Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बेनी नगरपालिकामा उम्मेदवारी फिर्ता लिएर कांग्रेस र माओवादीको चुनावी तालमेल

खबरडबली संवाददाता

गलेश्वर । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा म्याग्दीको बेनी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० बीच शुक्रबार चुनावी तालमेल भएको छ ।

मनोनयन दर्तासम्म नगरपालिकाको प्रमुख र उपप्रमुखमा एक्लाएक्लै उम्मेदवारी दिएका ती दुबै दलबीच उम्मेदवारी फिर्ताको समयमा मात्रै चुनावी तालमेल गर्ने सहमति भएको हो । पाँच दलीय गठबन्धनमा सहमति नभएपनि अन्तिम चरणमा कांग्रेस र माओवादीबीच प्रमुख र उपप्रमुखमा चुनाव तालमेलको सहमति भएको छ ।

सहमति अनुसार, कांग्रेसका उम्मेदवार चिरञ्जीवि शर्मालाई समर्थन गर्दै माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार धनलाल जैसीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । शुक्रवार मनोनयन फिर्ताको अन्तिम समयमा माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार जैसी र कांग्रेसका उपप्रमुखका उम्मेदवार अमृतदेबी बानियाँको मनोनयन फिर्ता गराइएको थियो ।

त्यसैगरि माओवादी केन्द्रका तर्फबाट उपप्रमुखका उम्मेदवार ज्योति लामिछाने पौडेललाई समर्थन गर्दै कांग्रेसका तर्फबाट उपप्रमुखका उम्मेदवार अमृतदेवी बानियाँको उम्मेदवारी फिर्ता गराइएको छ । बेनी नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रले वडा नं २, ६, ७, ८ र ९ मा चुनावी तालमेल गरेका छन् ।

यसैबीच सत्ता साझेदार नेकपा ९एकीकृत समाजवादी० म्याग्दीमा चुनावी गठबन्धनबाट अगल भएको छ । कांग्रेस र माओवादी केन्द्रले चुनावी तालमेलमा बेवास्ता गरेको कारण गठबन्धनबाट अलग हुनुका साथै जिल्लाको सबै स्थानीय तहमा पार्टीबाट दिइएको उम्मेदवारी सबै फिर्ता गरिएको सो पार्टीले जनाएको छ ।

मतदाता शिक्षा कम छ, बदर मत बढ्ने सम्भावना

यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन आउन अब १३ दिन मात्र बाँकी रहँदासम्म म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा बदर हुने मतको सङ्ख्या बढ्ने सम्भावना देखिएको छ । 

जिल्लामा ८५ प्रतिशतभन्दा बढी मतदाता ग्रामीण क्षेत्रका छन् । गाउँमा अहिले खेतीपाती कामको चटारो भएकाले ग्रामीण भेगका मतदाताले निर्वाचनलाई भन्दा खेतीपाती कामलाई बढी प्राथमिकता दिएका छन् । उनीहरुलाई भोट माग्न घरदैलोमा आएका उम्मेदवारका कुरा सुन्न र मतदान गर्ने तरिका सिक्न पनि फुर्सद नभएकाले यसपटकको निर्वाचनमा बदर मतको प्रतिशत बढी हुन सक्ने बेनी नगरपालिका–५ पुलाचौरका शिव बानियाँले बताए। 

जिल्लाका केही स्थानीय तह र वडामा फरक दलबीच गठबन्धन गरेर आआफ्नै चुनाव चिह्नबाट चुनाव लड्ने हुँदा मत बदर हुने सम्भावना झन् बढेको स्वयं उम्मेदवारले नै बताएका छन् । बेनी नगरपालिका–२ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार डम्मर सापकोटाले मतदाता शिक्षाका अभावमा बदर मतको प्रतिशत बढी हुने आशङ्का गरे।

स्थानीय तहको निर्वाचनमा मतदान गर्नुपर्ने उम्मेदवारको सङ्ख्या धेरै हुने तर मतदाताले थोरैलाई मात्र मतदान गर्ने गरेको विगतको नजिर रहेको छ । एउटा पालिकामा सात जनालाई भोट दिनुपर्ने तर सो कुरा धेरैलाई थाहा नहुने भएको हुँदा त्यस्तो हुने गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ । धेरै मतदाताले सुरुको मतदान चिह्नमा छाप लगाएर पछिकोमा नलगाउने गरेको पाइएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेको अनुभव छ । 

यसवर्ष केही स्थानीय तहमा आआफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्नेगरी गठबन्धन बनाएपछि मतदातामा अन्योल हुने सम्भावना बढेको हो । गठबन्धन गर्ने दलको उम्मेदवार नभएको पालिकामा मतदान चिह्न हुने गरेकाले मत खेरजाने सम्भावना रहेको छ । म्याग्दीमा कांग्रेस र  नेकपा ९माओवादी केन्द्र० ले एक पालिका र पाँच वटा वडामा गठबन्धन गरेका छन् । यसवर्षको निर्वाचनका लागि हालसम्म मतदाता शिक्षा कार्यक्रम माथिल्लो निकायबाट प्राप्त नभएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख घिमिरेले जानकारी दिए। 

अघिल्ला निर्वाचनमा स्थानीय रेडियो तथा सञ्चार माध्यमबाट सन्देशमूलक सामग्री प्रसारण गरिने गरेकोमा यसपटक हालसम्म त्यस्ता कार्यक्रम नगरिएको उनले बताए। मतदान गर्ने अवधि अझै दुई हप्ता बाँकी रहेकोले कार्यक्रम आए प्रभावकारी ढङ्गबाट सञ्चालन गरिने उनको भनाइ छ । हालसम्म नमूना मतदान कार्यक्रम गर्ने भन्ने मात्र आएको र सो कार्यक्रम शून्य समय सुरु हुनु केही दिनअघि सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भैरहवाको मौसम खराब हुँदा रवि लामिछाने काठमाडौँमै रोकिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शुक्रबार बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक) मा रोकिएका छन्। भैरहवाको म...

गायिका सत्यकला राई रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा

काठमाडौं । गायिका सत्यकला राई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक तर्फको उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्। खोटाङ जिल्लाबाट उन...

कांग्रेस निर्वाचनमा जान आतुर छ, फागुन २१ मै निर्वाचन हुनुपर्छ: डा. शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले फागुन २१ गते निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने बताएका छन्। आफ्नो निर्वाचन क्षेत्र मोरङ–६ अन्तर...

गुल्मीमा मृत भेटिएको १३ दिनपछि शवको पहिचान

गुल्मी। गुल्मी रेसुङ्गा नगरपालिका–४ मोत्तियारस्थित पनाहा खोलामा भेटिएको शवको पहिचान भएको छ । उनी रेसुङ्गा नगरपालिका–का ३४ वर्षीय मनोज पोख्रेल भएको जिल...

मुस्ताङ भ्रमणमा गएका विद्यार्थी अचेत अवस्थामा उद्धार

मुस्ताङ । उपल्लो मुस्ताङको लोमान्थाङमा शैक्षिक भ्रमणमा गएकी ब्रिजवाटर इन्टरनेशनल कलेजकी एक छात्राको अक्सिजनको मात्रा कम भएपछि अचेत अवस्थामा उद्धार गरि...

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही प्रस्थान, हुस्सुका कारण उडान ढिलाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान लागेका छन् । नख्खु कारा...

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...

लगानीका लागि सकारात्मक वातावरण बनाउन आवश्यक : उद्योगमन्त्री सिन्हा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...

सरकार जेनजीबीचको १० बुँदे सम्झौताविरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेसी तोकियो

काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...

गृह मन्त्रालयले दियो जेनजी घाइतेको वर्गीकरणलाई तीव्रता

काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending