तुलसीपुर । सडकमा निर्माणका लागि गाडिएका छड, त्यत्तिकै अलपत्र छन् । निर्माणका लागि ल्याइएका तारजाली पनि सडकमै छताछुल्ल पारी राखिएको छ । सडक धुलैधुलो हुँदा वरपर बस्ने नागरिकलाई समस्या छ । तर सडक निर्माणको काम विगत छ महिनादेखि ठप्प छ ।
दाङको दङ्गीशरण गाउँपालिकाको पोटली–मिरौली–चखौरा–रावतगाउँ हुँदै एकली जोड्ने सडक निर्माण कार्य अहिले ठप्प छ । चार किलोमिटर सडक कालोपत्र गर्नका लागि रु आठ बजेट विनियोजन भएको छ । तीमध्ये अहिलेसम्म करिब रु एक करोड मूल्य बराबरको काम भएको बताइएको छ । त्यसपछि लामो समयदेखि निर्माण ठप्प छ ।
निर्माण ठप्प हुँदा त्यहाँ कार्यरत मजदुरसमेत मारमा परेका छन् । करिब दुई महिना काम गरेका मजदुरले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । ठेकेदार कम्पनीले पटक–पटक दिन्छु भनेर आश्वासन दिए पनि अहिलेसम्म पारिश्रमिक नपाएको मजदुरले बताएका छन् । झन्डै ८० जनाले पारिश्रमिक नपाएको मजदुर गणेश डाँगीको गुनासो छ । “अस्सी मजदुरले सडक निर्माण सम्बन्धी काम गर्नुभएको हो”, उनले भने, “तर कसैले पनि पारिश्रमिक पाउनुभएको छैन ।”
भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्शनले सो ठेक्का लिएको बताइएको छ । गत वर्ष जेठ १ गतेदेखि काम सुरु भएको थियो । त्यसपछि करिब दुई महिनामात्रै काम भएको बताइएको छ । त्यसपछि सडक निर्माणको काम रोकियो । त्यतिबेला रोकिएको काम कात्तिकमा सुरु भयो र मङ्सिरमा पुन: ठप्प भयो । ठप्प रहेको काम अझै पनि सुरु हुनसकेको छैन ।
पसलमा पनि त्यत्तिकै उधारो छ । त्यस ठाउँमा पसल गर्ने आशाराम चौधरीको पसलबाट सामान लिएको भए पनि त्यो सामानको पैसा अझै नआएको उनले बताए । उनको किराना पसलबाट लिएको खाद्यान्न, तरकारीलगायत बापत रु एक लाख २० हजार बाँकी छ । लुम्बिनी प्रदेशसभा सदस्य धमकली चौधरीले सो सडक कालोपत्र गर्नका लागि आफ्नै पहलमा बजेट आएको र अहिले काम ठप्प भएको सुन्दा दु:ख लागेको बताउँदै सडक निर्माणको कार्य सुरु गराउन आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । “मैले ठेकेदार कम्पनीसँंग पटक–पटक संवाद र छलफल गरिरहेको छु, सडक पूर्वाधार कार्यालयसँग पनि छलफल भइरहेको छ”, उनले भने, “अब तत्काल काम सुरु हुन्छ ।”
वैशाख ३ गतेदेखि काम गर्ने भनी ठेकेदारले प्रतिबद्धता जनाएकाले त्यतिबेलादेखि काम सुरु नभए ठेक्कासमेत रद्द गर्न सक्ने चेतावनी दिएको उनले बताए । प्रदेशसभाको रु आठ करोड बजेटमा सडक पूर्वाधार कार्यालय दाङमार्फत उक्त सडक निर्माणको काम अघि बढेको हो । सडक निर्माणको जिम्मा पाएका भुसाल गायत्री बस्नेत जेभी कन्स्ट्रक्शनका सञ्चालक आकाश भुसालले निर्माण काम तत्काल सुरु गर्ने बताए । उनले वैशाख ३ गते आफू दाङ आउने त्यसपछि काम सुरु गर्ने उनको भनाइ छ ।
अहिले निर्माण सामग्री पनि महङ्गो भएकाले पनि निर्माण कार्यमा समस्या आएको उनले बताए । “निर्माण कार्यमा धेरै पुरोना पनि होइन, सिक्दै छु, मसँग धेरै पैसा पनि हुँदैन, अहिले निर्माण सामग्रीको मूल्य पनि उत्तिकै बढेकाले समस्या भयो”, उनले भने, “म तत्काल अब काम सुरु गर्छु ।” अझै पनि सम्झौता भएको समय बाँकी रहेकाले समयमै सक्नेसमेत उनले बताए । आउँदो माघमा सक्ने गरी सम्झौता भएको छ । यो भित्रै काम पूरा गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।
सडकमा नाला र पर्खाल निर्माण गरी कालोपत्र गर्ने काम तोकिएको छ । मजदुरले आफ्नो ट्र्याक्टर पल्टाइदिएर क्षति बनाएपछि काममा अवरोध आएकोसमेत उनको भनाइ छ । उनको ट्र्याक्टर अहिले इलाका प्रहरी कार्यालय हेकुलीमा राखिएको छ । उनले भाग्यलक्ष्मी क्रसर उद्योगको जेसिवी पनि प्रयोग गरेका थिए । त्यो जेसिवी पनि उद्योगले लगिसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: