महेन्द्रनगर । आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरमा उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् ।
जनीतिक दल र स्वतन्त्ररुपमा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष लगायतका पदमा उम्मेदवारी दिएसँगै यहाँ भोट माग्न घरदैलो अभियान सुरु भएको छ ।
यहाँको भीमदत्त नगरपालिकामा नेकपा एमालेबाट नगरप्रमुख पदमा उम्मेदवारी दिएका महेशप्रसाद पन्त र उपप्रमुख पदका उम्मेदवार भुवन केसीले पार्टीका नेतासहित वडा वडामा घरदैलो अभियान सुरु गरिसकेका छन् ।
त्यसैगरी माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबाट नगर प्रमुखको साझा उम्मेदवार बनेका राजेन्द्र पाण्डेय र उपप्रमुख कृष्णदत्त जोशीले पनि टोलस्तरसम्म पुगेर भोट मागिरहेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसले भीमदत्त नगरपालिका–१ स्थित रौटेला मन्दिर छेउबाट घरदैलो कार्यक्रम अभियान शुभारम्भ गर्दैछ । “बिहानदेखि सुरु हुने घरदैलो अभियानमा नगरप्रमुख, उपप्रमुखका साथै केन्द्रीय सदस्यद्वय रमेश लेखक र यज्ञराज जोशीसहितको टिम सहभागी हुनेछ ।” नेपाली कांग्रेस भीमदत्त नगरसचिव राहुल भट्टले भने, “यहाँ वडा वडामा सम्र्पक कार्यालय र चुनावी गतिविधि सुरु भइसकेका छन् ।”
उनले घरदैलो तथा चुनावी कार्यक्रममा केन्द्रीय नेताको पनि उपस्थिति रहने बताए।
त्यसैगरी यहाँका अन्य स्थानीय तहलमा पनि नेताले घरदैलो अभियान सुरु गरेका छन् । यहाँको बेलौरी नगरपालिका, पुर्नवास नगरपालिकालगायतका पालिका पालिकामा समेत घरदैलो अभियान सुरु गरेका छन् । नेकपा एमाले बेलौरीका नगर उपाध्यक्ष महेश्वरी खत्रीले पार्टीका उम्मेदवारसहित आफूहरु घरदैलो अभियानमा खटिसकेको जानकारी दिए।
“पहिलोपटक बेलौरीमा हामीले शिक्षित महिलालाई नगर प्रमुखको उम्मेदवार बनाएका छौँ ।” उपाध्यक्ष खत्रीले भने, “यहाँका दशवटै घरदैलो अभियान सुरु भएको छ ।”
पार्टीहरु विभिन्न चुनावी एजेण्डा लिएर घरदैलो अभियानका जानुका साथै आवश्यक रणनीति बनाउन दिनहुँजसो पार्टीमा छलफल गरिरहेको उनको भनाइ छ ।
त्यसैगरी यहाँको शुक्लाफाँटा नगरपालिकामा माओवादी केन्द्र र समाजवादी पार्टीका नगरप्रमुख उम्मेदवार नवराज ऐरले दुई दिनदेखि चुनावी घरदैलो अभियान गरेका छन् । “१६ गतेपछि निर्वाचन प्रचारका ठूला कार्यक्रम सुरु हुन्छन् ।” उनले भने, “अहिले मतदातासित भेटघाट कार्यक्रम चलिरहेको छ ।”
नौवटै पालिकामा रहेका कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्षका लागि ७३ जनाले उम्मेदवारी परेको छ । भीमदत्तमा प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरी १४ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी यहाँको दोधारा चाँदनी नगरपालिकामा आठ जनाले नगरप्रमुखमा आफ्नो उम्मेदवार दर्ता गराएका छन् । त्यसैगरी यहाँको बेदकोट नगरपालिकामा पनि प्रमुख राजनीतिक दलसहित स्वतन्त्र गरेर ११ जनाले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी शुक्लाफाँटा नगरपालिकामा नगरप्रमुखका लागि आठ जनाको उम्मेदवार छन् । त्यस्तै, यहाँको कृष्णपुर नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवार छन् ।
त्यसैगरी यहाँको बेलौरी नगरपालिकामा छ जनाले नगरप्रमुख पदमा उम्मेदवारी दिएको निर्वाचन कार्यालयको भनाइ छ ।
त्यसैगरी यहाँको पुर्नबास नगरपालिकामा सात जनाले नगरप्रमुखमा उम्मेदवारी दिँदै चुनावी मैदानमा उत्रिएका छन् । यहाँको लालझाडी गाउँपालिकामा छ र बेल्डाडी गाउँपालिकामा छ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र राखिएका छन् भने यहाँको कूल मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: