काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रेडक्रसको मर्म र मर्यादाविपरीत हुने गतिविधि नगर्न आह्वान गरेको छ । केन्द्रीय तदर्थ समितिको वैधानिकता सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका अवस्थामा अघिल्लो तदर्थ समितिलाई सोसाइटीले यस्तो आग्रह गरेको हो ।
सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकालद्वारा सोमबार जारि विज्ञप्तिमा भनिएको छ, “नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समितिको वैधानिकतासम्बन्धी मुद्दा सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा अघिल्लो तदर्थ समितिका अध्यक्ष डा नेत्रप्रसाद तिम्सिना र सदस्य बाबुराजा महर्जनलगायतका व्यक्तिले केन्द्रीय कार्यालयमा हथौँडालगायतका सामग्रीसहित अचानक प्रवेश गरी कार्यालयको दुईवटा ढोका तोडफोड गरेकामा यस संस्थाका देशभर छरिएर रहेका स्वयंसेवक तथा रेडक्रसकर्मी आश्चर्यचकित र चिन्तित भएका छौँ । रेडक्रसको मर्म र मर्यादाविपरीत हुने यस्ता खालका गतिविधि दुःखद् र अत्यन्त अशोभनीय छ ।”
यसअलावा डा तिम्सिनाको नेतृत्वले संस्थाको ‘लेटरहेड’ तथा छाप अनधिकृतरूपमा प्रयोग गर्दै सङ्कटासन्न समुदायप्रति लक्षित कार्यक्रममा सहयोग नगर्न विभिन्न निकायमा पत्राचार गर्ने, बैंक खाता सञ्चालनमा अवरोध गर्न पत्राचार गर्ने, नियमनकारी र संस्थाका अधिकारीलाई अमर्यादित तवरबाट आक्षेप लगाई विज्ञप्ति जारी गर्नेजस्ता कार्य गरी आम समुदाय र रेडक्रसकर्मीमाझ भ्रम सिर्जना गर्ने प्रयास भएकामा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “संस्थाको लेटरहेड र छापको दुरुपयोग र सामाजिक सञ्जालको अनुचित प्रयोग नगर्न नगराउन पटक–पटक जानकारी तथा अनुरोध गरिएकामा हालसम्म यस्ता अनुचित र अनधिकृत कार्य भइरहेको हुँदा त्यस्ता कार्य तत्काल बन्द गर्न पुनः आह्वान गर्दछौँ । अहिलेको अवस्थामा नियमित जिम्मेवारीका साथै संस्थाको प्रत्यायोजित अधिकार प्रयोग गरी कार्य गर्न नियमनकारी निकायबाट प्राप्त निर्देशनसमेतका आधारमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयबाट गर्नुपर्ने सेवा तथा अत्यावश्यक कार्य कार्यकारी निर्देशकको नेतृत्वमा सम्पादन भइरहेको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौँ ।”
कार्यकारी निर्देशकको अधिकार क्षेत्रको सीमा साँघुरो भएकाले संस्थाका गतिविधि तथा सेवाकार्य पूर्णरूपमा सञ्चालन गर्न अझै कठिनाइ भइरहेको व्यहोरा उल्लेख गर्दै विज्ञप्तिमा कोभिड प्रतिकार्य, मनसुनका कारण हुने विपद्को पूर्वतयारी तथा अन्य अत्यावश्यक मानवीय सेवाकार्य सु–सञ्चालन गर्न विद्यमान समस्याको चाँडै निकास निस्कने कुरामा आशावादी रहेको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “संस्थालाई जीवन्त राखिरहन सात प्रदेश समिति, ७७ जिल्ला शाखा, १५ सयभन्दा बढी उपशाखा र छ हजारको हाराहारीमा रहेका जुनियर तथा युवा रेडक्रस सर्कल र ती निकायमा आवद्ध ११ लाख सदस्य र एक लाखभन्दा बढी तालिमप्राप्त स्वयंसेवकले समुदायमा पु¥याइरहेको सेवा प्रशंसनीय छ । यस्तो कठिन अवस्थामा यस संस्थाको अस्तित्व जोगाउन र सेवाकार्य सञ्चालनमा राख्न सहयोग पु¥याउनुहुने सरकारी एवं गैरसरकारी संस्था, नागरिक समाजलगायत रेडक्रसको अन्तर्राष्ट्रिय समिति, अन्तराष्ट्रिय महासङ्घ र साझेदार राष्ट्रिय सोसाइटी समेतलाई धन्यवाद ज्ञापन गर्दछौँ । साथै मानवीय सेवालाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ । अत्यावश्यक मानवीय सेवालाई सुचारु राख्न सम्बद्ध सबै पक्षबाट निरन्तर सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: