बलेवा । मकै खेतमा रासायनिक मल ९डिएपी० हाल्ने बेला भएको छ । गोडमेल गर्ने बेलामा डिएपी मल हालिसक्नुपर्छ । तर बागलुङका किसानले डिएपी नपाएर भौंतारिनुपरेको छ । मलबिनै मकै खेती गरेका यहाँका किसान अहिले पनि उस्तै समस्यामा छन् ।
मकैको गोडमेल गर्ने बेलामा आवश्यक डिएपी मलको अभाव हुँदा यहाँका किसान मर्कामा परेका छन् । सिँचाइ सुविधा भएका बागलुङका फाँटमा मकैको गोडमेल गर्ने बेला भएको छ । किसानले डिएपी मल नपाएको गुनासो गर्न थालेका छन् ।
हिउँदे बालीमा रासायनिक मलको कम खोजी गर्ने यहाँका किसानले मकै र धानबालीका लागि भने मलको खोजी गर्ने गरेका छन् । पहिलो गोडमेलको समयमा मकैको बिरुवामा प्रयोग गर्दै आएको रासायनिक मल किसानले बजारमा नपाएका हुन् ।
“बजारमा पनि मल पाइएन, यता सहकारीहरूमा पनि मल छैन भन्छन्”, किसानहरु भन्छन्, “मल नपाउँदा मकै बाली बिग्रिन लागेको छ ।” खेतीपातीका बेला जहिले पनि मलको अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङका अनुसार भदौ महिना यता डिएपी मल डिपोमा आएको छैन । “हामीले मकै गोडमेल गर्ने बेला मल पाएनौँ, सधैँ ल्याउने सहकारीले यो पटक गाउँमा मल ल्याएको छैन”, जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान गणेश पौडेलले भने, “यो पटक मल नराखी गोडमेल गर्नुपर्ने भो, मकै पसाउँछ कि पसाउँदैन थाहा छैन ।”
कर्पोरेशनले कृषि विज्ञको सल्लाहका आधारमा सिङ्गल सुपर फसफेट मल भने वितरण गर्दै आएको छ । यो मलमा नेपाल सरकारको अनुदान छैन । “हामीले विकल्पका रुपमा सिङ्गल सुपर फसफेट किसानलाई उपलब्ध गराइरहेका छौँ, यो मल तीन वटा फ्लेबरमा हुन्छ, सबै फ्लेबरको अभाव छैन, तर डिएपी आउन अझै एक महिना लाग्ने सूचना पाएको छु”, डिपो कार्यालयका प्रमुख मनोज श्रेष्ठले भने, “युरिया मल भने बेलैमा मौज्दात राखेकाले अहिलेलाई अभाव छैन तर किसानले मागेको जति पाएका छैनन् ।”
वैकल्पिकरुपमा प्रयोगमा ल्याइएको सिङ्गल सुपर फसफेट डिएपीभन्दा सोही परिणामको उत्पादन लिनका लागि दोब्बर प्रयोग गर्नुपर्ने हुन्छ । “डिएपी एकमात्रा दिनुपर्ने ठाउँमा सिङ्गल सुपर फसफेट दुई मात्रा दिनुपर्ने हुन्छ”, कृषि ज्ञानकेन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले भने, “प्रतिकिलो मूल्यमा सिङ्गल सुपर फसफेट सस्तोमा पाइन्छ तर किसानको उत्पादन लागत बढ्ने हुन्छ ।”
डिएपीमा फस्फोरसको मात्रा ४६ प्रतिशत र सिङ्गल सुपर फसफेटमा फस्फोरसको मात्रा १६ प्रतिशत मात्रै हुने भएकाले फस्फोरसको मात्रा बराबर गर्न दोब्बर प्रयोग गर्नुपर्ने उनको भनाइ छ । “मकैमा त्यति धेरै रासायनिक मलको आवश्यकता पर्दैन, घरायसी मल प्रशस्त प्रयोग गर्दा पनि हुन्छ”, प्रमुख भट्टराईले भने, “प्रयोग गरिरहेको ठाउँमा प्रयोग नगर्दा एक पटकका लागि उत्पादनमा कमी आउने हुन्छ ।”
बागलुङका अधिकांश पालिकाले मकै पकेट कार्यक्रम सञ्चालन गरिरहेका छन् । उन्नत जातको मकै र मकैको बीउ उत्पादनको कार्यक्रमसमेत रहेको बागलुङमा रासायनिक मलको अभावले उत्पादनमा क्षति गर्ने कृषि प्राविधिक बताउँछन् ।
“मलकै अभाव कहिलेसम्म झेल्नुपर्ने हो ?” किसान गणेश पौडेलले भने, “आवश्यकताभन्दा न्यून कोटामा मल आउने भएकाले जहिले पनि हाहाकार हुने गरेको हो ।” आवश्यकताभन्दा रासायनिक मलको आपूर्ति अत्यन्त न्यून हुने गरेको कृषि ज्ञानकेन्द्र बागलुङले जनाएको छ । केन्द्रका प्रमुख भट्टराईले भने, “यो अभाव भइरहन्छ, रासायनिक मलको विकल्पमा प्राङ्गारिक मलमा केन्द्रित हुनुपर्छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: