिए । सुदूरपश्चिमका विभिन्न गाउँमा सडक निर्माण भएका भए पनि ती सडकको स्तरोन्नति नहुँदा सडक सञ्चालनमा समस्या भएको बताइयो ।
उनले भने, “मन्त्री आलेले धनगढीदेखि चीन जोड्ने द्रुतमार्ग निर्माणका लागि राय सुझाव माग्नुभएको छ, उक्त काम स्वागतयोग्य छ, हाम्रा गाउँमा निर्माण भएका सडकको पनि स्तरोन्नतिसहित सुधार होस् ।” उक्त द्रुतमार्ग निर्माणका लागि केही समय पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा टोकराज पाण्डेको संयोजगत्वमा एक समिति गठन भएको थियो । रायसुझाव सङ्कलनका लागि मन्त्रालयका सहसचिव डा पाण्डे सहितको टोली हाल डोटी पुगेको हो । टोलीले अहिले उक्त द्रुतमार्ग निर्माण गरिने क्षेत्रका नागरिकसँग सुझाव सङ्कलन गरिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १७:०२
काठमाडौँ। केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ । नेपाल राष्...
मंसिर ३० गते, २०८२ - १६:५५
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको ...
मंसिर ३० गते, २०८२ - १६:३३
काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली समूहमा थिए तर ओली समूहले उनलाई समेटेर प्यानल बनाएन ।...
मंसिर ३० गते, २०८२ - १६:१६
मकवानपुर। मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरीपखेरा जङ्गलमा सिकार गर्न हिँडेका शिकारीको भरुवा बन्दुक पड्किँदा अर्का शिकारीको मृत्यु भएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५६
काठमाडौं । भिजिट भिसा प्रकरणमा नाम जोडिएपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीका प्रमुख जिल्ला अधिकारी (सीडीओ)बद्रि तिवारीलाई गृह मन्त्रालय तानिएको छ । ...
मंसिर ३० गते, २०८२ - १५:५१
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा ईश्वर पोखरेल समूहले आफ्नो उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । यस क्रममा स्व...
मंसिर ३० गते, २०८२ - १५:४२
काठमाडाैं। सरकारले एकै वर्षमा ४ अर्ब बढी कर फिर्ता गरेको छ । कुटनीतिक नियोग कुटनीतिज्ञ एवं विभिन्न कुटनीतिक एजेन्सीहरुलाईदेखि निकासीको आधारमा सरकारले ...
मंसिर ३० गते, २०८२ - १५:३३
काठमाडौँ । एमालेको अध्यक्ष पदको लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् । ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएलगत्तै ओलीले पनि महाधिवेशनस्थल...
मंसिर ३० गते, २०८२ - १५:१४
काठमाडौँ । एमाले अध्यक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उनी अध्यक्षमा केपी शर्मा ओलीसँग पोखरेल भिड्न लागेका हुन्...
मंसिर ३० गते, २०८२ - १५:०८
काठमाडौँ। संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण (शान्ति सैनिक) तेस्रो डफ्फालाई बदल...




प्रतिकृया लेख्नुहोस्: