Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

वायुसेवा निगमको वित्तीय सुधार हुँदै

खबरडबली संवाददाता

काठमाडौं । आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । 

निगमको पछिल्लो छ महिनाको वित्तीय  सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जनाइएको छ । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगको वित्तीय पक्ष सुदृढ हुँदै गएको दाबी गरे।

पछिल्लो सयम निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ र आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिनसक्ने बताइएको छ । ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । 

यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ । निगमले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम ८ महिना (साउनदेखि फागुन) सम्म रु ८ अर्ब ३९ करोड आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिको आम्दानी रु पाँच अर्ब ७० करोड  थियो ।

निगमले दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको साँवा ब्याज भुक्तानीको कूल दायित्व रु ४७ अर्ब ४४ करोड पुगेको जनाएको छ । 

निगमले अत्यन्त प्रतिकूल अवस्थामा ओभर ड्राफ्टबाट लिएको पूरै रकम भुक्तानी गरी रु एक अर्ब ३३ करोड ९९ लाख ७६ हजार ६६७ नगद मौज्दात कायम हुनाले निगमले यस अवधिमा रु एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ वित्तीय आम्दानी बचत गरेको देखिन्छ । 

ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ ।

निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ए३२० सेरिजका  दुईवटा न्यारोबडी र ए३३० सेरिजका दुईवटा वाइडबडी जहाजको औसत सीट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको जनाएको छ । 

विसं २०७८ कात्तिकमा न्यारोबडी जहाजले सात घण्टा ३८ मिनेट र वाइडबडी जहाजको ६ घण्टा ३६ मिनेट उडान भरेकामा २०७९ चैतमा न्यारोबडीको ९ घण्टा ४८ मिनेट र वाइडबडीको १० घण्टा ४१ मिनेट जहाज उपयोगिता भएको थियो । 

निगमले आफ्नो गन्तब्य विस्तारका क्रममा यही वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान प्रारम्भ गरेको छ । नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मानिएको रियादमा निगमले हाललाई हप्तामा दुुई वटा उडानबाट प्रारम्भ गरिसकेको छ । 

बजार मागअनुसार आगामी दिनमा अझ थप उडान विस्तार गर्ने कार्ययोजना रहेको निगमका प्रवक्ता अर्चना खड्काले बताए। 

निगमले साउदी अरेबियाको जेद्दा र दम्माममा पनि उडान अनुमति पाइएको छ । रियाद (साउदी अरेबिया) नयाँ गन्तव्य मात्र नभएर चार लाखभन्दा बढी नेपालीहरु रहेको र यात्रुसङ्ख्या एवं भाडादरका कारणले थप आकर्षक गन्तव्य पनि हो । 

निगमले विभिन्न कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान सञ्चालन गरिसकेको छ । निगमले हाल भारतको नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान गरिरहेको छ । यस्तै मुम्बईमा साताको तीन, बैङ्ग्लोरमा साताको तीन उडान भर्दै आएको छ । 

त्यसैगरी दोहा र दुबई समान साताको पाँच उडान तथा हङकङमा साताको एक उडान, क्वालालम्पुरमा साताको तीन उडान गरिरहेको छ । बैंककमा साताको तीन उडान र रियादमा साताको दुई उडान सञ्चालन गरिरहेको निगमले जनाएको छ । निगमले ११औँ नयाँ गन्तव्यको रुपमा चीनको ग्वान्झाउ र १२ औँ गन्तव्यको रुपमा दक्षिण कोरियाको सिओलमा उडान विस्तारको लक्ष्य राखेको छ ।
 
निगमले धनगढी र नेपालगञ्जलाई आधार बनाएर सुदूर पश्चिममा नियमित उडान सञ्चालन गरिरहेको छ । २०७८ सालको बडादशैँको अवधिमा आएको बेमौसमी वर्षात र बाढी–पहिरोले नेपालको पश्चिम पहाडी जिल्लाहरुमा यातायात अवरुद्ध भई दशैँ मनाउन गाउँघर गएका नागरिकहरु अलपत्र परेकोले  तत्कालै उद्धार हुने गरी बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लाहरुमा धनगढी र  नेपालगञ्जलाई आधार बनाएर उद्धार उडान सञ्चालन गरिएको थियो । 

त्यसयता ती जिल्लाहरुमा नियमित व्यावसायिक उडान सञ्चालनमा रहेको छ । यस्तै निगमले आन्तरिक उडानमा पनि गन्तव्य विस्तार गरेको छ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको निगमले काठमाडौँ–इलाम–काठमाडौँ नियमित उडान गर्ने गरी गृहकार्य अगाडि बढाइरहेको प्रवक्ता खड्काले बताए । 

निगमले काठमाडौँबाट थामखर्क, खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्ज नियमित उडान गर्दछ भने नेपालगञ्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्ने गर्दछ । त्यस्तै धनगढीबाट डोटी, साँफेबगर, बाजुरा र बझाङ उडान गर्दै आएको छ ।

निगमले विश्वका प्रसिद्ध वायुसेवा कम्पनीसँग अन्तरदेशीय टिकट बिक्री गरिरहेको छ । जसले गर्दा निगमको सिधा उडान नहुने गन्तव्यमा निगमकै टिकटबाट यात्रा गर्न गर्न पाइन्छ ।  निगमले युरोपका विभिन्न सहर, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायलका गन्तव्यमा उडान गर्ने २१ वायुसेवा कम्पनीसँग क्एब् एबककभलनभच  र २४  वायुसेवा कम्पनीहरुसँग क्एब् ऋबचनय सम्झौता गरेको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending