काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत गत चैत २६ गतेदेखि हालसम्म कूल ३५ सञ्चारमाध्यमबाट ३६ वटा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएका छन् भने आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने चार वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारबाही गरिएको छ ।
स्थानीय तह निर्वाचनका सन्दर्भमा २०७८ चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू भएको थियो । निर्वाचन आचारसंहिता लागू भएपश्चात् आयोगको आग्रहमा प्रेस काउन्सिल नेपालले देशभरका सञ्चारमाध्यमको अनुगमन गरिरहेको छ । सञ्चारमाध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचन आयोगलाई समेत गराइँदै आएको छ ।
आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यममध्ये चार वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा दुई सञ्चारमाध्यमबाट पेस भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकाले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोहीअनुसार प्रकाशन गरेका छन् भने दुई वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी छ पत्रपत्रिका, तीन रेडियो, पाँच टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र दुई अनलाइनबाट निर्देशनपश्चात् पनि प्रतिकूल सामग्री पुनः सम्प्रेषण भएको देखिएकाले सचेत गराइएको छ । त्यस्तै चार सञ्चारमाध्यमलाई ध्यानाकर्षण गराइएको छ ।
स्थानीय तह निर्वाचनमा सहभागी हुने दल तथा उम्मेदवारबाट उम्मेदवारी दर्ता भइसकेको छ । आगामी दिनमा दल तथा उम्मेदवारका बारेमा प्रचारप्रसारमा तीव्रता आउने हुँदा निर्वाचन सन्दर्भमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु¥याउनु सञ्चारमाध्यमको कर्तव्य र जिम्मेवारी हो । गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्ति सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुने गरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु¥याउने गरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग रहन प्रेस काउन्सिल नेपालले आग्रह
गरेको छ ।
आयोग र काउन्सिलले दल तथा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशनरप्रसारण नगर्नरनगराउन, सःशुल्क विज्ञापन प्रकाशनरप्रसारण गर्दा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान दिन, सामाजिक सञ्जालमार्फतबाट समेत यो वा त्यो दल र दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जना नगर्नरनगराउन हुन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा आग्रह गर्दै आएको छ
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ११ गते, २०८३ - १४:३७
काठमाडौं । थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ हिजोदेखि अनिश्चितकालका लागि रोकिएको छ। निर्माण पक्षले राजनीतिक दबाबका कारण शो स...
जेष्ठ ११ गते, २०८३ - १४:२०
लेखनाथ। कास्कीको पोखरा महानगरको करिब बिच भागबाट बग्ने सेती नदीमा सोमबार फेरि दु:खद घटना भएको छ । वडा नम्बर १७ मा पर्ने नदीको खोँचमा आइतबार राति हाम...
जेष्ठ ११ गते, २०८३ - १३:५८
उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी परेका छन् भने एकको अवस्था गम्भीर छ । साधना टोल...
जेष्ठ ११ गते, २०८३ - १३:३५
तेहरान । अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक ...
जेष्ठ ११ गते, २०८३ - १३:१७
काठमाडौँ। मन्त्रिपरिषद् बैठक सोमबार बस्ने भएको छ । आज दिउँसो ३:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्ने तय भएको प्रधा...
जेष्ठ ११ गते, २०८३ - १३:०३
काठमाडौं । दुर्गा प्रसाईं विरुद्धको अनुसन्धान पूरा गरेर प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ। जिल्ला प्रहरी कार्याल...
जेष्ठ ११ गते, २०८३ - १२:५१
नयाँदिल्ली। मध्यपूर्वमा जारी युद्धका कारण आपूर्ति शृङ्खलामा परेको दबाबबीच भारतका सरकारी इन्धन कम्पनीहरूले पेट्रोल र डिजेलको मूल्य फेरि बढाएका छन् । पछ...
जेष्ठ ११ गते, २०८३ - १२:४०
काठमाडौं । सभामुख डिपी अर्यालले विगतका सरकारहरूले प्रभावकारी काम नगर्दा अझै पनि आधारभूत आवश्यकताका विषयमा बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । ...
जेष्ठ ११ गते, २०८३ - १२:३३
काठमाडौं । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने मूल समारोहलाई यस वर्ष राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसबारे प्रधानमन्त्री ब...
जेष्ठ ११ गते, २०८३ - ११:२५
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु दुई लाख ९०...



प्रतिकृया लेख्नुहोस्: