Khabar Dabali २८ जेष्ठ २०८३ बिहीबार | 11th June, 2026 Thu
Investment bank

मिथिलामा ‘जुडशीतल’ मनाइँदै

खबरडबली संवाददाता

महोत्तरी । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज  ‘जुडशीतल’ पर्व मनाइँदै छ। प्राचीन मिथिलामा मनाइने यो पर्व मधेसका जिल्लाका अतिरिक्त मित्रराष्ट्र भारतका मधुवनी, झञ्झारपुर, सीतामढी र शिवहरसहितका जिल्लामा पनि प्रचलनमा छ। 

विक्रम संवत् परम्पराको प्रत्येक नयाँ वर्ष (वैशाख सङ्क्रान्ति)मा ‘जुडशीतल’ पर्व मनाइन्छ।  दुई दिन मनाइने पर्व पहिलो दिन (सङ्क्रान्तिका दिन) ‘सतुवाइन’ र भोलिपल्टलाई ‘जुडशीतल’ भनिन्छ। उल्लास र सहकालको प्रतीक मानिने यो पर्वले महोत्तरीसहितका मधेस प्रदेशका प्राचीन मिथिला क्षेत्र उल्लासमय बनेका छन्।

बढ्दो गर्मी र लगातार बहँदो तातो हावाबीच सुुरु हुने विक्रम सम्वत् परम्पराको नयाँ वर्षको प्रारम्भमा ‘जुडशीतल’ मनाइने मैथिल परम्परा छ। नयाँ वर्षमा जीवनमा शीतलताको कामना गर्दै मनाइने यो पर्वका खाद्य परिकार पनि गर्मीमा शीतल गर्ने मान्यताभित्र खाइन्छन्। वैशाख सङ्क्रान्ति अर्थात् नयाँ वर्ष प्रारम्भ भएकै दिन जुडशीतल पर्व सुरु हुन्छ।

पहिलो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जाै, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, व्राह्मण र साधुलाई दान गरिन्छ। बढ्दो गर्र्मीमा शरीरमा शीतलता दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन्। यसलाई बोलीचालीमा ‘सतुवाइन’ भनिन्छ।

त्यसैगरी दोस्रो दिन आज घरपरिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिँदै यो पर्व मनाइने चलन छ। परम्पराअनुसार आज घर–घरमा परिवारका श्रेष्ठजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिएका छन्। नयाँ वर्षले जीवनमा शीतलता प्रदान गर्न सकोस् भन्ने पर्वको मुख्य सन्देश रहेको मिथिला संस्कृति र परम्पराका ज्ञाता बताउँछन्।

यसै सन्देशको पृष्ठभूमिमा गर्मी मौसमको यो पर्वको पहिलो दिन जौँ, चना (बदाम) को सातु खाने, ख्वाउने गरिन्छ। दोस्रो दिन आज घरघरमा मुँग, चनाको  दाल, सोहिजन (मुन्गा) को तरकारी, बदामको पिठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने परम्परा रहेको छ। पर्वमा काँचो केराको तरुवाको खुबै प्रचलन छ।

सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिलहरू (मिथिलावासी) साथीसङ्गीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्छन्। जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ। दोस्रो दिन घरका परिवारजन आफ्नो खेतबारी डुल्छन्।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ। खासमा यो पर्व कृषिसँग सम्बन्धित रहेको पाका मैथिल बताउँछन्। बढ्दो गर्मीबीच ‘शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार तथा साहित्य साधक महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा नेपाल सरकारका अवकाशप्राप्त उपसचिव महेश्वर राय बताउछन्। पर्वमा सहकाल (अनुकूल वर्षा र मौसम, अनिकाल व्याधीको प्रकोप नहुने) को कामना गरिने हुँदा यसको मुख्य सन्देश कृषिसँग सम्बन्धित रहेको रायको भनाइ छ।

पर्वका लागि सामानको जोहो गर्नेहरूको भीडले सबैजसो बजार एकाबिहानै भरिभराउ छन्। बजारमा तरुवा खाइने काँचो केरा, पर्वविशेषको खास तरकारी मुन्गा र जौँको सातु तथा दलहनको वेसन (पीठो) को खुबै बिक्री बढेको व्यापारीले बताएका छन्। त्यसैगरी दही पनि पर्वको खास परिकार मानिन्छ।

खासमा दोस्रो दिन आज हिलो छ्याछ्याप गरेर खेलिने यो पर्व किशोर र युवावयका मैथिलको पर्खाइमा हुन्छ। पछिल्लो काल नयाँ वर्षमा ‘पिकनिक’ (वनभोज) जाने चलन बढ्दै जानुले किशोर र युवाका लागि यो पर्व थप रमाइलो बनेको छ। ‘जुडशीतल’ मिथिलाको सांस्कृतिक पर्व हो। कूलदेवताको पूजाअर्चना गरिने थोरै पर्वमध्ये यो पनि पर्ने पाका मैथिल बताउँछन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending