धनगढी । कैलाली जिल्लाका दुई पालिकामा उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएका चार जनाविरुद्ध उजुरी परेको छ । कैलारी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएका एक जनाविरुद्ध उजुरी परेको निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए।
उजुरी कुन व्यक्तिका विरुद्धमा कसले किन गरेको भन्ने बारेमा अहिले नै नाम सार्वजनिक गर्न नमिल्ने उनले बताए। जिल्लाको घोडाघोडी नगरपालिकाकाको महिला सदस्यमा उम्मेदवारी दिनुभएका कृष्णा थापा, सदस्यमा उम्मेदवारी दिनुभएका चोपलाल चौधरी र वडा अध्यक्षका उम्मेदवारी दिनुभएका हिराजन विष्टका विरुद्ध उजुरी परेको छ ।
पार्टीबाट जोरजबरजस्ती टिकट लिएर उम्मेदवारी दर्ता गराएको भन्दै सन्तराम चौधरीले वडाध्यक्षका उम्मेदवार विष्टका विरुद्ध उजुरी दिनुभएको निर्वाचन अधिकृत मोहनदेव जोशीले जानकारी दिए।
कृष्णा थापा स्वयंसेवीका रहेको र चोपलाल चौधरी सामुदायिक वनको सचिवमा कार्यरत रहेको भनी उजुरी परेको जनाइएको छ । जिल्लाका अन्य ११ पालिकामा भने कुनै पनि उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । जिल्लाका पालिकाहरूमा सोमबार अबेर रातिसम्म उम्मेदवारी दर्ताको काम सम्पन्न भएको थियो ।
अधिकांश उम्मेदवार अपराह्नपछि मात्र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीको मनोनयन दर्ता गराउन आएपछि देखिएको भीडले कर्मचारीलाई दर्ता प्रक्रिया पूरा गर्न निकै समय लागेको थियो । अधिकांश पालिका तहका निर्वाचन अधिकृतको कार्यालयमा खटिएका कर्मचारी आज पनि उम्मेदवार दर्तासम्बन्धी कामको रुजु गर्नेलगायतको काम गरिरहेका थिए ।
“उम्मेदवारी दर्ताका क्रममा अपराह्नदेखि बढेको भीडका कारण सबै उम्मेदवारको कागजात रुजु गर्ने रसिद काट्नेलगायत काम रातभर गर्नुप¥यो”, गौरीगङ्गा नगरपालिकाका निर्वाचन अधिकृत निराजन पाण्डेयले भने, “काम गर्दागर्दै रात बित्यो, सुत्न पनि पाइएन ।”
पर्याप्त जनशक्तिको अभावका साथै सबै उम्मेदवार एकसाथ उम्मेदवारी दर्ता गराउन आउँदा यस्तो अवस्था सिर्जना भएको पाण्डेयले बताए।
एउटै पदमा पार्टीका दुईको उम्मेदवारी
जिल्लाको लम्कीचुहा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस पार्टी र नेकपा (माओवादी केन्द्र)को तर्फबाट दुईरदुई जनाले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीको पत्रसहित कांग्रेसका भक्तबहादुर थापा र सुशीला शाहीले प्रमुख पदमा उम्मेदवारी दर्ता गराउनु भएको जनाइएको छ ।
माओवादी केन्द्रको तर्फबाट धीरेन्द्र रावल र लोकराज ढकालको उम्मेदवारी परेको निर्वाचन अधिकृत हिरालाल चौधरीले बताए ।
“सोमबार ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालय परिसमा उहाँहरू उम्मेदवारी दर्ता गराउन आउनुभएको रहेछ”, उनले भने, “अबेर राति उहाँहरुको उम्मेदवारी दर्ता भएको छ ।”
एउटै पदमा पार्टीको पत्रसहित उम्मेदवारी दर्ता गराउने दुईरदुई उम्मेदवारका बारेमा सम्बन्धित पार्टीबाट पत्र आएपछि को आधिकारिक हो भन्ने एकिन हुने उनले बताए। पार्टीको आधिकारिक उम्मेदवारले मात्र पार्टीको चुनाव चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउने कानुनी व्यवस्था छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ९ गते, २०८२ - ०९:३६
खोटाङ । भौतिक पूर्वाधार कार्यालयले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२/८३ का लागि स्वीकृत भएको रु ६६ करोड ...
पौष ९ गते, २०८२ - ०८:५४
प्रधानमन्त्रीको उम्मेदवारबारे असिम शाह भन्छन्- कानुनी रूपमा मिलुन्जेलसम्म रवि दाइ, नभए बालेन
पौष ९ गते, २०८२ - ०८:३६
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका ल...
पौष ९ गते, २०८२ - ०८:१८
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि करिब २७ अर्ब रुपैयाँ खर्च हुने भएको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा ...
पौष ९ गते, २०८२ - ०८:१४
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ। पुस अन्तिम साताका लागि तोकिएको महाधिवेशन कार्यतालिकामा हेरफेर गर्न कांग्रेसल...
पौष ९ गते, २०८२ - ०८:०३
तनहुँ । तनहुँको सदरमुकाम दमौली बजारबाट सात किलोमिटर दूरीमा रहेको बेनीकोटका एक किसानले बाँझो भिरालो जग्गामा सुन्तलाखेती गरी राम्रो आम्दानी गरेका छन् । ...
पौष ९ गते, २०८२ - ०७:४९
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आया...
पौष ९ गते, २०८२ - ०७:३५
ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै...
पौष ९ गते, २०८२ - ०७:३१
काठमाडौँ । राहदानी विभागले अब दुई कार्य दिनभित्र राहदानी उपलब्ध गराउने भएको छ । कूल तीन लाख ९६ हजार थान राहदानी छपाइ भएर आपूर्ति भइसकेको उल्लेख गर्दै ...
पौष ९ गते, २०८२ - ०७:२४
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम र...




प्रतिकृया लेख्नुहोस्: