महोत्तरी । आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारले पत्यारिलो तवरले नयाँ प्रतिबद्धता गर्न सकेका छैनन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि उम्मेदवारहरूले पुरानै प्रचार शैली र पुरानै ढर्राका प्रतिबद्धता सुनाउन थालेका छन् ।
भङ्गाहा नगरपालिका–३ कटैयाकी ६० वर्षीया रामराजी यादव भने, “सबैका नारा उही पुराना छन् ।”
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकामा उम्मेदवारहरू पम्पलेट, ब्यानर र अन्य प्रचार सामग्रीसहित मतदातामाझ धाउन थालेका छन् । भङ्गाहा–५ सीतापुरका ८५ वर्षीय मानबहादुर भुजेल भन्नुहुन्छ, “चुनावी नारा पूरानै छन्, नारामा पत्यार र आकर्षण छैन ।”
संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाए पनि निर्वाचित जनप्रतिनिधि जिम्मेवार बन्न नसक्दा जनताले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् । बर्दिबास–१४ का ७० वर्षीय खड्गबहादुर सिंह भने, “जनजीविकाको क्षेत्रमा अपेक्षित सुधार आउन सकेको छैन ।”
मुुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएयता यसपालि दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदैछ । आसन्न निर्वाचनमा जनताको मत पाउने अपेक्षासाथ घरदैलो थालेका उम्मेदवारले अब परम्परागत प्रचार शैली र प्रतिबद्धताको सट्टा ठाउँ–ठाउँका आवश्यकता पहिचान गरी तिनको समाधानको प्रक्रिया बताएर आश्वस्त बनाउनुपर्ने अवस्था छ ।
सबैजसो मतदाता भेट्न घरघरै पुग्दैछन् । जिल्लामा ७३० पदका लागि तीन हजार ५५३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दश १० नगरका नगरप्रमुखका लागि १५० र पाँच गाउँपालिकाका अध्यक्ष पदका लागि ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, १० नगरपालिकाका उपप्रमुखमा ३८ र पाँच गाउँपालिका उपाध्यक्षमा १९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका १३८ वडाका वडाध्यक्षका लागि ८८५, वडाका महिला सदस्यमा ५८३, दलित महिला सदस्यमा ५५४ र वडा सदस्यमा एक हजार १७३ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले जानकारी दिए ।
कूल तीन लाख ३६ हजार ९५ मतदाताका लागि २५८ मतदानस्थलमा ४९७ मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...


प्रतिकृया लेख्नुहोस्: