Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

भरतपुर महानगर : प्रमुखमा ३० जनाको उम्मेदवारी, रेनुलाई बागीकै डर !

एमाले, राप्रपा र राप्रपा नेपालको साझा उम्मेदवार विजय सुवेदीको पनि दबाव उस्तै

खबरडबली संवाददाता

चितवन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको  उम्मेदवारी परेको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६  राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ ।

कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार प्रमुखमा नेकपा (एमाले)का विजय सुवेदी, नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी, विवेकशील साझा पार्टीबाट प्रवीण काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुलाल, नेपाल कम्युनिष्ट पार्टी ९माक्र्सवादी लेलिनवादी०बाट सूर्यप्रसाद रेग्मी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टीबाट सञ्जयकुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बाँस्तोला, सामाजिक एकता पार्टीबाट खेम प्रसाईँले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै स्वतन्त्रतर्फ जगन्नाथ पौडेल, रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल, रुद्रप्रसाद सापकोटा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, उद्धव अर्याल, कुलराज कँडेल, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी र दुर्गाप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै उपप्रमुखमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमाल गुरुङ, विवेकशील साझाबाट पुष्पा सापकोटा, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा,  नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मङ्गोल नेशनल अर्गनाइजेशनबाट सुष्मा तामाङ, राप्रपा नेपालबाट कल्पना थापा, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्री रहेका छन् । 

यस्तै स्वतन्त्रबाट उपप्रमुखमा रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडाल रहेका छन् ।

पाँच दलीय गठबन्धनबाट माओवादीको भागमा परेको भरतपुर महानगरमा कांग्रेसको  नेताहरुले बागी उम्मेदवारी दर्ता गराएका छन्। एमालेले राप्रपा र राप्रपा नेपालसँग चुनावी तालमेल गरेर बलियो उम्मेदवारी अघि सारेको बेलामा रेनुलाई बागी उम्मेदवारकै हातमा हार जित पुगेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजाका रोजाइको प्रकृति संरक्षण कोषमा प्रधानमन्त्री कार्कीको मनमौजी

काठमाडौं । तत्कालीन राजा वीरेन्द्रले विश्वमै प्राकृतिक र जैविक विविधता संरक्षणको सन्देश दिन स्थापना गरेको मानिने राष्ट्रिय प्रकृति संरक्षण कोष गणतन्त्...

चैत ५ गतेदेखि १९ सम्म कसरामा विक्रमबाबा पूजापाठ हुने

चितवन । हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको चितवनमा तयारी सुरुआत गरिएको छ । यस वर्ष चैत ५ गते देखि १९ गतेसम्म पूजा गर्ने तयारी गरिएको हो...

अमेरिकाले इरानको खार्ग टापुलाई किन निशाना बनायो ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शुक्रवार इरानको समुद्री तटबाट केही दूरीमा रहेको एउटा सानो टापुमा बमबारी गरिएको बताए। इरानको तेल निर्य...

सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास जोगाउन नसक्ने सैनिक अधिकारीमाथि पनि कारबाहीको सिफारिस

काठमाडौं । जेन–जी आन्दोलनमा सिंहदरबार, राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास बालुवाटार जोगाउन नसकेको भन्दै ती निकायको सुरक्षामा खटिएका सैनिक अधिकार...

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको समर्थन मूल्य तोक्न अध्ययन थालेको छ । विभागले किसानलाई उचित मूल्य सुनिश्...

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ...

आज कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका ...

मानवीय लापरवाहीबाट डढेलोको जोखिम उच्च

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्...

रास्वपाका नवनिर्वाचित सांसदको अभिमुखीकरण आजदेखि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आजदेखि अभिमुखीकरण सुरुआत गर्दैछ । दुईदिने सो अभिमु...

नवलपरासी पूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जापनिज इन्सेफ्लाइटिसको सङ्क्रमणदर बर्सेनि बढ्दै गएपछि ३५ वर्षमाथिका नागरिकलाई लक्ष्य गरी खोप अभियान सञ्चाल...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: