Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

अध्यक्ष प्रचण्डको ‘नयाँ युगको पदचाप’ पुस्तक नाम अनुसारकै सङ्ग्रह

खबरडबली संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्दाका विचारहरूको सङ्गालो ‘नयाँ युगको पदचाप’ नाम अनुसारकै सङ्ग्रहको रूपमा रहेको समीक्षक तथा लेखकहरूबाट प्रतिक्रिया आएको छ ।

जनसांस्कृतिक महासङ्घ नेपाल र पुस्तक प्रकाशक प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा आज काठमाडौँमा लेखक तथा समालोचकहरूबीच भएको ‘नयाँ युगको पदचाप : पुस्तक परिचर्चा’का क्रममा उनीहरूले नाम अनुसारका सामग्रीहरू किताबमा समेटिएको उल्लेख गरेका छन् । 

जनसांस्कृतिक महासङ्घ नेपालका अध्यक्ष मातृका पोखरेलले मान्छे बनावटी कामलाई प्रचार गरिरहेको सन्दर्भमा तत्कालीन समयमा भएका यथार्थ कुरा जनतासामु पुग्न नसकेको पुस्तकमा समावेश आलेखहरूले स्पष्ट पारेको बताउछन् ।

उनले उपलब्धिलाई संस्थागत गर्न नसकिको जिकिरसहित पुस्तकको नाम जस्तै सामग्रीहरू पुस्तकमा समेटेको छ भने। विशेषगरी अध्यक्ष दाहाल दुईपटक प्रधानमन्त्री हुँदा बोलेका विचारहरूको सङ्गालोका रूपमा पुस्तक आएको र त्यसले समग्र आन्दोलन र त्यसले ल्याएको उपलब्धि बोलेको उनको भनाइ थियो । 

पुस्तकमाथि विचार राख्दै समालोचक तेजविलास अधिकारीले महत्वपूर्ण आधार स्थापना गरेर उपलब्धिलाई सैद्धान्तिक र कार्यनीतिगत कोणबाट अगाडि बढाउने व्यक्ति अध्यक्ष दाहाल हो भन्ने कुरा ६० वटा लेखले स्पष्ट पारेको बताए।

उनका अनुसार पुस्तकमा दाहाल गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदाका १५ र दोस्रो सरकारको नेतृत्व गर्दा सम्बोधन गरिएका भाषणका ४६ आलेख समावेश छन् । उहाँले त्यसमा १० वर्षे जनयुद्ध, त्यसपछिका सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र, समावेशीकरणका लागि भएको अन्तरसङ्घर्ष र उपलब्धिलाई पुस्तकमा समावेश गरिएको सुनाए।

“आन्तरिक र बाह्य शक्तिबीचको खिचातानीले समीकरण अदलबदल हुने स्थिति आयो, त्यो कुरा यहाँ पाइन्छ”, उनले थपे, “त्यस अलावा हलिया प्रथा हटाउनेदेखि कृषि, सुदूरपश्चिम, मध्यपश्चिम विश्वविद्यालय खोल्ने, सातै प्रदेशमा कृषि क्याम्पस खुलाउने, राजस्व वृद्धि र कृषि विकासमा गरिएका प्रयत्न केके रहे भन्ने कुरा स्पष्ट पाइन्छ ।”
 
पुस्तकमा सीमित उपलब्धिहरू बुँदागतरूपमै समावेश गरिएको छ । आज मुलुकमा जेजे काम भइरहेको छ, चर्चा भइरहेको छ, त्यो कुरालाई यो पुस्तकमा राम्रोसँग उल्लेख गरिएको छ । उनले पहिले नै स्थापित गरिसक्नुभएको र आज हामीले एजेण्डा खोजिरहँदा ती एजेण्डा त्यहीँ रहेको पनि बताए ।

“पुस्तक केवलमा भाषणको लेख मात्रै छैन, इतिहासलाई हेरेर वर्तमानलाई कसरी सुधार गर्ने भन्ने विषय पनि मजाले पाउन सकिन्छ”, समालोचक अधिकारीले थपे।

अर्का समालोचक प्रा डा धनप्रसाद सुवेदी पुस्तकलाई भाषणको सङ्ग्रहका रूपमा मात्रै लिनु गलत हुने भनाइ राखे । उहाँ पुस्तकमा जनयुद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण र त्यसक्रममा देखापरेका जटिलता एवं अन्तरसङ्घर्ष पाउन सकिने बताउछन् । 

सुवेदीका अनुसार शुरुको ‘फेज’मा अध्यक्ष दाहालका तीव्र आवेगसहितको अभिव्यक्ति मिसिएको देखिन्छ भने त्यसपछि अगाडि बढ्न खोज्दा देशी–विदेशी शक्तिबाट यथास्थितिमा रोक्ने प्रयत्न भएको आलेखबाट थाहा हुन्छ । पुस्तकमा समाजवादका भ्रुणहरू यथेष्ट रहेका पनि उनले औँल्याए। 

सुवेदीले भने, “शिक्षा, स्वास्थ्य, महिला, आदिवासी जनजाति, पिछडिएका वर्ग, समुदायबारे माओवादीको धारणा प्रचण्डमार्फत पुस्तकाकारका रूपमा आएको छ, इतिहास, समाजवाद र साहित्य पनि सँगसँगै मिसिएर आएको छ ।”

पुस्तक ५०० वर्ष पछाडिका पाठकले पढ्यो भने जनयुद्धदेखिका राजनीतिक आन्दोलनका प्रतिविम्ब पाउन सकिने खालको भएकाले एउटा इतिहास बोकेको उनको विष्लेषण छ । 

“नयाँ युगको पदचाप पढिरहँदा भन्न सजिलो छ, गर्न गाह्रो छ भन्ने कुरालाई स्थापित गरिदिएको छ, प्रचण्डले केही गरेन भन्ने छ, त्यस कुरालाई पुष्टि गर्ने प्रयास पुस्तकमा गरिएको छ र उहाँले पनि अनूभूत गर्नुभएको छ”, उहाँले अगाडि थप्दै भने, “केही गरेन भन्नेहरुले चाहिँ के गरे त ?” उनका अनुसार पुस्तकमार्फत भविष्यको चित्रण ठ्याक्कै नआए पनि अग्रगामी दूरदृष्टि देखाउन खोज्नुभएकाले नाम सार्थक रहेको छ । 

पत्रकार तथा समीक्षक भवानी बराल पत्रकारका लागि पुस्तक सूचनाको स्रोत नै भएको र भित्रका एउटा–एउटा विषय खोजेर गहिरो आलेख बनाउन सकिने उल्लेख गर्छन् । कृतिका आएका विषय प्रचण्डले बोलेको कुरा होइन, त्यतिबेलाको सरकारको भनाइ हो भन्दै बरालले समावेशीता, धर्मनिरपेक्षता, गणतन्त्र, लोकतन्त्रको संस्थागत गर्ने सन्दर्भमा उहाँका प्रयास झल्किएको छ ।
 
उनले अहिले ३३ प्रतिशत महिला सहभागिता भइरहेका बेला पुस्तकमा नै ४० प्रतिशत महिला सहभागिताको कुरा उठाइएको छ । पुस्तकमा उठान भएको आदिवासी, जनजाति तथा अन्य वगर्, समुदायको प्रतिनिधित्वको कुरालाई अहिले पनि पत्रकारले जुनसुकै तरिकाले पनि उठान गर्नसक्ने बताए ।

प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णुप्रसाद सापकोटा ‘जूगल’ले यसलाई पुस्तकाकारको रूपमा ल्याउने क्रममा संयोगवश आफू पनि सचिवालयमा रहेको स्मरण गर्दैै विहङ्गम ढङ्गले सुरुआत नगरिए पनि पछि एउटा दस्तावेजकै रूपमा आएकामा खुसी व्यक्त गरे।

“मुलुकमा ठूला–ठूला परिवर्तन भए, कुनै दस्तावेज नै छैन, उपलब्धि छैन भने जस्तै भयो त्यसैले एउटा प्रयास गरिएको हो”, सापकोटाले भन्नुभयो, “त्यसलाई संस्थागत गर्ने काम भएको छ ।”

एउटा पुस्तक ‘गणतन्त्रको दशक’ संसद्मा बोलेका विचारहरूको सङ्गालोका रूपमा आएको र नयाँ युगको पदचाप भने सरकारमा सहभागि हुँदा बोलेका विचारहरू समेटिएको जानकारी गराउँदै उनले अझै धेरै कुराहरू छुटेको हुँदा यस्तै परिचर्चाबाट पुस्तकलाई थप समृद्ध पार्दै लैजाने बताए। 

उनले सामग्री सङ्गलनका क्रममा संसद्लगायत सरकारी निकायमा कडा चुनौती झेल्नुपरेको सन्दर्भ जोड्दै भने, “अध्यक्ष दाहालले बोलेका कतिपय विचारको अभिलेखहरू नै संरक्षण नगरिएकाले सामग्री सङ्कलनमा पनि कष्ट झेल्नुपरेको सुनाए । उनका अनुसार कतिपय दस्तावेज नै नामेट बनाएको छ ।

उनले भाषणका क्रममा पनि अध्यक्ष दाहाल आफैँ टिपोर्ट गरेर लैजाने गरेको जानकारी गराउँदै उनले पुस्तकका धेरै आलेख पनि उनी आफैँले नै सङ्कलन गरेको बताए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: