Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

प्रचण्डको विश्लेषण : एमालेको गठबन्धन सामन्त, दलाल, राजतन्त्रवादी र परिवर्तनविरोधी

'जसको नीति उसैको नेतृत्व हुनुपर्छ, जनता सचेत छन्'

खबरडबली संवाददाता

देश अब निर्वाचन निर्वाचन प्रक्रियामा होमिइनै सकेको छ । पहिला स्थानिय तहको निर्वाचन वेशाख ३० गते तोकिएको छ र त्यो प्रक्रियामा सबै राजनीतिक दलहरु सक्रियतापुर्वक आ–आफ्नो स्थिति सुदृढ गर्नको लािग देशव्यापी अभियानमा लागिसकेका पनि छन् । 

तर बिचबिचमा विभिन्न व्यक्ति र समुहहरुले र आम जनताले पनि निर्वाचन के हुन्छ भनेर पनि विभिन्न आशंकाको रुपमा हेर्ने गरिएको छ । म चाहिं बडो पक्षसँग के भन्न चाहन्छु भने निर्वाचन सर्दैन । निर्वाचन बैसाख ३० गते नै हुन्छ । म गठबन्धनको बैठकबाट नै यहाँ उठेर आएको छु र गठबन्धन पुरै इमान्दारीताको साथ निर्वाचनको तयारीमा जुटिरहेको छ ।

त्यसकारण निर्वाचन कहिँकतै सर्ने सम्भावना वा गुन्जायस देखिएको छैन । तर नेपालमा र हामी नेपालीमा के बिडम्बना देखिन्छ भने निर्वाचन हुने दिन विहान पनि होइन निर्वाचन सर्छ रे नी भन्ने हल्ला र चर्चा हुने खालको बडो विचित्रको संस्कार देखिने गरेको छ । 

म पत्रकार मित्रहरुमार्फत आम नेपाली जनता र सबै राजनीतिक दललाई भन्न चाहन्छु निर्वाचन सर्दैन । कम्तिमा हामी गठबन्धन र सरकारको कुनै पनि निकाय निर्वाचन सार्ने कुनै मनसायमा छैन र गठबन्धन सम्पूर्ण रुपले निर्वाचनको तयारीमा लागेको छ । देश निर्वाचनमा होमिइसकेको छ र गठबन्धन पनि पुरै निर्वाचनमा इमान्दारीतासाथ लागेको छ ।

आज हामी देशका ६ वटा महानगर र उपमहानगरको विषयमा बेलुकासम्म गठबन्धनको मोडालिटि निश्कर्षमा पुर्याउँछौं । महानगरको विषयमा झण्डै झण्डै टुंगिने बेलामा म यहाँ आएको हो । 

हामीले गाउँपालिका र नगरपालिकासम्मको विषयमा अधिकार प्रत्यायोजन गरेर तल दिइसकेका छौं । त्यसैले निर्वाचन सर्दैन र सर्न दिइन्न । जति कुरा मिडियामा निर्वाचन सर्ने विषयमा आएका छन् ति सबै अनुमानकै भरमा आएका छन् त्यसमा कुनै सत्यता छैन ।

दुई तिन महिनाअगाडि संविधान र कानुनको बारेमा केही अन्तरविरोधको विषयमा छलफल अवश्यनै गरेका थियौं तर त्यसमा निर्वाचन आयोग र सबै राजनीतिक दलहरुको समझदारीले अब निर्वाचनमा जानु नै उपयुक्त हुन्छ भन्ने निश्कर्ष आएपछि हामी सबै निर्वाचनको तयारीमा गम्भीर ढंगले लागेका हौँ।

म सबै राजनीतिक दल र आम जतनामा अपील गर्न चाहन्छु की यो निर्वाचनलाई सफलतासाथ सम्पन्न गरौं र सक्रियतापुर्वक सहभागि बनौं । निर्वाचन सम्पन्न गर्न आ आफ्नो ठाउँबाट सहयोग र योगदान गरौं ।

तेश्रो कुरा तपाई हामी सबैलाई थाहा छ की एक वर्ष अगाडि नेपालको राजनीतिक दल र राजनीतिमा एउटा गम्भीर खालको पेचिलो अन्तरविरोध देखा पर्यो । एउटा संविधानलाई कुनै न कुनै तबरले घात गर्ने र परिवर्तनलाई उल्टयाउन खोज्ने, अराजकतावादी प्रवृत्ति देखा पर्यो, हामीले त्यसलाई प्रतिगमन पनि भन्यौं । त्यसको विरुद्ध संघर्ष गर्ने स्थिति बन्यो । 

संघर्षको क्रममा गठबन्धन तयार भयो । त्यही संघर्षको क्रममा सडक संघर्ष हुँदै गठबन्धन हुँदै, अदालत र राष्ट्रपति कार्यालयसम्म गैसकेपछि नयाँ सरकार बन्ने स्थिति पनि बन्यो । अझैपनि संघिय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिकता आदिलाई उल्ट्याउन चाहने प्रवृत्ति अहिले पनि देखा परेको छ । 

हिजोका सामन्त, दलाल, राजामहाराजा राजतन्त्रबादी, परिवर्तनविरोधीहरुसँग गठबन्धन गर्न खोज्ने, वाम लोकतान्त्रिक शक्ति भन्दा अतिवादीसँग नजिक हुन खोज्ने प्रवृत्ति एउटा छ भने अर्को अहिलेको परिवर्तन संघिय लोकतान्त्रिक गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्ने धर्म निरपेक्षता, समावेशी समानुपातिक सामाजिक मुल्य मान्यतासहितको लोकतन्त्रको पक्षधरहरुबीचको गठबन्धन । 

भिडियो:

तपाइँहरुले हेर्नुभयो भने कुन गठबन्धन परिवर्तनको पक्षधर हो र कुन प्रतिगामी परिवर्तनविरोधी गठबन्धन हो भन्ने प्रष्टै देखिन्छ ।

एक चोटि फेरी प्रतिगमविरोधी आन्दोलनको रुपमा आगामी निर्वाचनलाई हेरिनुपर्दछ भन्ने लाग्छ । हिजोको त्यो आन्दोलन जसमा जसमा करिब सबै पत्रकार, नागरिक समाज, सामाजिक अगुवाहरु, न्यायाधिस, पुर्व प्रधान न्यायाधिश, बुद्धिजीवी र समाजका आम समुदायहरुको एकताबद्ध आन्दोलन र शक्तिले प्रतिगमनलाई परास्त गरिएको थियो । 

अहिले पनि जो हिजो पटक पटक असंवैधानिक र निरंकुश तबरले संविधान मिच्ने प्रवृत्ति देखा परेको थियो जसका विरुद्ध नेपालका सबै जाति लिंग, वर्ग क्षेत्र र समुदायले निरन्तर खबरदारी र आन्दोलन गरेर त्यो हर्कतलाई परास्त गरिएको थियो अहिले पनि आगामी स्थानिय निर्वाचन, प्रादेशीक निर्वाचन र संसघय निर्वाचनमा त्यो प्रतिगमनकारी परिवर्तनविरोधी शक्ति र दललाई त्यसरी नै निर्वाचनको माध्यमबाट परास्त गर्नु जरुरी छ । 

र, परिवर्तनका पक्षधर, संविधानको पक्षधर जसले संविधानको मर्म र भावना अनुसार समाजवाद उन्मुख राज्य निर्माणको कुरा गरेको छ र तलैदेखि जनताका आधारभुत तहका समस्याहरु हल गर्न प्रतिबद्ध छ, त्यसलाई त्यसका उम्मेदवारलाई विजय गराउनु जरुरी छ ।

संघीय लोकतान्त्रिक गणतन्त्र वा संविधानसभबाट संविधान निर्माण गर्नु आफैंमा एउटा प्रगतिशील कदम भएतापनि जबसम्म नेपाली जनताको घर दैलोमा समृद्धिको उज्यालो छाउँदैन तबसम्म जनता सन्तुष्ट हुँदैन ।

त्यसकारण स्थानिय स्तरदेखि नै समाजवादका भ्रुणहरु रोप्ने नीजि, सहकारी र सार्वजनीक क्षेत्रको साझेदारीबाट समाजवादको भ्रुणहरु कसरी रोप्ने, उत्पादन वृद्धिलाई कसरी अगाडि बढाउने, शिक्षा स्वास्थ्य रोजगारीको विषयलाई कसरी सम्बोधन गर्ने, विज्ञान प्रविधिको विकास र प्रयोगबाट कसरी उत्पादन वृद्धि गर्ने, नेपालबाट हजारौंको संख्यामा होइन लाखौंको संख्यामा नेपालका युवाहरु विदेशीने जो स्थितिलाई रोकेर कसरी लाखौं युवालाई रोजगारी सिर्जना गर्ने, नेपालभित्रै उद्योग धन्दा र कल कारखाना खोलेर रोजगारीको सिर्जना गर्ने, देश भित्रै रहेका वेरोजगार युवालाई कसरी रोजगारी प्रदान गर्ने, आम नेपाली जनतालाई शिक्षा स्वास्थ्य रोजगारीको व्यवस्था गर्ने र त्यसको लािग राज्यको पहल र तबरबाट कसरी कानुनहरु निर्माण गरेर अगाडि बढ्ने भन्ने पनि आगामी निर्वाचनका प्रमुख एजेण्डा हुँदैछन् ।

यहाँहरु सबैलाई थाहा छ नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा मैले आजको विश्व परिस्थिति, आजको विज्ञान प्रविधिको विकासको स्थिति, नेपालको समाजवादको बाटो कस्तो हुन्छ भन्ने क्रममा सापेक्षताको सिद्धान्त, क्वान्टमको सिद्धान्त, आइन्सटाइनको सिद्धान्त, ग्लोवलाईजेशन र डिजिटलाइजेशनको विकास सम्म आउँदा मानिस मानिसको सम्वन्धमा, देश देशको सम्वन्धमा र आम जनताको जीवनमा स्तो प्रभाव परेको छ भन्दै स्थानिय तहदेखि नै स्थानिय जनताको जीवनस्तर वृद्धि गर्ने र स्थानिय साधन श्रोत र विशेष गरेर प्राकृतिक श्रोत साधनको रक्षा र प्रयोग कसरी गर्ने विज्ञान प्रविधिको प्रयोग गरेर उत्पादन वृद्धि गर्ने र स्थानिय तहको विकास गर्ने भन्ने विषयमा दस्तावेज प्रस्तुत गरेर सर्वसम्मतिले पारित पनि गरिसकेको छ । जुन कुरा आगामी निर्वाचनमा पनि जनतालाई स्पष्ट रुपमा बुझाउनुपर्नेछ ।

यो परिवर्तन सजिलै आएको होइन, दशकौंको नेपाली जनताको शसस्त्र र शान्तिपूर्ण संघर्ष र पछिल्लो पटक दश बर्षे जनयुद्ध र जनअन्दोलनको बलमा यो परिवर्तन आएको हो । हजारौं जनताका कुशल छोराछोरीको वलिदान र वेपत्ता त्याग सौर्य आदिको बलमा यो आएको हो । 

तर लडाई लड्ने एकातिर र परिवर्तनविरोधीको हातमा सत्ता वा डाडु पन्यु पर्ने जस्तो भएको छ जसले गर्दा परिवर्तनका एजेण्डाहरु कता कता छायाँमा परेजस्तो देखिन पुगेको छ । परिवर्तनका विरोधीहरुको हातमा सत्ता जाँदा वा नेतृत्व जाँदा के हुँदोरहेछ भन्ने त देखिइसकेको छ अव त्यसो हुन नदिनको लागि हामीले भनेका छौं जसको नीति उसैको नेतृत्व । त्यो ऐतिहासिक विरासतबाट आएको परिवर्तनलाई संस्थागत गर्न तपाईहरुले पनि सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा र विश्वास गर्न चाहन्छु । 

(बैशाख ५ को पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा व्यक्त विचार)

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending