Khabar Dabali २६ बैशाख २०८३ शनिबार | 9th May, 2026 Sat

कर्णालीमा चुनावमा भाग लिने दलको संख्या कम

खबरडबली संवाददाता

जाजरकोट । विकास निर्माणमा पछाडि परेको भनिएको कर्णाली प्रदेशमा आसन्न स्थानीय तहको चुनावमा भाग लिने दलको सङ्ख्यासमेत कम देखिएको छ । 

अन्य प्रदेशको तुलनामा चुनावमा भाग लिने दलको सङ्ख्या कर्णालीमा कम देखिएको हो । कर्णालीकै हिमाली जिल्ला डोल्पामा ११ र प्रदेश राजधानी रहेको सुर्खेतमा सुर्खेतमा २५ राजनीतिक दलले स्थानीय तहको चुनावमा भाग लिन लागेका छन् ।

रुकुमपश्चिममा १२, सल्यानमा १२, मुगुमा १५, जुम्लामा १४, हुम्लामा १५, कालिकोटमा २०, जाजरकोटमा १२ र दैलेखमा १४ दलले निर्वाचनमा भाग लिने प्रदेश निर्वाचन कार्यालय सुर्खेतका प्रमुख दुर्गा चालिसेले जानकारी दिए । 

उल्लेखित दलहरूले मात्रै निर्वाचनमा चुनाव चिह्न पाउनेछन् भने बाँकीले अन्य दलको चुनाव चिह्नमा निर्वाचन लड्नुपर्ने छ । डोल्पामा महिला मतदाता सङ्ख्या ११ हजार ३७९ र पुरुष ११ हजार ६१ रहेको छ । 

त्यस्तै सुर्खेतमा महिला मतदाता संख्या एक लाख ११ हजार ७१८ र पुरुष एक लाख ६३ हजार २५ रहेको छ । रुकुमपश्चिममा महिला ४५ हजार ७९९ र पुरुषको सङ्ख्या ४६ हजार ५४७ रहेको छ ।

सल्यानमा महिला मतदाता सङ्ख्या ७७ हजार ८११ र पुरुषको सङ्ख्या ७९ हजार ९०४ रहेको छ । मुगुमा महिला १६ हजार ७९५ र पुरुषको सङ्ख्या १८ हजार १६७ रहेको छ । 

जाजरकोटमा महिलाको सङ्ख्या ४९ हजार नौ, पुरुषको सङ्ख्या ५४ हजार ८५८ रहेको छ । त्यस्तै दैलेखमा महिला मतदाता सङ्ख्याको सङ्ख्या ७४ हजार ६८९ रहेको छ भने पुरुषको सङ्ख्या ७४ हजार ३८ रहेको छ ।

कर्णाली प्रदेशभरिको महिला मतदाता सङ्ख्या चार लाख ४९ हजार ३० रहेको छ भने पुरुषको सङ्ख्या चार लाख ५९ हजार ४०१ रहेको छ । 

नौ लाख आठ हजार ४३३ जनाले आसन्न चुनावमा मतदान गर्न पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ । जुम्ला, हुम्ला र कालिकोटको मतदाता सङ्ख्या प्रदेश निर्वाचन कार्यालयको वेबसाइटमा राखिएको छैन ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending