Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

दिनेश कोइराला भन्छन् : भरतपुर महानगर माओवादीलाई दिन सकिँदैन

'कम्युनिष्ट शैलीमा भूमिगत निर्णय गरिएको भए निश्चित रुपमा उल्टिन्छ'

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले भरतपुर महानगरपालिकाको मेयर पद माओवादी केन्द्रलाई  दिन नसकिने बताएका छन्।

सत्ता गठबन्धनमा मेयर पद माओवादीलाई दिने बारे छलफल भइरहँदा भरतपुरमा कांग्रेसले माओवादी केन्द्रलाई सहयोग गर्न नसकिने जनाएको छ।

कांग्रेस केन्द्रीय सदस्य कोइरालाले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी तथा हालकी मेयर रेणु दाहाललाई नै कांग्रेसको समर्थन गराउन व्यापक प्रयास र षड्यन्त्र भइरहेको भन्दै पार्टीले त्यस्तो निर्णय नै गर्न नसक्ने र गर्न नहुने बताएका हुन्।

‘चितवनका जनताको चाहना नेपाली कांग्रेसले नै मेयर पदमा उम्मेदवारी दिनुपर्छ भन्ने हो। यो जनचाहनालाई ध्यानमा राखेर चितवनका सम्पूर्ण कांग्रेस जनले विचार व्यक्त गरिरहनुभएको छ,’ कोइरालाले विज्ञप्तिमार्फत भनेका छन्, ‘कांग्रेस भरतपुरका २९ वटै वडा, महानगर कार्यसमिति र चितवन जिल्ला कार्यसमितिले समेत चितवनमा मेयर कांग्रेसले पाउनुपर्ने निर्णय लिएका छन्। त्यसैले कांग्रेसले नै भरतपुरको मेयर पदमा उम्मेदवारी दिन्छ। कांग्रेस केन्द्रले पनि चितवनका समस्त कांग्रेस जन र आम जनताको विचार तथा भावना विपरित अन्य पार्टीलाई मेयरमा समर्थन गर्न सक्दैन।’

यस बिषयमा कोइरालाका तर्क

१. नेपाली कांग्रेस केन्द्रीय समितिले नै नेपाली कांग्रेस चितवनको विचार तथा भावनालाई समर्थन गरेर निर्णय नै गरिसकेको छ। केन्द्रीय समितिले स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेल गर्ने निर्णय गर्न सकिने भनेर निर्णय नै गरिसकेको छ।

२. स्थानीय अवस्था र आवश्यकता अनुसार नै नेपाली कांग्रेस चितवनका विभिन्न समितिहरुले भरतपुर महानगरमा नेपाली कांग्रेसले नै उम्मेदवारी दिने निर्णय गरिसकेको छ। स्थानीय आवश्यकता र अवस्था पहिचान गर्ने जिम्मेवारी स्थानीय कार्यकर्ता र समितिहरूको हो भन्ने बुझाइरहन पर्ला र ?

३. स्थानीय अवस्था र आवश्यकता अनुसार तालमेलको निर्णय गर्ने केन्द्रीय समितिको निर्णय अनुसार नै नेपाली कांग्रेस चितवनका समस्त कार्यकर्ताले नेपाली कांग्रेसले नै मेयरमा उम्मेदवारी दिने निर्णय गरेको हो।

४. चितवनका समितिहरु र कार्यकर्ताहरूले स्थानीय अवस्था र आवश्यकता पहिचान गरेर निर्णय गरिसकेको अवस्थामा नेपाली कांग्रेस केन्द्रले त्यसलाई काट्न मिल्दैन। काट्न हुँदैन। काट्न सक्दैन।

५. नेपाली कांग्रेस देशकै अगुवा पार्टी हो। यसको आन्तरिक लोकतन्त्र कम्युनिष्ट पार्टीहरुसँग तुलना हुन सक्दैन। स्थानीय अवस्था र आवश्यकता विपरित केन्द्रबाट निर्णय लाद्ने काम कम्युनिष्ट पार्टीहरूमा मात्र सम्भव छ। त्यस्तो अपराध कम्युनिष्टहरुले मात्र गर्छन्। कम्युनिष्टहरूलाई लोकतन्त्रको पाठ पढाउने नेपाली कांग्रेसले अलोकतान्त्रिक निर्णय गर्न सक्दैन।

६. कांग्रेस केन्द्रले रेणु दाहाललाई समर्थन गर्ने निर्णय गरिसकेको कतिपयले भनिरहेका छन्। अहिलेसम्म आधिकारिक निर्णय भएको जानकारी छैन। कम्युनिष्ट शैलीमा भूमिगत निर्णय गरिएको छ भने पनि त्यो निर्णय निश्चित रुपमा उल्टनेछ।

७. नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो र यसका गाउँ नगरका कार्यकर्ताहरु लोकतन्त्रका अगुवा हुन्। पार्टी केन्द्रले अरु कसैको बहकाउमा परेर, ब्ल्याकमेलिङकाे सिकार बनेर अन्यथा निर्णय गरेको अवस्थामा त्यस्तो निर्णय सच्याउन लगाउने क्षमता चितवन कांग्रेसका कार्यकर्ताहरूमा छ। चितवन कांग्रेसका कार्यकर्ताहरु नेपालकै नमूना कार्यकर्ता हुन् भन्ने प्रष्ट छ। चितवन कांग्रेसको साथमा जनता छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्ड सचिवालयको प्रष्टीकरण- रास्वपासँग चुनावी सहकार्यको प्रस्ताव गरिएको छैन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सचिवालयले चुनावी सहकार्यका विषयमा रास्वपासँग कुनै छलफल नभएको प्रष्टीकरण दिएको छ। प...

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौँ । चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गर्ने अन्तिम तयारी गरिएको छ। काठमाडौँ उपत्यकामा चन्द्रागिरि सम्भवतः पहिलो ‘बालश्र...

११ किलोको माला लगाएर ओलीलाई बधाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ११ किलो तौलको माला लगाएर बधाइ तथा शुभकामना व्यक्त गरिएको छ। काठमाडौं–संखुवासभा सम्पर्क मञ्चका ने...

रास्वपासँग ठोस सहमति नजुटेपछि ‘देश विकास पार्टी’ सक्रिय पार्ने बालेनको तयारी

कुपण्डोललाई भेटघाटको केन्द्र बनाएर यी दलका नेतासँग पनि गरे बेग्लाबेग्लै छलफल

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भि...

चुनावभन्दा संसद् पुनःस्थापनामा कांग्रेस-एमालेको कसरत

काठमाडौं । सरकारले तोकेको प्रतिनिधिसभा निर्वाचन आउन साढे दुई महिना मात्र बाँकी रहे पनि प्रमुख दुई दल कांग्रेस र एमालेले संसद् पुनःस्थापनालाई मुख्य प्र...

सरकारले किन सार्वजनिक गरेन मन्त्रीहरूको सम्पत्ति विवरण ?

काठमाडौं । अन्तरिम सरकार गठन भएको सय दिन नाघिसक्दासमेत सम्पत्ति विवरण सार्वजनिक भएको छैन । सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसकेको दाबी गरे पनि सरक...

त्रिविको ५१ औँ दीक्षान्त समारोह आज, ८९ हजार उत्तीर्ण विद्यार्थीमध्ये १६ हजार मात्रै दीक्षित हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ५१ औँ दीक्षान्त समारोह आज हुँदैछ।   विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रम...

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको ...

उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि समानुपातिक उम्मेदवार छनोट प्रक्रिया थप व्यवस्थित बनाउने निर्णय ग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending