रुपन्देही । लुम्बिनी प्रदेशसभाको दसौँ अधिवेशन जेठ १० गतेसम्मका लागि स्थगित भएको छ । गत असोज २९ गते सकिएको नवौँ अधिवेशन छ महिनामा बोलाउनुपर्ने कानूनी प्रक्रिया पूरा गर्न आज बोलाइएका थियो ।
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी एमालेले पहिलो सत्रमा अवरुद्ध गरी दोस्रो सत्रमा बहिष्कार गरेको १०औँ अधिवेशनको दोस्रो बैठक स्थानीय तहको निर्वाचन परिणाम आएपछि बस्नेछ । प्रदेशसभाका सदस्यहरु निर्वाचनमा व्यस्त रहने हुनाले निर्वाचन परिणामपछि बोलाइएको हो ।
प्रदेशसभाको दसौँ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेशसभामा आफूहरूले राखेका माग सम्बोधन नभएको भन्दै माग सम्बोधन नभएसम्म बैठक चल्न नदिने बताए ।
उनले बोलेलगत्तै एमालेका प्रदेशसभा सदस्यहरूले बेल घेराउ गर्दै नाराबाजी गरेपछि पहिलो सत्रको बैठक स्थगित भएको थियो ।
एमालेले नाराबाजी जारी राखेपछि सभामुख पूर्णबहादुर घर्तीले दिउँसो २ बजेसम्मका लागि बैठक स्थगित गरे। दोस्रो सत्रको बैठकमा पनि एमालेका सदस्यहरुले बहिष्कार गरेका थिए । त्यस अवसरमा बोल्ने प्रदेशसभाका सदस्यहरुले बैठक अवरुद्ध नगर्ने वातावरण मिलाउन सभामुखसँग आग्रह गरेका थिए ।
अधिवेशनको सुरुआतमा दलका तर्फबाट शुभकामना दिँदै नेपाली कांग्रेस सचेतक निर्मला क्षेत्रीले एमालेलाई बजेट ल्याउने बेला भएकाले विरोधको सट्टा सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक तुलाराम घर्तीमगरले एमालेले प्रतिपक्षीको भूमिका खेल्नुको साटो हुँदै नहुने बखेडा झिकेर प्रदेशसभालाई बन्धक बनाएको आरोप लगाए।
जनता समाजवादी पार्टी जसपाका सदस्य निर्मला मुडभरीले महिला हिंसाका घटना बढिरहेकाले नियन्त्रणका लागि कदम चाल्न सरकारको ध्यानाकर्षण गराए। राष्ट्रिय जनमोर्चाका तारा जिसीले प्रदेश सरकारले आफ्नो औचित्य कायम गर्न नसकेको बताए।
प्रदेशसभामा प्रदेश खेलकुद विकास परिषद्सम्बन्धी अध्यादेश, २०७८ पेस भएको छ ।
सो बैठकमा सभामुख घर्तीले प्रदेशसभा सदस्य दीपेश थारूले बुझाएको राजीनामा पत्र पढेर सुनाएका थिए। थारूले स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट बर्दियाको राजापुर नगरपालिकामा प्रमुखका पदमा उम्मेदवारी दिएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - ०७:२१
काठमाडौं । सहकारी प्रकरणमा पुर्पक्षका लागि थुनामा परेको १० महिनापछि थुनामुक्त भएका रास्वपाका सभापति रवि लामिछानेले आइतवार पार्टी कार्यालय प्रवेश गर्ने...
पौष ७ गते, २०८२ - ०७:१६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा जस्तो देखिने करिब चार किलो २८४ ग्रामसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपाल प्रहर...
पौष ७ गते, २०८२ - ०७:१०
जुम्ला । कर्णालीको मौलिक पर्व संरक्षण गर्न जुम्लामा ठुली भैली खेल्न सुरु गरिएको छ । पछिल्लो समयमा भैली खेल्ने चलन हराउँदै गए पनि यहाँका स्थानीयवासीले ...
पौष ७ गते, २०८२ - ०७:०८
कैलाली । यहाँको चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनका परिवार विगत तीन वर्षदेखि पालमा बसिरहेका छन् । चुरे–४ स्थित मसुरी गाउ...
पौष ७ गते, २०८२ - ०७:००
काठमाडौँ । राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उम्मेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूची...
पौष ७ गते, २०८२ - ०६:५८
काठमाडौँ । ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका चालकलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र वाताव...
पौष ७ गते, २०८२ - ०६:५५
काठमाडौँ। एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्...
पौष ६ गते, २०८२ - ०९:२१
डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम थालिएको छ । यसका लागि आलिताल गाउँपालिकाले आलिताल –३ मा स्थित तालको स...
पौष ६ गते, २०८२ - ०९:१९
म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सड...
पौष ६ गते, २०८२ - ०८:५४
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत भ्रमणमा प्रस्थान गर्दैछन् । जेनजी आन्दोलनपछि प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेपछिको यो उ...




प्रतिकृया लेख्नुहोस्: