काठमाडौं । वरिष्ठ साहित्यकार वैरागी काईँलाले विभिन्न तीन स्रष्टालाई लोकतान्त्रिक जनआन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरणसहित आज ‘स्रष्टा चैत्र ३०’ सम्मान प्रदान गरिएको छ ।
आन्दोलनमा साहित्य क्षेत्रको योगदानलाई स्मरण गर्न १७ जना युवा साहित्यकारको पहलमा विसं २०६३ मा स्थापित ‘स्रष्टा चैत्र ३०’ संस्थाले आयोजना गरेको कार्यक्रममा यसवर्षको सम्मान साहित्यकारहरू वासुदेव अधिकारी र विवश पोखरेललाई तथा वर्ष २०७७ को सम्मान शार्दूल भट्टराईलाई प्रदान गरिएको हो । गत वर्ष घोषितमध्ये अर्का सम्मानित कृष्ण धरावासी मुलुक बाहिर भएकाले उनलाई पछि सम्मान गरिने जनाइएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति काईँलाले परिवर्तनका लागि धक्का दिन स्रष्टाहरू समर्थ रहे पनि परिवर्तनपछि स्रष्टाहरूको हविगत उस्तै रहेकामा चिन्ता व्यक्त गरे। उनले राजनीतिक परिवर्तन भए पनि समाजको आन्तरिक संरचनाका पक्षमा परिवर्तन ल्याउन नसकिएको उल्लेख गर्दै जनताका अधिकारमाथि कतैबाट आक्रमण भएमा स्रष्टाहरू प्रतिकारमा उत्रनुपर्नेमा जोड दिए।
कार्यक्रममा वरिष्ठ कवि एवं राससका कार्यकारी अध्यक्ष श्यामल अधिकारीले सानासाना ९विपन्न० नागरिकमा समस्यालाई बुझ्न र पहिचान गरेर सृजनमा उतार्न स्रष्टाहरूलाई आग्रह गर्नुभयो भने समालोचक डा ज्ञानु पाण्डेले आन्दोलनको भाव बोकेका स्रष्टाहरूलाई सम्मानित गरिएकामा खुसी व्यक्त गरे। कार्यक्रममा हालै निर्वाचित प्रगतिशील लेखक सङ्घका अध्यक्ष डा मधुसुदन गिरी, नेपाली लेखक सङ्घका सहअध्यक्ष डा रत्नमणि नेपाल, प्रलेसका उपाध्यक्षहरू समीर सिंह, नमुना शर्मा, कोषाध्यक्ष बाबा बस्नेत, बागमती प्रदेश अध्यक्ष डा हरिप्रसाद सिलवाल, केन्द्रीय सदस्य वैरागी जेठा, नेपाली लेखक सङ्घका महासचिव सोझो गाउँले ९भरत भण्डारी०, केन्द्रीय सदस्य राधिका गुरागाईँलगायतलाई बधाई तथा शुभकामना दिइएको थियो ।
प्रलेसका अध्यक्ष डा गिरीले प्रलेसको विस्तारित बैठकपछि विस्तृत कार्ययोजनासहित आफूहरू अघि आउने जनाए भने नेपाली लेखक सङ्घका सहअध्यक्ष डा नेपालले साहित्यमा प्रगतिशील र अप्रगतिशीलको विभेद् हटाएर स्वतन्त्रताका लागि साझा मोर्चामा रहनुपर्ने आग्रह गरे।
‘स्रष्टा चैत्र ३०’ का अध्यक्ष मनोज न्यौपानेले नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि स्रष्टाहरूले निरन्तर खबरदारी गर्ने बताए। संस्थाका संस्थापक अध्यक्ष आरएम डङ्गोलले स्रष्टा आन्दोलनको अभिलेख र अबको कार्यदिशाबारे बहस चलाउनुपर्नेमा जोड दिए । लोकतान्त्रिक जनआन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते गुरुकुल ९आरोहण० बाट स्रष्टाहरूले कफ्र्यु तोडेर निकालेको जुलुस पुरानो वानेश्र चोकपुग्दा तत्कालीन सरकारले दमन गरेको दिनलाई स्रष्टाहरूले स्मरण गर्दै आएको संस्थाका उपाध्यक्ष प्रकाश सिलवालले जनाए ।
यसअघि सो सम्मानबाट वैरागी काइँला, आनन्ददेव भट्ट, डा तुल्सीप्रसाद भट्टराई, निनु चापागाई, किरण मानन्धर, देशभक्त खनाल, डा बेञ्जु शर्मा, मञ्जु काँचुली, पूर्ण विराम, डा अमर गिरी, हरिगोविन्द लुईँटेल, श्याम तमोट, नन्दकृष्ण जोशी, उत्तमकृष्ण मजगैँया, किसान प्रेमी, अशेष मल्ल, विमल निभा, राम विनय, विजय बजियम, सुलोचना मानन्धर, मातृका पोखरेल, वियोगी बुढाथोकी, डा दुवसु क्षेत्री, पुरुषोत्तम दाहाल, पुरुषोत्तम सुवेदी सम्मानित भइसक्नुभएकोे छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १० गते, २०८३ - १७:२३
बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक संकटसँग जुध्दै आएको हेटौंडा सिमेन्ट उद्योगको आज निरीक्षण गरेकी छन् ।...
जेष्ठ १० गते, २०८३ - १७:११
काठमाडौं । बागमती नदी मा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव फेला परेको छ भने अन्य तीन जना सकुशल भेटिएका छन्। शनिबार दिउँसो रौतहट र सिन्धु...
जेष्ठ १० गते, २०८३ - १६:५३
नेपाल क्रिकेट संघ (क्यान)ले भारत भ्रमणमा सहभागी हुने नेपाल ए टोली घोषणा गरेको छ। क्यानले भारतको उत्तराखण्ड मा मे २२ देखि जुन २, २०२६ सम्म सञ्चालन ह...
जेष्ठ १० गते, २०८३ - १६:३०
काठमाडौँ। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयो...
जेष्ठ १० गते, २०८३ - १६:२६
कालीकोट। बाजुराको हिमाली गाउँपालिका–३, लाम्पाटामा भएको घटनाको छानबिन, दोषीमाथि कारबाही तथा पीडितलाई न्यायको माग गर्दै हिमाली युवा क्लबले कर्णाली करिडो...
जेष्ठ १० गते, २०८३ - १६:०९
सर्लाही । सर्लाही, रौतहट र मकवानपुरको सीमा क्षेत्रस्थित बागमती नदीले बगाएर बेपत्ता दुई युवक आइतबार दिउँसो मृत फेला परेका छन् । बागमती नदीले बगाएर स...
जेष्ठ १० गते, २०८३ - १६:००
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमश: सम्बोधन गर्दै जाने विश्वास व्यक्त गरेको छन्...
जेष्ठ १० गते, २०८३ - १५:४२
काठमाडौँ। एसियाली खेलकुद (एसियन गेम्स) अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान...
जेष्ठ १० गते, २०८३ - १५:२३
काठमाडौँ । प्रतिनिधि सभाका विपक्षी दलहरू सरकारले अपनाएको कार्यशैलीविरुद्ध थप सशक्त रूपमा प्रस्तुत हुने सहमतिमा पुगेका छन्। नेपाली कांग्रेस, नेकपा (...
जेष्ठ १० गते, २०८३ - १४:५७
सिड्नी। नेपालबाट छोरा भेट्न अस्ट्रेलिया पुगेकी ५५ वर्षीया नेपाली महिलाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमै निधन भएको छ। काठमाडौंको सुकेधारा निवासी...



प्रतिकृया लेख्नुहोस्: