झापा । पहिलोपटक मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा आगामी वैशाख ३ गतेदेखि सुपर लिग क्रिकेट टुर्नामेन्ट हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकाडेमी काँकडभिट्टाको आयोजनामा वैशाख ३ देखि १० गतेसम्म हुन लागेको टुर्नामेन्टमा राष्ट्रिय खेलाडी करण केसी र मेहबुब आलम र मञ्जित श्रेष्ठलगायत खेलाडीले खेल्ने भएका छन् ।
शिवशक्ति ग्रुप रसोइ झापा सुपर लिग क्रिकेट टुर्नामेन्टमा सहभागी टोलीले धमाधम राष्ट्रिय खेलाडी समावेश गर्न थालेका हुन् । विर्तामोडको बोस्टन ब्लास्टर्स क्लबले करण केसीसहितका खेलाडीलाई मैदानमा उतार्ने भएको छ ।
तीन वर्षअघि बिर्तामोडमा स्थापना भएको बोस्टन क्रिकेट एकाडेमीले जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदानमा उतार्ने योजना रहेको अध्यक्ष सोवित बाँस्तोलाले बताए । क्लबले मार्की खेलाडीका रूपमा समिर कार्की र आइकोनिक खेलाडीका रूपमा मिनास थापालाई टोलीमा अनुबन्ध गरेको उनको भनाइ छ । टोलीको कप्तानी सुरज खड्काले सम्हाल्ने उनले जानकारी दिए ।
भद्रपुर राइजिङ किङ्सले मार्की प्लेयरमा रुपक बराल र आइकोनिक प्लेयरका रूपमा पूर्व राष्ट्रिय क्रिकेटर मञ्जित श्रेष्ठलाई खरिद गरिसकेको छ । टोलीमा एक राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधानअनुसार पूर्व राष्ट्रिय क्रिकेट अलराउण्डर मेहबुब आलमलाई अनुबन्धन गरिएको छ ।
भद्रपुरबाट अमित श्रेष्ठ, प्रेम सिंह, श्रवण यादव, सुमिरन राई, ग्रिसल पौडेल, सुजन घिमिरे, विवेक पोखरेल, अर्जोधी मल्लिक, आशिक राना मगर, विष्णु कामती, शेखर खड्का, मोविन अली, सञ्जीव तामाङ, मनिष कामती र प्रवीण पुरी खेल्दै छन् ।
त्यस्तै सुमन प्रसाईँ, विरु श्रेष्ठ र हितेन श्रेष्ठको विराट वारियर्सले मार्की प्लेयरमा अङ्कित सुवेदी र आइकोनिक प्लेयरमा पूर्वराष्ट्रिय खेलाडी सिद्धान्त लोहनीलाई सहभागी गराउने भएको छ । राष्ट्रिय खेलाडीका रूपमा अदिल अन्सारीलाई अनुबन्धन गरिएको टोलीले जनाएको छ । अन्य खेलाडीमा अभ्यास तिम्सिना, अर्जुन दाहाल, सोनु अन्सारी, नित्य खडोरिया, विपिन महतो, अनिल लामिछाने, अनिष लुइँटेल, विनोद राउत, शिवान्स बजगाईँ, सन्तोष कामी, सुमित नेउपाने, वसन्त चौहान, गौरव भट्टराई, रोहिन राई र आदर्श सरियालगायत छन् ।
प्रतियोगिताको विजेता टोलीले रु दुई लाख ११ हजार र उपविजेताले रु एक लाख ११ हजार पाउने छ । उपविजेताको पुरस्कार राशि काकडभिट्टाका सञ्चार उद्यमी तथा युवानेता बालकृष्ण थापाले प्रायोजन गरेका हुन् । आयोजक क्लबका अध्यक्ष हिमाल पोर्तेलले नेपालकै चर्चित र लोकप्रिय खेलाडी सम्मिलित हुने क्रिकेट टुर्नामेन्टले झापामा मात्रै नभएर प्रदेश नं १ मै रौनकता थप्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: