काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएसँगै जिल्लामा चुनावी माहोल बढ्दै गएको छ । जिल्लाको तीन गाउँपालिकामा ३८४ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
भूमे गाउँपालिका–३ मा एक महिला सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्। पालिका र वडामा आवश्यक पद भने १६१ छ ।
निर्वाचन कार्यालयले निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेका छन् । जिल्लामा साना–ठूला गरी नौवटा राजनीतिक दलले चुनावमा भाग लिएका छन् । उम्मेदवारको मनोनय दर्ता भएसँगै आ–आफ्ना पक्षमा मत माग्न नेता तथा कार्यकर्ता उत्साहपूर्वक घरदैलो कार्यक्रमलाई अघि बढाइरहेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, राप्रपा, नेपाल मजदुर किसान पार्टी, नेशनल मङ्गोल अगनाइजेशन र राष्ट्रिय जनमोर्चा पार्टीले साथै केही स्वतन्त्र व्यक्तिले निर्वाचनमा भाग लिएका निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन शान्तिपूर्ण तवरले सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्था पूरा भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए।
शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने साझा दायित्व भएकाले सबै क्षेत्रबाट सहयोग पाउनेमा आफूहरू आशावादी भएको सरकारी अधिकारीले जनाएका छन् । निर्वाचन लक्षित जिल्लाका विभिन्न ठाउँमा सुरक्षा निकाय खटिने क्रम जारी छ । जिल्लामा ३५ मतदानस्थल तथा ४९ वटा मतदान केन्द्र छन् ।
जिल्लामा राजनीतिक दलहरूले चुनाव प्रचारप्रसारलाई तीव्र पारेका छन् । चुनावमा भाग लिने ती दलहरूले पालिकादेखि वडास्तरसम्म प्रचार–प्रसार अभियानलाई तीव्र पारेका हुन् । माओवादीले तीनवटै पालिका तथा ३१ वटै वडामा चुनावी प्रचारलाई तीव्र पार्नुका साथै पालिका तथा वडास्तरबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेर घरदैलो कार्यक्रममार्फत मत माग्न थालेको छ ।
यस्तै कांग्रेसले पनि चुनावी अभियान सुरु गरेको छ । चुनावी घोषणापत्र निर्माणको काम अन्तिम चरणमा पुगेको कांग्रेस जिल्ला कार्यसमिति सदस्य एवं कार्यालय सचिव लीलाराम बुढाले बताए।
एमालेले पनि घोषणापत्र सार्वजनिक गरेर चुनावी अभियानलाई तीव्र पारेको छ । यस्तै एकीकृत समाजवादीले पनि भेटघाट तथा घरदैलो अभियान सुरु गरेको छ । राप्रपाले पनि चुनावी प्रचारप्रसार तथा घरदैलो अभियान कार्यक्रमलाई तीव्र पारेको छ ।
साथै जिल्लास्थित अन्य दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरूले पनि चुनाव प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गर्दै हिँडेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ०८:५४
प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...
पौष ९ गते, २०८२ - ०८:१८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...
पौष ९ गते, २०८२ - ०८:१४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...
पौष ९ गते, २०८२ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...
पौष ९ गते, २०८२ - ०७:४९
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...
पौष ९ गते, २०८२ - ०७:३५
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...
पौष ९ गते, २०८२ - ०७:३१
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...
पौष ९ गते, २०८२ - ०७:२४
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...
पौष ९ गते, २०८२ - ०७:२०
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र पारेका छन् । निर्वाचन आयोगले राष्ट्रियसभा र प्र...




प्रतिकृया लेख्नुहोस्: