काठमाडौँ । युवाको सार्थक र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गरेमात्र समाजले समृद्धिको मार्ग पहिल्याउन सकिने आवश्यकता औँल्याइएको छ ।
नयाँवर्ष २०७९ को उपलक्ष्यमा सुडी समाज काठमाडौँ, युवा उपसमितिद्वारा आज यहाँ आयोजित ‘शुभकामना आदानप्रदान तथा स्मारिका विमोचन’ कार्यक्रमका वक्ताले सुडी समुदायका युवालाई स्वरोजगार, उद्यमशीलता, नवप्रवर्तन र सीप विकासका माध्यमबाट समाज निर्माणको मूल प्रवाहमा समाहित गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । उनलीहरुले भने, “समाजको अग्रगामी रुपान्तरणका लागि युवामैत्री नीति अवलम्बन गर्नुपर्ने र उनीहरुको सहभागिता, परिचालन र नेतृत्व विकास गर्नुपर्ने आजको आवश्यकता हो ।”
सो अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सामाजिक सङ्घसंस्थाले समाजको रुपान्तरणका लागि कार्य गर्नुपर्ने बताउँदै समाजमा देखिएको विकृति विसङ्गतिको न्यूनीकरण गरी सबल, सक्षम र सुदृढ समाज निर्माणका लागि अग्रसर हुन युवालाई आग्रह गरे ।
सकारात्मक सोचका साथ गर्ने असल कामबाट सफलता प्राप्त हुने उल्लेख गर्दै उनले मानवीय र सामाजिक सेवाबाट मात्र आत्मसन्तुष्टि हुने बताए ।
सुडी समाज महासङ्घ नेपालका अध्यक्ष परमेश्वर महासेठले सुडी समुदायको सशक्तीकरण, हकअधिकार संरक्षण र मौलिक संस्कृतिको प्रवद्र्धनका लागि सशक्त समाज निर्माण गर्नुपर्ने बताउँदै समाजका सबै सदस्यबीच आपसी एकता, मित्रता, सहयोग र सद्भाव अभिवृद्धि गरी समृद्ध समाज निर्माण गर्न मद्दत पुगोस् भन्ने कामना गरे ।
सुडी समाज महासङ्घ नेपालको सल्लाहकारद्वय वरिष्ठ अधिवक्ता रामकृष्ण निराला र इञ्जिनीयर ओमप्रकाश महतो, सुडी समाज काठमाडौँको सल्लाहकारद्वय विश्वनाथ साह र जयशङ्कर महतो, अध्यक्ष डा अशोक महासेठ र महासचिव शीतलप्रसाद महतोले समाजको संस्थागत विकास र उन्नयनका लागि यस समुदायका सबैपक्ष सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै समाजभित्रको यथार्थलाई आत्मसात् गरेर यसको विकास र विस्तारमा युवाले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सो अवसरमा नेपाल मेडिकल काउन्सिलको कार्यकारी सदस्यमा निर्वाचित भएकोा मिर्चैया–६ सिरहाका डा गुरुशरण साह र अमेरिकाको कोलगेट विश्वविद्यालयमा इञ्जिनीयरिङ विषयमा पूर्ण छात्रवृत्ति पाउने जनकपुरधाम–१५ धनुषाका राघवराज साहलाई प्रशंसापत्रद्वारा सम्मान गरियो ।
त्यस्तै ‘सुडी समुदाय काठमाडौँको दुई दशक: स्मारिक–२०७९’ को पनि विमोचन गरियो ।
युवा उपसमितिका संयोजक इञ्जिनीयर रामस्वरुप महासेठको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा सुडी समाज काठमाडौँका उपाध्यक्ष डा रामनन्दनप्रसाद चौधरीले समाजको संस्थागत विकासका लागि सम्बन्धित सबै पक्षको सक्रिय सहभागिता, समन्वय र सहयोग अपरिहार्य भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: