Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जुम्लाका आठवटै स्थानीय तहमा उम्मेदवारी दर्ता

खबरडबली संवाददाता

जुम्ला । एक नगरपालिकासहित सात गाउँपालिका रहेको जुम्लामा सबै स्थानीय तहमा यहाँका क्रियाशील पार्टीहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) जुम्लाले केही पालिकामा आइतबार उम्मेदवारी दर्ता गराए पनि अधिकांश दलहरुले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् ।

कार्यकर्ता र बाजागाजासहित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा  गई दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् । नेपाली कांग्रेसका तर्फबाट चन्दननाथ नगरपालिकाको प्रमुखमा अधिवक्ता पदम शाही र उपप्रमुखमा रामदेवी खड्काले उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै, नेकपा एमालेबाट प्रमुखमा धर्मेन्द्र रोकाया र उपप्रमुखमा मेनका रेग्मी, नेकपा  (माओवादी केन्द्र)बाट प्रमुखमा जीवन बुढा थापा र उपप्रमुखमा पूर्णिमा विक (रचना)ले मनोनयन दर्ता गराएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट प्रमुखमा पूर्णसिं कठायत र उपप्रमुखमा गीता शाही, नेकपा (एकीकृत समाजवादी)बाट प्रमुखमा जयलक्ष्मी चौलागाईं र उपप्रमुखमा भीमबहादुर थापा तथा नेमकिपाबाट प्रमुखमा जयकृष्ण धराला र उपप्रमुखमा हस्तना न्यौपानेले उम्मेदवारी दर्ता गराए । 

तिला गाउँपालिका जुम्लाको अध्यक्षमा नेकपा एमालेबाट रेशमबहादुर शाही, उपाध्यक्षमा जुनमाया बोहोरा, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा मोतिलाल रोकाया, उपाध्यक्षमा कल्पना बुढा, नेपाली कांग्रेसबाट अध्यक्षमा एकराज चौलागार्इं र उपाध्यक्षमा सुस्मा श्रेष्ठले मनोनयन दर्ता गराएका छन्। तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुरतबहादुर शाही र उपाध्यक्षमा ज्वाला चौलागाइं, नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा पार्टी अध्यक्ष वीरबहादुर कुँवर र उपाध्यक्षमा रेउती रावल ९सीमा०ले मनोनयन दर्ता गराएका छन्। 

तातोपानीमा कांग्रेसबाट अध्यक्षमा नन्दप्रसाद चौलागार्इं र उपाध्यक्षमा विन्दु अधिकारी, नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा हिमालय खत्री र उपाध्यक्षमा नारायणी चौलागाईंले मनोनयन दर्ता गराएका छन् । पातारासी गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट अध्यक्ष पदमा सुकराम रावत र उपाध्यक्षमा खम्मेनी महतारा, नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर बुढा (सुशील) र उपाध्यक्षमा जुनमाया रोकायाले मनोनयन दर्ता गराएका छन् ।

गुठीचौरमा नेकपा एमालेबाट अध्यक्षमा झुनमाया जैसी र उपाध्यक्षमा प्रेम बुढा,  नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा हरिबहादुर भण्डारी र उपाध्यक्षमा राजकन्या बुढाले मनोनयन दर्ता गराएका छन्। त्यसै गुठीचौरमै नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा दानबहादुर बुढा र उपाध्यक्षमा सुमन बुढा (बस्नेत), नेपाल मजदुर किसान पार्टीबाट अध्यक्षमा राजबहादुर अधिकारी र उपाध्यक्षमा धनकन्या उपाध्याय तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा जनक थकाली र उपाध्यक्षमा शान्ति कुमारी मल्ल ९भण्डारीले० मनोनयन दर्ता गराए। हिमा गाउँपालिका अध्यक्ष पदमा एमालेका जयबहादुर खत्री र उपाध्यक्षमा भागिरती शाही,  नेपाली कांग्रेसबाट अध्यक्षमा लक्ष्मण शाही र उपाध्यक्षमा सम्पूर्ण शाही तथा नेकपा ९एकीकृत समाजवादी०बाट अध्यक्षमा भैबहादुर रोकाया र उपाध्यक्षमा देवु शाहीले मनोनयन दर्ता गराए। त्यस्तै माओवादी केन्द्रबाट अम्मराज शाही र उपाध्यक्षमा कल्पना परियारको उम्मेदवारी परेको मुख्य निर्वाचन कार्यालय हिमाले जनाएको छ ।

सिञ्जा गाउँपालिकामा एमालेबाट अध्यक्षमा सुमन आचार्य र उपाध्यक्षमा कल्पना बुढा, माओवादी केन्द्रबाट अध्यक्षमा पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया तथा नेपाली कांग्रेसबाट अध्यक्षमा नन्दराम बुढा र उपाध्यक्षमा रजनकला शाही उम्मेदवार बनेका छन् । सिञ्जामा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा कमल खत्री र उपाध्यक्षमा हिमाली भण्डारी (नेपाल)तथा नेमकिपाबाट अध्यक्षमा कन्नी रावत र उपाध्यक्षमा रणबहादुर रोकायाले मनोनयन दर्ता गराएका छन्। कनकासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा ९एमाले०का मानबहादुर रोकाया र उपाध्यक्षमा देवीसीता बुढा , नेपाली कांग्रेसबाट अध्यक्षमा दमोदर आचार्य र उपाध्यक्षमा प्रेमकली बुढा, माओवादी केन्द्रबाट अध्यक्षमा धनबहादुर बुढा र उपाध्यक्षमा रीता खत्री तथा नेकपा एकीकृत समाजवादीबाट अध्यक्षमा रणबहादुर रोकाया र उपाध्यक्षमा धनरुपा बुढाले मनोनयन दर्ता गराए । त्यस्तै नेमकिपाका माधव काफ्लेले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुणस्तर परिक्षणको नाउँमा नेपाली चियाको निर्यात रोकिएकोप्रति आपत्ति

काठमाडौँ । एक सातादेखि गुणस्तर परिक्षणको नाउंमा निर्यातका लागि पठाइएका नेपाली चिया भारतको पश्चिम बंगालको पानीट्यांकीमा रोक लगाइएको घटनाप्रति नेपाल उद्...

बर्दिवास नगरपालिकाले ७३ हजारलाई हात्तिपाईले रोगको विरुद्ध औषधि खुवाउने

महोत्तरी । राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०८१ को पुर्वसन्ध्यामा महोत्तरीको बर्दिवासले आम औषधि सेवनको अभिमुखिकरण गराएको छ । नगर क्षेत्र...

नेपाल चेम्बरको २४ वटा समितिको नेतृत्व चयन

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका विषयगत समितिहरुको नेतृत्व चयन भएको छ । चेम्बर अन्तरर्गतका २४ वटा विभागको सभापति चयन भएको हो । विपद व्यवस्थापन पर...

जादाजादै कतारका राजाले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !

काठमाडौँ । कतारका अमिर तमिम विन हमाद अल थानीले नेपाल भ्रमण सकेर फर्किने क्रममा नेपाल र नेपाली जनतालाई आतिथ्यका लागि धन्यवाद दिएका छन् । अमिर थानीले...

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी । महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन् । गत चैत दोस्रो साताको वर्षाले वन डढेलो निभ्नुका साथै पातपतिङ्गर भिजेका कारण के...

कति उपलब्धिमुलक रह्यो कतारी राजाको नेपाल भ्रमण ?

काठमाडौँ । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेको छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा ...

अर्काे महिनामा ठूलो भ्रष्टाचारीलाई पक्रन्छु, सप्राइज कुरेर बस्नु होला- गृहमन्त्री लामिछाने

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफ्नो पार्टीले जनताका पक्षमा काम गरेकै कारण पुराना दलहरुले बदनाम गर...

त्रिविका कानूनी सल्लाहकार खनाललाई तत्काल कुनै कारबाही नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका प्रमुख कानूनी सल्लाहकार नारायण खनाललाई तत्कालका लागि कुनै कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जा...

सामान्य अंकले बढ्यो नेप्से, पोखरा फाइनान्सको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार नेप्से सामान्य अंकले बढेको छ । आज नेप्से ०.१५ अंकले बढेर १९६९.१७ विन्दुमा रोकिएको छ । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०।१७ प्रतिशतल...

आज रातिदेखि उपनिर्वाचनको मौन अवधि, के के गर्न पाइदैन ?

काठमाडौँ । बैशाख १५ गते शनिवार इलाम-२ र बझाङमा उपनिर्वाचनमा आज रातिदेखि मौन अवधि शुरु हुदै छ । आयोगले बुधबार राति १२ बजेदेखि मौन अवधि शुरु हुने हुनाले...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies