Khabar Dabali २७ चैत्र २०८२ शुक्रबार | 10th April, 2026 Fri

अपाङ्गता भएका व्यक्ति भन्छन् : मतदानस्थलसम्म जाने व्यवस्था गरियोस्

खबरडबली संवाददाता

रुपन्देही । अपाङ्गता भएकै कारण लुम्बिनीकी सुनिता यादव यसअघि भएका निर्वाचनमा मतदान गर्नबाट बञ्चित भए। लुम्बिनी सांस्कृतिक नगरपालिका–१० लक्ष्मीपुरकी यादवको खुट्टाले काम नगर्ने भएका कारण वैशाखीको सहारामा मतदानस्थलमा पुग्न सकस थियो । 

मतदानस्थलसम्म आवात जावतका लागि सवारी साधनको व्यवस्थासमेत नभएपछि उनी निर्वाचनमा सहभागी हुन पाएनन् । “मेरो हिँडन सक्ने अवस्था थिएन त्यसैले भोट हाल्न पाइनँ, अहिले पनि भोट हाल्ने ठाउँसम्म पुग्न सक्दिनँ तर आउनेजाने साधनको व्यवस्था भए अबको चुनावमा भोट हाल्ने रहर छ ।” उनले सुनाए। 

लुम्बिनी–३ पडेरियाकी पुष्पा विश्वकर्मा पनि अपाङ्गता भएकै कारण मतदानको अधिकारबाट बञ्चित हुँदै आएका छन्। पूर्ण अपाङ्गता भएका कारण विस्तारामै भएकाले निर्वाचनमा भोट हाल्न जान नपाएको उनको दुःखेसो छ । “चुनाव आयो भन्छन्, म त भोट हाल्न जान सक्दिनँ, अरुले लैजाँदैनन्”, उनले भने। 

लुम्बिनी–१० का नेत्रबहादुर चुँदालीलाई यसपटकको चुनावमा पनि भोट हाल्न पाइँदैन भन्ने छ । गत निर्वाचनमा मताधिकार प्रयोग गर्न नपाएका चुँदाली कसैले जाने–आउने व्यवस्था गरे भोट दिन इच्छुक रहेको बताए । “मतदाता नामावलीमा नाम छ तर दुवै खुट्टा राम्रोसँग नचल्ने भएकाले भोट हाल्न जानसक्ने अवस्था छैन”, उनले भने। 

वडा नं १० कै सुराती धोबी, बबिता थारू, मार्कान्डे थारू र फूलमाया थापा पनि अपाङ्गता भएकै कारण मतदानस्थलसम्म पुग्न नसक्दा मताधिकारबाट बञ्चित हुँदै आएका छन्। मतदाता नामावलीमा नाम भएर पनि यसपटकको चुनावमा समेत भोट हाल्न नपाउने हो कि भन्ने चिन्ता उनीहरूलाई छ ।

अपाङ्गता भएकै कारण निर्वाचनमा सहभागी हुन नसकेका अपाङ्गता भएकाहरू धेरै छन् । मतदान दिएकाले पनि निकै कष्ट खेपेर मतदानस्थल पुग्नुपरेको अनुभव उनीहरूसँग छ । त्यसो त अझै पनि अधिकांश अपाङ्गता भएकाहरूको मतदाता नामावली नै नभएको राष्ट्रिय अपाङ्ग महासङ्घको भनाइ छ ।

आसन्न स्थानीय तहको निर्र्वाचनलाई लिएर राजनीतिक दल र कार्यकर्ता निकै उत्साहित छन् यो बेला । तर सजिलै मतदान गर्ने अवस्था नहुँदा अपाङ्गता भएका व्यक्तिहरू भने निराश छन् । “न त हाम्रा उम्मेदवार छन् न हामीलाई भोट हाल्ने ठाउँसम्म लैजाने ल्याउने व्यवस्था छ”, अपाङ्गता भएकी फूलमाया थापा पीडा पोख्छन्। 

आफूहरूलाई सरकार र राजनीतिक दलहरुले प्राथमिकतामा नराखेको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो छ । “अपाङ्गता भएकाहरूलाई मान्छे नगन्ने परिपाटी अहिले पनि छ, त्यसै यो क्षेत्रलाई सरकार र राजनीतिक दलले प्राथमिकतामा राखेका छैनन”, बौद्धिक अपाङ्गताका अभिभावक लोकनाथ भुसाल भने, “तर हामीले अपाङ्गतामैत्री मतदानस्थल र संरचना निर्माणका लागि निरन्तर दबाब दिइरहेका छौँ ।”

निर्वाचनस्थलसमेत अपाङ्गतामैत्री नहुँदा अपाङ्गता भएकालाई भोट हाल्न निकै सकस हुन्छ । “राजनीतिक दलले अरु मतदाता ओसारपसार गर्छन् तर अपाङ्गता भएकालाई बोक्न गाह्रो मान्छन् आखिर भोट त सपाङ्गले दिए पनि अपाङ्गता भएकाले दिए पनि एउटै हो नि”, लुम्बिनीकी सामाजिक अगुवा मञ्जु ढकालले भने । 

यसअघि भएका सङ्घीय, प्रदेश र स्थानीय तहका निर्वाचनमा लुम्बिनी क्षेत्रका अधिकांश मतदाताले भोट हाल्न नपाएको उनको भनाइ छ ।

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ को दफा ११ ले अपाङ्गता भएका व्यक्तिलाई निर्वाचनमा उम्मेदवार बन्ने र कसैको सहायता लिएर वा नलिइकनै स्वतन्त्रतापूर्वक भयरहित वातावरणमा मत खसाल्ने र राजनीतिक अधिकार उपभोग गर्न पाउने कुरा सुनिश्चित गरेको छ । हरेक व्यक्तिलाई सिधै वा स्वतन्त्र किसिमले छानिएका जनप्रतिनिधिका रूपमा आफ्नो देशको सरकारमा सहभागी हुने अधिकार भएको बताउँछन् अधिवक्ता इन्दिरा आचार्य ।

राजनीतिक तथा सार्वजनिक जीवनमा अपाङ्गता भएका व्यक्तिको सहभागिता, समावेशिता र प्रतिनिधित्व समावेशी, स्वस्थ्य र सुदृढ लोकतन्त्रका आधारभूत पक्ष हुन् । नेपाल अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी राष्ट्रसङ्घीय महासन्धि (सिआरपीडी)को पक्षराष्ट्र हो ।

यस सन्धिले अपाङ्गता भएका व्यक्तिले अरूसरह समानरूपमा राजनीतिक अधिकार उपभोग गर्न पाउने व्यवस्था राज्य पक्षले प्रत्याभूत गर्ने भनेको छ । यसमा निर्वाचन तथा मतदान प्रक्रिया एवं निर्वाचन सामग्री अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त र उपयुक्त बनाउने, निर्वाचनका लागि उपयुक्त वातावरण बनाउने, सबै नागरिकले स्वतन्त्र किसिमले मताधिकार उपभोग गर्न पाउने सुनिश्चित गर्नेजस्ता कुरा पर्छन् ।

कानुनले यस्ता अधिकार प्रत्याभूत गरेका भए पनि अपाङ्गता भएका व्यक्तिले निर्वाचन प्रक्रियामा सहभागी हुने क्रममा धेरैखाले व्यवधान र भेदभावको सामना गर्नु परिरहेको अधिवक्ता आचार्यको भनाइ छ । 

मतदान केन्द्रभित्र वा मतदान केन्द्रतिर जाने सिँढी, साना खुड्किला वा अग्लो सतह भएको ठाउँमा जान ह्वीलचियर प्रयोगकर्ताका लागि ¥याम्प आवश्यक हुन्छ, जुन आधारभूत संरचना हो तर यसतर्फ ध्यान नदिँदा मतदानस्थलसम्म पुग्न कठिनाइ हुने गरेको सैनामैना–१ निवासी ह्वीलचियर प्रयोगकर्ता मैया लम्साल गुनासो गरे। 

अपाङ्गताका क्षेत्रमा कार्यरत अधिकारकर्मीहरूका अनुसार पार्किङ क्षेत्रबाट मतदान केन्द्रको प्रवेशद्वार पुग्ने पहुँचयुक्त बाटो, स्पर्श प्रणालीको मतपत्र र ब्रेल मतपत्र वा त्यससम्बन्धी निर्देशिका उपलब्ध गराएर, श्रव्य वा ठूला अक्षरमा निर्देशिका तयार पारेर, पर्याप्त प्रकाश, अक्षर ठूलो देखाउने म्याग्निफाइङ ग्लास आदिको चाँजोपाँजो मिलाएर दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिको मतदानमा पहुँच बढाउन सकिन्छ ।

मतदानकार्य धेरै जनसङ्ख्यालाई पायक पर्ने स्कुलजस्ता सार्वजनिक भवनमा सञ्चालन गर्नुपर्छ । आवश्यक भए यस्ता भवनमा ¥याम्प निर्माण गर्नेबारे अतिरिक्त निर्देशिका पनि जारी गर्नुपर्छ । साथै निर्वाचनसम्बन्धी नियमावलीमा पहुँचसम्बन्धी मापदण्डमा आधारित भएर निर्वाचन केन्द्र स्थापना गर्नुपर्ने प्रावधान राख्नुपर्छ ।

व्यवधानरहित पर्याप्त फराकिलो प्रवेशद्वार तथा बाहिर निस्कने बाटो, पहुँचयुक्त बस्ने व्यवस्था, पर्याप्त उज्यालो, पहुँचयुक्त शौचालय र सरसफाइसँग सम्बन्धित सेवा, ह्वीलचियर प्रयोगकर्ताका लागि मतदान केन्द्रभित्र हिँडडुल गर्नका लागि पर्याप्त ठाउँ तथा मतदान केन्द्र नजिकै ह्वीलचियर पार्किङ गर्ने ठाउँको व्यवस्था गर्नुपर्छ भन्नुहन्छ, राष्ट्रिय अपाङ्ग महासङ्घका प्रदेश सदस्य सावित्रा घिमिरे ।

सम्बन्धित कानुनी दस्तावेजले निर्वाचनसम्बन्धी सामग्री तयार गर्दा पालना गर्नुपर्ने पहुँचसम्बन्धी मापदण्डबारे विवरण दिनुपर्छ । पहुँचयुक्त मतपत्र (बे्रल मतपत्र वा स्पर्श प्रणालीमा आधारित गाइड वा पर्याप्त ठूला आकारका चुनाव चिह्न), मतसङ्केत गर्न राखिएको टेबलको पहुँचयुक्त उचाइ र मतपेटिका, बे्रलमा रहेका चिह्न तथा मतदानसम्बन्धी निर्देशिका, श्रव्य निर्देशिका, ठूला अक्षरबारे विवरण दिनुपर्छ । यीबाहेक मतदान केन्द्रमा साङ्केतिक भाषाका दोभासेको पनि व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

मतदान  केन्द्र र मतदानस्थल अपाङ्गतामैत्री बनाउनेतर्फ निर्वाचन कार्यालयको समेत ध्यान पुगेको छैन । “यसअघि नै तोकिएका स्थल हुन् । अहिले थप अपाङ्गतामैत्री भनेर बनाउन सकिएको छैन”, निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्याप्रसाद भण्डारी भने। 

उनका अनुसार यही वैशाख ३० गते हुन लागेको निर्वाचनमा रुपन्देहीमा ७०० मतदान केन्द्र र २०८ मतदानस्थल तोकिएका छन् । रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending