भादगाउँ । भक्तपुरका राजनीतिक दलले स्थानीय निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउन निर्वाचन कार्यालय, प्रहरी प्रशासन र निर्वाचनमा खटिने कर्मचारीले पनि निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिएका छन् ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा मङ्गलबार सम्पन्न निर्वाचन आचारसंहिता कार्यान्वयन विषयको अन्तक्र्रिया कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले आचारसंहिताबारे आयोगले थप प्रष्ट पार्नुपर्नेमा समेत जोड दिएका छन् ।
छलफलमा कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव सुशील बस्नेतले कर्मचारीले विगतका निर्वाचनमा जस्तै आगामी निर्वाचनमा निष्पक्ष र तटस्थ भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै आफ्नो पार्टीले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाए ।
नेकपा (एमाले)का जिल्ला अध्यक्ष वचन देउजाले निर्वाचन ‘आचारसंहिता पालना गर्नका लागि निर्माण गरिएको हो’ भन्ने मनन् गरी सबै दलले यसलाई कार्यान्वयमा उतार्न सहयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि पाण्डव सुवालले आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरीमा तत्काल कारवाही गरीे सजाय दिनुपर्ने सुझाव दिए ।
नेकपा (माओवादी केन्द्र)का जिल्ला संयोजक सुनिल गोठे वासुले विगतमा दलितको सूचीमा सूचीकृत नभएका थरलाई समेत दलितको कोटामा उम्मेदवारी दिँदा पनि कारवाही नभएको गुनासो गर्दै आगामी निर्वाचनमा त्यस्ता गल्ती दोहो¥याउन नहुने सुझाव दिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि दलका प्रतिनिधि र उम्मेदवारसँग निर्वाचन आचारसंहिताबारे थप छलफल गर्ने जानकारी दिए । उनले निर्वाचनमा आयोगमा बसेर दल स्वयंले निर्वाचन आचारसंहिता निर्माण गरेको स्मरण गराउँदै यसको पालना गर्नु सबैको दायित्व भएको बताए ।
“निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित बनाउन दलकै मुख्य भूमिका हुन्छ”, उनले भने । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन स्वच्छ, धाँधलीरहित र शान्तिपूर्ण हुनेमा शङ्का नगर्न आग्रह गरे । उनले आचारसंहिता धेरै लामो छलफलपछि कार्यान्वयनमा आएको जनाउँदै यसमा भएका व्यवस्था सबैले पालना गर्नुपर्नेमा जोड दिए ।
यसैबीच भक्तपुरमा यही वैशाख ८ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने भएको छ । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि भक्तपुर–२ स्थित जनज्योति पुस्तकालयको पुरानो भवन दरबार स्क्वायरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ ।
यसैगरी मध्यपुरथिमि नगरपालिकाका लागि कृषि विकास बैंकको तालिम केन्द्र बोडे, सूर्यविनायक नगरपालिकाको लागि राष्ट्रिय प्राणी उद्यान सूर्यविनायक, चाँगुनारायण नगरपालिकाका लागि नेपाल विद्युत् प्राधिकरण केन्द्र खरिपाटीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी गरिएको प्रजिअ शर्माले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: