चितवन । भरतपुर महानगरका शहरी क्षेत्र उज्यालो हुन थालेका छन् । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको सहकार्यमा महानगरका बजारी क्षेत्रमा स्मार्ट सडक बत्ती जडान कार्य सुरु भएसँगै शहर उज्यालो हुन थालेको हो ।
भरतपुर महानगरपालिकाका प्रमुख सडकमा यही जेठ दोस्रो साताभित्र स्मार्ट सडक बत्ती जडान कार्य सम्पन्न हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजनाको भरतपुर बत्ती जडानको काम हेर्दै आएका शिशिर लम्सालले सडक बत्ती जडानको कामलाई तीव्र पारिएको बताए । भरतपुर महानगर र आयोजनाको सहकार्यमा सडक बत्ती जडानको काम सुरु गरिएको हो ।
अहिले सडक बत्तीका लागि खम्बा गाड्न फाउण्डेसन निर्माणको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । एक हजार १९० वटा फाउण्डेसन निर्माण गर्नुपर्नेमा हालसम्म अधिकांश निर्माणको काम सम्पन्न भएको र ५०० खम्बा गाढीसकेको उनको भनाइ छ ।
मङ्गलपुर बजार क्षेत्र र बाइपास रोड क्षेत्रमा काम बाँकी रहेको उनले बताए । बाटो र घरका कारण समस्या आएको भए पनि केही समयमा समस्या समाधान गरी निर्माण र जडानको काम सम्पन्न गरिने उनको भनाइ छ । उनले भने, “यी सबै काम सकेर बत्ती जडानको काम सक्दै गर्दा वैशाखको अन्तिम वा जेठको दोस्रो साता लाग्छ ।” यही वैशाख १ गते भरतपुर महानगरपालिकाको चौबिसकोठीमा स्मार्ट सडक बत्ती बालेर सुभारम्भ गरिएको छ ।
यस अभियानअन्तर्गत ७८ दशमलव १ किलोमिटर सडक क्षेत्रमा १ हजार ९३३ वटा बत्ती जडान गरिनेछ । राष्ट्रिय सडक बत्ती प्रवद्र्धन आयोजना र भरतपुर महानगरपालिकाको साझेदारीमा बत्ती जडान गरिएको हो । महानगर प्रमुख रेनु दाहालका अनुसार मूल्य अभिवृद्धि करसहित रु ११ करोड ४९ लाख ८९ हजार ३०० मा ठेक्का सम्झौता भएसँगै सेफ स्टिल÷सूर्योदय ऊर्जा÷टपशन जेभीले काम गरिरहेका छन् ।
उनले भनिन्, “सुरक्षा र सुन्दरताको हिसाबले भरतपुरलाई नेपालकै उत्कृष्ट शहर बनाउन उज्यालो शहर अभियान सहयोगी बन्नेछ ।” भरतपुरका मुख्य शहरी क्षेत्र जिल्ला प्रशासन चोक, हाकिमचोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, सहिदचोक, पुलचोक, पोखरा बसपार्क दियालो बङ्गला चोक र मालपोत चोकमा हाइमास्ट बत्ती जडान गरिँदैछ । बाँकी सडकलाई स्मार्ट बत्ती जडान गरेर झिलीमिली बनाइने योजना छ । लामो समयदेखिको गृहकार्य र पहल कदमीका कारण काम हुन सकेको नगर प्रमुख दाहालले बताइन् ।
महानगर उपप्रमुख पार्वती शाह ठकुरीले अन्य प्रमुख सडककोसमेत सर्भे गरेर प्राधिकरणमा पठाइएको जानकारी दिइन् । उनले भनिन्, “यसले शहर सुन्दरतासँगै अपराध नियन्त्रणमा सहयोग पुग्छ । यस अभियानअन्तर्गतको बत्ती जडान योजनामा महानगरपालिकाको १० प्रतिशत साझेदारी छ । उज्यालो कार्यक्रमसँगै रातका समयमा हुने सवारी दुर्घटना र आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्छ । ”
हाकिम चोक–गीतानगर–जगतपुर सडकखण्डको १८ दशमलव ४६ किलोमिटर सडकमा ४०१ सडक बत्ती जडान हुनेछन् । चौबिसकोठीदेखि मेघौलीसम्म २३ दशमलव ८ किलोमिटर सडकखण्डमा ५६९, मङ्गलपुरदेखि शुक्रनगरसम्मको २२ दशमलव १३ किलोमिटर सडक खण्डमा ६५२, पुल्चोकदेखि दियालो बङ्गलासम्मको २ दशमलव ४२ किलोमिटर सडक खण्डमा ५८ वटा सडकबत्ती जडान हुनेछ । दियालोबङ्गलादेखि जिल्ला प्रशासन कार्यलयसम्मको ७ दशमलव ८६ किलोमिटर सडकखण्डमा १६५, बसेनीबजारदेखि लामाटोलसम्मको २ दशमलव १७ किलोमिटर सडकखण्डमा ५० बत्ती र वीरेन्द्र क्याम्पस चोकदेखि विशालचोकसम्मको १ दशमलव २६ किलोमिटर सडकमा ३८ स्मार्ट सडक बत्ती जडान गरिनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: