Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

कांग्रेसका केन्द्रीय नेताहरुले देशभरि चुनावी सभाहरुमा सम्बोधन गर्ने

कांग्रेसको निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय गठन

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको तयारीका लागि मुलुकका विभिन्न स्थान र समयमा खुला सभा आयोजना गर्ने तय गरेको छ । 

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयानुसार आयोजना गरिएका सभाहरुमा पार्टीका सभापति, नेता एवं पदाधिकारीलगायत केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

यही वैशाख २१ गते मोरङ (विराटनगर) मा हुने सभामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री विश्वप्रकाश शर्मालगायत अन्य वक्ताहरूले सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ । 

यसैगरी वैशाख २२ गते चितवन (भरतपुर)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’लगायत वक्ता तय गरिएको छ ।

वैशाख २३ गते काठमाडौँमा हुने सभामा सभापति देउवा, नेता पौडेललगायत वक्ताहरू, वैशाख २४ गते रुपन्देही (बुटवल)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, महामन्त्री गगनकुमार थापा, वैशाख २४ गते तनहुँ (दमौली)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, प्रवक्ता डा प्रकाशशरण महतलगायत अन्य वक्ताहरू रहने भएका छन। 

त्यस्तै वैशाख २४ गते धनुषा (जनकपुर)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्रीद्वय भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, वैशाख २५ गते कास्की (पोखरा)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, वैशाख २५ गते दाङ (तुलसीपुर) मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री किशोरसिंह राठौरलगायत अन्य वक्ताहरू तय गरिएको मुख्यसचिव पौडेलले बताए। 

यही वैशाख २६ गते कैलाली (धनगढी)मा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा वैशाख २७ गते डडेल्धुरामा हुने सभामा सभापति देउवा, नेता पौडेल, सहमहामन्त्री बद्री पाण्डेलगायत अन्य वक्ताहरू निर्धारण गरिएको छ । 

परिचालन समिति सचिवालय गठन

नेपाली कांग्रेसका उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालय’ गठन गरेको छ। 

उनले पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोलाको संयोजकत्वमा सचिवालय गठन गरेको जनाइएको छ। सचिवालय सदस्यमा डा सुरेश आचार्य, डा प्रभु बुढाथोकी, राजेन्द्रप्रसाद पौडेल, कृष्ण केसी र गेजा शर्मा वाग्ले रहेका छन्। 

सचिवालयले समिति र उपसमितिहरुले गरेका निर्णयको कार्यान्वयन, पार्टीका विभिन्न साङ्गठनिक संरचनाहरुले निर्वाचनमा पार्टीको विजय अभियानलाई सफल बनाउन गरिरहेका कामको जानकारी लिने र संयोजकको परामर्शमा समन्वय र संयोजनसहित आवश्यक कार्य गर्नेछ । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending