Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

बैतडीमा कतै गठबन्धन, कतै प्रतिस्प्रर्धा

खबरडबली संवाददाता

बैतडी । स्थानीय तहको निर्वाचनका लागि बैतडीमा आज विभिन्न दलहरूले मनोनयन दर्ता गराएका छन् । यहाँका प्रमुख राजनीतिक दलहरूले कतै गठबन्धन गरेर मनोनयन दर्ता गरेका छन् भने कतै मित्रवत प्रतिस्पर्धा गर्ने भन्दै मनोनयन गरेका छन् । नेकपा (एमाले) राप्रपासँग तालमेल गरेर चुनावी मैदानमा उत्रिएको छ ।

नेपाली कांग्रेसले जिल्लाका सबै १० वटै स्थानीय तहमा आफ्ना उम्मेदवारको उम्मेदवारी दर्ता गराएको छ । कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार जिल्लाको सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको प्रमुखमा गजेन्द्रसिंह रावल र उपप्रमुखमा कौशिला चन्दको उम्मेदवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन् । यो नगरपालिकामा गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवारले जित हासिल गरेका थिए । 

जिल्लाको पाटन नगरपालिकाको प्रमुखमा गौरीसिंह रावलको उम्मेदवारी दर्ता भएको छ । यो पालिकामा नेपपा (माओवादी केन्द्र)सँग चुनावी तालमेल गरेको कांग्रेसले उपप्रमुख माओवादीको भागमा पारेको छ । यस्तै मेलौली नगरपालिकाको प्रमुखमा प्रेमबहादुर चन्द र उपप्रमुखमा पार्वती विष्टको मनोनयन दर्ता भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिकाको प्रमुखमा दीपकबहादुर बम र उपप्रमुखमा मीना धानुकको उम्मेदवारी दर्ता भएको छ । 

यस्तै सुर्नया गाउँपालिकाको अध्यक्षमा गजेन्द्रबहादुर चन्द र उपाध्यक्षमा मञ्जु बोहराको उम्मेदवारी दर्ता भएको कार्यालय सचिव विष्टले बताए। जिल्लाको शिवनाथ गाउँपालिकामा कर्णसिंह साउँदको उम्मेदवारी दर्ता भएको छ । उपाध्यक्ष भने माओवादीको भागमा परेको छ । यसैगरी पञ्चेश्वरको गाउँपालिकाको अध्यक्षमा रमेशसिंह भण्डारीको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष नेकपा (एकीकृत समाजवादी)को भागमा परेको छ । 

यस्तै दोगडाकेदार गाउँपालिकाको अध्यक्षमा देवराज जोशीको मनोनयन दर्ता भएको छ भने उपाध्यक्ष माओवादीको भागमा परेको छ । यस्तै डिलाशैनी गाउँपालिकाको उपाध्यक्षमा भगीरथ बोहराको उम्मेदवारी दर्ता भएको छ भने अध्यक्ष माओवादीको भागमा परेको छ । जिल्लाको सिगास गाउँपालिकाको अध्यक्षमा हरिसिंह धामी र उपाध्यक्षमा सुमित्रा ऐरको उम्मेदवारी दर्ता भएको छ । यो पालिकामा धामीले गएको स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेका थिए । उपाध्यक्षमा पनि कांग्रेसले नै जितेको थियो । 

नेकपा (एमाले)ले पनि सबै पालिकामा उम्मेदवारी दर्ता गराएको जनाएको छ । उपसचिव लोकेन्द्र भण्डारीका अनुसार डिलाशैनी गाउँपालिकाको अध्यक्ष पदका लागि अक्कल राना र उपाध्यक्ष पदका लागि लीला जोशीको उम्मेदवारी दर्ता भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिकाको प्रमुखमा पुस्करराज जोशी (लख्खाभाइ) र उपप्रमुख सरस्वती नेपालीको उम्मेदवारी दर्ता भएको छ । जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले मनोनयन दर्ता गरेका हुन् । 

यस्तै जिल्लाको पाटन नगरपालिकाको प्रमुखमा नारायण भण्डारी र उपप्रमुखमा भट्टको उम्मेदवारी दर्ता भएको छ । मेलौली नगरपालिकाको प्रमुखमा जगदीश नायक र उपप्रमुखमा चन्द्रकला साउँदको उम्मेदवारी दर्ता भएको छ । यस्तै पुरचौँडी नगरपालिकाको प्रमुखमा कर्णबहादुर कुँवर र उपप्रमुखमा जानकी साउदले उम्मेदवारी दर्ता गराएका छन् । 

सिगास गाउँपालिकाको अध्यक्षमा जस्वीर बोहरा र उपाध्यक्षमा धाना धामीले उम्मेदवारी दर्ता गराएका छन् । शिवनाथ गाउपालिकाको अध्यक्षमा हजारी साउद र उपाध्यक्षमा शकुन्तला साउदले एमालेबाट उम्मेदवारी दर्ता गराएका हुन् । सुर्नया गाउँपालिकामा एमालेबाट अध्यक्ष पदका लागि अमरबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् । सुर्नयामा एमालेले राप्रपासँग तालमेल गरेको छ । उसलाई उपाध्यक्ष पद दिइएको छ । 

दोगडाकेदार गाउँपालिकाको अध्यक्ष पदमा चक्र कार्की र उपाध्यक्षमा पार्वती कार्कीले उम्मेदवारी दर्ता गराएका छन् । दुवैले गत चुनावमा पनि दोगडाकेदारबाट जितेका थिए । पञ्चेश्वर गाउँपालिकामा गोरखबहादुर चन्द र विना भट्टले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरूले पनि गएको स्थानीय तहको चुनावमा जित हासिल गरेका थिए ।

माओवादी केन्द्रले पनि जिल्लाको पुर्चौँडी र मेलौलीमा माओवादी एक्लै चुनावी मैदानमा उत्रेको छ । पुर्चौँडीको प्रमुखमा विक्रम कुँवर (प्रतीक) र उपप्रमुखमा नन्दा शाहको उम्मेदवारी दर्ता भएको छ । यस्तै मेलौलीको प्रमुखमा भीमबहादुर चन्द (भूकम्प) र उपप्रमुखमा मनिषा दयालको उम्मेदवारी दर्ता भएको छ । 

माओवादी केन्द्रका जिल्ला संयोजक शङ्कर भण्डारीका अनुसार जिल्लाको दशरथचन्द नगरपालिकामा एकीकृत समाजवादीसँग चुनावी तालमेल गरेको माओवादीले प्रमुखमा प्रेमसिंह थापाको मनोनयन दर्ता गराएको छ । यस्तै पाटनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले उपप्रमुखमा कमलसिंह बोहराको मनोनयन दर्ता गराएको छ । यस्तै शिवनाथको उपाध्यक्षमा नरेन्द्र साउँद, दोगडाकेदारको उपाध्यक्षमा नवराज भट्ट (कुसुम) र सुर्नयाको उपाध्यक्षमा दिलाराम भट्ट उम्मेदवारी दर्ता गराएको छ । 

यस्तै डिलाशैनीको अध्यक्षमा लोकेन्द्र राना (शीतल)को उम्मेदवारी दर्ता भएको छ । जिल्लाको सिगास गाउँपालिकाको अध्यक्ष राजेन्द्र साउँद र उपाध्यक्षमा लक्ष्मी चन्दको उम्मेदवारी दर्ता भएको छ । चन्द एमालेबाट असन्तुष्ट बनेर माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ओली र पोखरेललाई मतदान गर्न लाग्यो ४० मिनेट समय

काठमाडौं । नेकपा एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा आज बिहानदेखि मतदान सुरु भएको छ। अध्यक्षका उम्मेदवार केपी शर्म...

पृथ्वीचन्द्र जिल्ला अस्पतालमा अनियमितताको रहस्य बाहिरिँदै, अख्तियारले माग्यो विवरण

पश्चिम  नवलपरासी। पश्चिम नवलपरासीस्थित पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको करोडौँ रुपियाँको आर्थिक अनियमितता तथा भ्रष्टाचारका विषयमा अख्तियार दुरुपयोग ...

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending