Khabar Dabali २८ श्रावण २०८३ बिहीबार | 13th August, 2026 Thu
Investment bank

ओली विक्षिप्त भएर इतिहासमै मिल्नै नहुनेसँग गठबन्धन गर्दै हिँडेका छन्: प्रचण्ड

महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी गठबन्धनको निर्णय आउँछ

खबरडबली संवाददाता

पूर्वी नवलपरासी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली इतिहासमै मिल्नै नहुनेसँग गठबन्धन गर्दै हिँडेको बताएका छन् । माओवादी केन्द्र पूर्वी नवलपरासीद्वारा दल्दलेमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । 

'एमाले अध्यक्ष केपी ओलीको असली रुप देखिहाल्नु भयो राजावादीसँग मिलिसके । ओली विक्षिप्त झैं भएका छन् र इतिहासमै मिल्नै नहुने शक्तिसँग गठबन्धन गर्दै हिँडेका छन् । ओलीको हालत खराब हुनेवाला छ,' दाहालले भने । यस्तै ओली इतिहासकै तानासाह र कम्युनिस्ट विरोधी भएको पनि उनको आरोप थियो ।

महानगर र उपमहानगरपालिकामा माओवादीलाई धेरै फाइदा हुने गरी आइतबार गठबन्धनले निर्णय गर्ने उनले सुनाए । 'हामीले निर्णय गर्छौं ढुक्क हुनुस् हामीलाई फाइदा हुने गरी भोलि नै केन्द्रमा गठबन्धनको निर्णय आउँछ,' दाहालले भने 'अरु तल तलका पालिकामा सबैलाई फाइदा हुन्छ । त्यसमा तपाइँहरु ढुक हुनुहोस् । गठबन्धन राष्ट्रिय आवश्यकता हो । महानगर र उपमहानगरमा हामीले धेरै लिने गरी गठबन्धनको निर्णय आउँछ,' उनले भनेका छन् ।

यस क्रममा दाहालले आगामी तीन वटै निर्वाचनमा सरकारमा रहेका गठबन्धन दलहरुबीच चुनाबको तालमेल हुने पनि दाबी गरेका थिए ।

अर्को एक प्रसंगमा दाहालले नेपाली कांग्रेस र एमाले मिलेर एमसीसी पास गर्न सभामुख फाल्ने, ७ वटै प्रदेशमा माओवादीको सरकार ढाल्ने सहमति भएको थाहा पाउना साथ रातारात आफूले कांग्रेससँग मिलेर एमसीसी पास गरेर चलाखीपूर्ण काम गरेको बताएका थिए 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देउवालाई स्वागत गर्दै कांग्रेस बैठक सुरु, गगनले दिए स्वास्थ्यलाभको शुभकामना

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। लामो समय उपचारका लागि विद...

पत्रकार किशोर श्रेष्ठलाई आज अदालत लगिँदै

काठमाडौं । प्रहरी हिरासतमा रहेका पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि म्याद थप गर्न बिहीबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ। जिल्ला प्र...

कांग्रेस नीति प्रतिष्ठानको सातौँ बैठक: उद्यमशीलता प्रवर्धन र समुदाय पहुँच उपसमिति गठन

काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते पार्टी केन्द्रीय कार्यालय परिसरमा महिला उद्यमशीलता सम्...

नेपाल फकिएलगतै देउवाको आह्वान : प्रतिशोध होइन, मेलमिलाप र राष्ट्रिय एकताको बाटो रोजौं

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा बढ्दै गएको विभाजन, असहमति र विद्वेष अन्त्य गर्दै राष्ट्रिय ए...

'गौंथली’ बन्यो दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं । नेपाली फिल्म ‘गौंथली’ प्रदर्शनको चौथो सातामै इतिहासकै दोस्रो सर्वाधिक कमाइ गर्ने नेपाली फिल्म बनेको छ। प्रदर्शनको २८औँ दिन बिहीबार दिउँसो १...

स्वदेश फर्किए देउवा, विमानस्थलमा नेताहरूको जमघट

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारपछि स्वदेश फर्किएका छन्। उनी बिहीबार दिउँसो करिब साढे १२ बजे...

सिंहदरबारमा खाद्य व्यवस्था कम्पनीको नयाँ बिक्री कक्ष सञ्चालनमा

काठमाडौं । सिंहदरबार परिसरमा सरकारी कर्मचारी तथा सर्वसाधारणलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सञ्चालनमा ल्य...

देउवा स्वदेश फर्किँदै, विमानस्थलमा सुरक्षा कडाइ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा ...

विश्वासको मत जुटेन, सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा दिदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विश्वासको मत जुटाउन नसक्ने भएपछि पदबाट राजीनामा दिने तयारीमा छन्। प्रदेशसभामा सम्बोधन गरेपछि ब...

अपडेट: प्युठानको खोला किनारमा पाँच शव फेला

बुटवल । रोल्पाको थबाङमा पहिरोमा परेर बेपत्ता भएकाहरूको हुन सक्ने आशंका गरिएका पाँच जनाको शव प्यूठानमा फेला परेको छ। स्वर्गद्वारी नगरपालिका–९, जुडापाटा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending