Khabar Dabali २३ असार २०८३ मंगलवार | 7th July, 2026 Tue
Investment bank

जुम्लाका आठवटै स्थानीय तहमा उम्मेदवारी दर्ता

खबरडबली संवाददाता

जुम्ला । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा सबै स्थानीय तहमा यहाँका क्रियाशील पार्टीहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा आइतबार उम्मेदवारी दर्ता गराए पनि अधिकांश दलहरुले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

कार्यकर्ता र बाजागाजासहित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा  गई दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसका तर्फबाट चन्दननाथ नगरपालिकाको प्रमुखमा अधिवक्ता पदम शाही र उपप्रमुखमा रामदेवी खड्काले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, नेकपा एमालेबाट प्रमुखमा धर्मेन्द्र रोकाया र उपप्रमुखमा मेनका रेग्मी, नेकपा  (माओवादी केन्द्र)बाट प्रमुखमा जीवन बुढा थापा र उपप्रमुखमा पूर्णिमा विक (रचना)ले मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रमुखमा पूर्णसिं कठायत र उपप्रमुखमा गीता शाही, नेकपा (एकीकृत समाजवादी)बाट प्रमुखमा जयलक्ष्मी चौलागाईं र उपप्रमुखमा भीमबहादुर थापा तथा नेमकिपाबाट प्रमुखमा जयकृष्ण धराला र उपप्रमुखमा हस्तना न्यौपानेले उम्मेदवारी दर्ता गराए । 

तिला गाउँपालिका जुम्लाको अध्यक्षमा नेकपा एमालेबाट रेशमबहादुर शाही, उपाध्यक्षमा जुनमाया बोहोरा, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा मोतिलाल रोकाया, उपाध्यक्षमा कल्पना बुढा, नेपाली कांग्रेसबाट अध्यक्षमा एकराज चौलागार्इं र उपाध्यक्षमा सुस्मा श्रेष्ठले मनोनयन दर्ता गराएका छन्। तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुरतबहादुर शाही र उपाध्यक्षमा ज्वाला चौलागाइं, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा पार्टी अध्यक्ष वीरबहादुर कुँवर र उपाध्यक्षमा रेउती रावल ९सीमा०ले मनोनयन दर्ता गराएका छन्। 

तातोपानीमा कांग्रेसबाट अध्यक्षमा नन्दप्रसाद चौलागार्इं र उपाध्यक्षमा विन्दु अधिकारी, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा हिमालय खत्री र उपाध्यक्षमा नारायणी चौलागाईंले मनोनयन दर्ता गराएका छन् । पातारासी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महतारा, नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर बुढा (सुशील) र उपाध्यक्षमा जुनमाया रोकायाले मनोनयन दर्ता गराएका छन् ।

गुठीचौरमा नेकपा एमालेबाट अध्यक्षमा झुनमाया जैसी र उपाध्यक्षमा प्रेम बुढा,  नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारी र उपाध्यक्षमा राजकन्या बुढाले मनोनयन दर्ता गराएका छन्। त्यसै गुठीचौरमै नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा दानबहादुर बुढा र उपाध्यक्षमा सुमन बुढा (बस्नेत), नेपाल मजदुर किसान पार्टीबाट अध्यक्षमा राजबहादुर अधिकारी र उपाध्यक्षमा धनकन्या उपाध्याय तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा जनक थकाली र उपाध्यक्षमा शान्ति कुमारी मल्ल ९भण्डारीले० मनोनयन दर्ता गराए। हिमा गाउँपालिका अध्यक्ष पदमा एमालेका जयबहादुर खत्री र उपाध्यक्षमा भागिरती शाही,  नेपाली कांग्रेसबाट अध्यक्षमा लक्ष्मण शाही र उपाध्यक्षमा सम्पूर्ण शाही तथा नेकपा ९एकीकृत समाजवादी०बाट अध्यक्षमा भैबहादुर रोकाया र उपाध्यक्षमा देवु शाहीले मनोनयन दर्ता गराए। त्यस्तै माओवादी केन्द्रबाट अम्मराज शाही र उपाध्यक्षमा कल्पना परियारको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय हिमाले जनाएको छ ।

सिञ्जा गाउँपालिकामा एमालेबाट अध्यक्षमा सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढा, माओवादी केन्द्रबाट अध्यक्षमा पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया तथा नेपाली कांग्रेसबाट अध्यक्षमा नन्दराम बुढा र उपाध्यक्षमा रजनकला शाही उम्मेदवार बनेका छन् । सिञ्जामा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा कमल खत्री र उपाध्यक्षमा हिमाली भण्डारी (नेपाल)तथा नेमकिपाबाट अध्यक्षमा कन्नी रावत र उपाध्यक्षमा रणबहादुर रोकायाले मनोनयन दर्ता गराएका छन्। कनकासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा ९एमाले०का मानबहादुर रोकाया र उपाध्यक्षमा देवीसीता बुढा , नेपाली कांग्रेसबाट अध्यक्षमा दमोदर आचार्य र उपाध्यक्षमा प्रेमकली बुढा, माओवादी केन्द्रबाट अध्यक्षमा धनबहादुर बुढा र उपाध्यक्षमा रीता खत्री तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा रणबहादुर रोकाया र उपाध्यक्षमा धनरुपा बुढाले मनोनयन दर्ता गराए । त्यस्तै नेमकिपाका माधव काफ्लेले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोशी प्रदेशमा ३१ प्रतिशत क्षेत्रमा रोपाइँ

विराटनगर। कोशी प्रदेशमा यस वर्ष धान रोपाइँको अवस्था गत वर्षको तुलनामा उत्साहजनक देखिएको छ । धानको बीउ राख्ने समयदेखि नै नियमित वर्षा भएको र पहाडी क्षे...

असारमा ह्वात्तै बढ्यो बजेट खर्च प्रगति

धनगढी। असार लागेपछि सुदूरपश्चिम प्रदेशको बजेट खर्च प्रगति ह्वात्तै बढेको छ । असारे विकासको प्रवृत्तिका कारण अरु समयको तुलनामा असारमा बजेट खर्च प्रगति ...

भेटेनरी अस्पताल सप्तरी कार्यालय प्रमुख र सवारी चालक अख्तियारको नियन्त्रणमा

सप्तरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र,सप्तरीमा सोमबार छापा मारेको छ । छापा मार्ने क्रम...

देउवा समूहले बीपी स्मृति दिवस छुट्टै मनाउने, मंगलबार पनि छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेसको देउवा समूहले बीपी स्मृति दिवस छुट्टै रूपमा मनाउने निर्णय गरेको छ। सोमबार उद्घाटन गरिएको समूहको सम्पर्क कार्यालयमा काठम...

स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्न सरकार पूर्णरूपमा प...

हात्ती प्रभावित क्षेत्रको अवस्था बुझ्न गृहमन्त्री गुरुङ झापामा

झापा । सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रका नागरिकका समस्या बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन...

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध तीन करोड बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ। नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध तीन करोड ४५ लाख ९९ हजार १६७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अ...

भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन र सुकुमवासीको समस्यालाई समाधान गर्न सरकारले उच्च प्र...

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाउने रक्षा मन्त्रालयका अधिकृत पक्राउ

काठमाडौं । ललितपुरको इमाडोल क्षेत्रमा सार्वजनिक स्थानमा एक महिलासँग अशोभनीय व्यवहार गरेको आरोपमा एक सरकारी कर्मचारी पक्राउ परेका छन्। प्रहरी वृत्त ...

रास्वपामा एकभन्दा बढी वरिष्ठ नेता हुने व्यवस्था

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी संरचनामा महत्वपूर्ण परिवर्तन गर्दै एकभन्दा बढी 'वरिष्ठ नेता' नियुक्त गर्न सकिने व्यवस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending