Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

वायुसेवा निगमको वित्तीय सुधार हुँदै

खबरडबली संवाददाता

काठमाडौं । आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । 

निगमको पछिल्लो छ महिनाको वित्तीय  सूचकले पनि निगमको सुधारको यात्रालाई पुष्टि गर्छ । जहाजको उपयोगिता, उच्चदरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको जनाइएको छ । 

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगको वित्तीय पक्ष सुदृढ हुँदै गएको दाबी गरे।

पछिल्लो सयम निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पूरै भुक्तानी गरिसकिएको छ र आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिनसक्ने बताइएको छ । ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । 

यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ । निगमले चालु आर्थिक वर्ष २०७८÷७९ को प्रथम ८ महिना (साउनदेखि फागुन) सम्म रु ८ अर्ब ३९ करोड आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो वर्ष सोही अवधिको आम्दानी रु पाँच अर्ब ७० करोड  थियो ।

निगमले दुई थान न्यारोबडी र दुई थान वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको साँवा ब्याज भुक्तानीको कूल दायित्व रु ४७ अर्ब ४४ करोड पुगेको जनाएको छ । 

निगमले अत्यन्त प्रतिकूल अवस्थामा ओभर ड्राफ्टबाट लिएको पूरै रकम भुक्तानी गरी रु एक अर्ब ३३ करोड ९९ लाख ७६ हजार ६६७ नगद मौज्दात कायम हुनाले निगमले यस अवधिमा रु एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ वित्तीय आम्दानी बचत गरेको देखिन्छ । 

ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो व्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रुपमा निगमलाई ठूलो राहत भएको छ ।

निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्य थपेर अन्तर्राष्ट्रिय उडानमा रहेका ए३२० सेरिजका  दुईवटा न्यारोबडी र ए३३० सेरिजका दुईवटा वाइडबडी जहाजको औसत सीट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको जनाएको छ । 

विसं २०७८ कात्तिकमा न्यारोबडी जहाजले सात घण्टा ३८ मिनेट र वाइडबडी जहाजको ६ घण्टा ३६ मिनेट उडान भरेकामा २०७९ चैतमा न्यारोबडीको ९ घण्टा ४८ मिनेट र वाइडबडीको १० घण्टा ४१ मिनेट जहाज उपयोगिता भएको थियो । 

निगमले आफ्नो गन्तब्य विस्तारका क्रममा यही वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा नियमित उडान प्रारम्भ गरेको छ । नेपाली श्रमिकहरुको आकर्षक गन्तव्य मानिएको रियादमा निगमले हाललाई हप्तामा दुुई वटा उडानबाट प्रारम्भ गरिसकेको छ । 

बजार मागअनुसार आगामी दिनमा अझ थप उडान विस्तार गर्ने कार्ययोजना रहेको निगमका प्रवक्ता अर्चना खड्काले बताए। 

निगमले साउदी अरेबियाको जेद्दा र दम्माममा पनि उडान अनुमति पाइएको छ । रियाद (साउदी अरेबिया) नयाँ गन्तव्य मात्र नभएर चार लाखभन्दा बढी नेपालीहरु रहेको र यात्रुसङ्ख्या एवं भाडादरका कारणले थप आकर्षक गन्तव्य पनि हो । 

निगमले विभिन्न कारणले बन्द वा स्थगित भएका निगमका अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान सञ्चालन गरिसकेको छ । निगमले हाल भारतको नयाँदिल्ली गन्तव्यमा दैनिक दुई उडान गरिरहेको छ । यस्तै मुम्बईमा साताको तीन, बैङ्ग्लोरमा साताको तीन उडान भर्दै आएको छ । 

त्यसैगरी दोहा र दुबई समान साताको पाँच उडान तथा हङकङमा साताको एक उडान, क्वालालम्पुरमा साताको तीन उडान गरिरहेको छ । बैंककमा साताको तीन उडान र रियादमा साताको दुई उडान सञ्चालन गरिरहेको निगमले जनाएको छ । निगमले ११औँ नयाँ गन्तव्यको रुपमा चीनको ग्वान्झाउ र १२ औँ गन्तव्यको रुपमा दक्षिण कोरियाको सिओलमा उडान विस्तारको लक्ष्य राखेको छ ।
 
निगमले धनगढी र नेपालगञ्जलाई आधार बनाएर सुदूर पश्चिममा नियमित उडान सञ्चालन गरिरहेको छ । २०७८ सालको बडादशैँको अवधिमा आएको बेमौसमी वर्षात र बाढी–पहिरोले नेपालको पश्चिम पहाडी जिल्लाहरुमा यातायात अवरुद्ध भई दशैँ मनाउन गाउँघर गएका नागरिकहरु अलपत्र परेकोले  तत्कालै उद्धार हुने गरी बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लाहरुमा धनगढी र  नेपालगञ्जलाई आधार बनाएर उद्धार उडान सञ्चालन गरिएको थियो । 

त्यसयता ती जिल्लाहरुमा नियमित व्यावसायिक उडान सञ्चालनमा रहेको छ । यस्तै निगमले आन्तरिक उडानमा पनि गन्तव्य विस्तार गरेको छ । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको निगमले काठमाडौँ–इलाम–काठमाडौँ नियमित उडान गर्ने गरी गृहकार्य अगाडि बढाइरहेको प्रवक्ता खड्काले बताए । 

निगमले काठमाडौँबाट थामखर्क, खानीडाँडा, भोजपुर, इलाम, फाप्लु, ताप्लेजुङ, दाङ, नेपालगञ्ज नियमित उडान गर्दछ भने नेपालगञ्जबाट रुकुम, डोल्पा, जुम्ला, ताल्चा, सिमकोट उडान गर्ने गर्दछ । त्यस्तै धनगढीबाट डोटी, साँफेबगर, बाजुरा र बझाङ उडान गर्दै आएको छ ।

निगमले विश्वका प्रसिद्ध वायुसेवा कम्पनीसँग अन्तरदेशीय टिकट बिक्री गरिरहेको छ । जसले गर्दा निगमको सिधा उडान नहुने गन्तव्यमा निगमकै टिकटबाट यात्रा गर्न गर्न पाइन्छ ।  निगमले युरोपका विभिन्न सहर, अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायलका गन्तव्यमा उडान गर्ने २१ वायुसेवा कम्पनीसँग क्एब् एबककभलनभच  र २४  वायुसेवा कम्पनीहरुसँग क्एब् ऋबचनय सम्झौता गरेको छ । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending