काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालका विमानस्थललाई थप विकसित बनाई चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को बोर्ड सदस्यमा नियुक्त हुनुभएका दुई सदस्यलाई आज बोर्ड बैठकमा स्वागत गर्दै उहाँले विमानस्थललाई थप सुरक्षित तथा चुस्तदुरुस्त अवस्थामा राख्न निर्देशन दिए।
नयाँ नियुक्त हुनुभएका सदस्यमा पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर तथा रोशना चित्रकार छन् । प्राधिकरणको बोर्ड सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री आलेले नवनियुक्त सदस्यसहित सबै पदाधिकारीलाई नागरिक उड्डयन प्राधिकरणको हितका लागि काम गर्न निर्देशन दिए।
केही हप्ता पहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा घेराको तारबारबाट एक जना नागरिकभित्र छिरी जहाजभित्र पसेको उल्लेख गर्दै उनले सुरक्षा व्यवस्थालाई थप कडाइ गर्नुपर्नेमा जोड दिए । उनले भने, “विमानस्थल भनेको अतिसंवेदनशील क्षेत्र हो, गैरव्यक्ति छिर्न नदिन सुरक्षा व्यवस्था बलियो र मजबुद बनाउनु होला ।”
यसैगरी मन्त्री आलेले पछिल्लो समय नेपालका विभिन्न विमानस्थलमा जङ्गली जनवार बँदेल, स्याल छिर्ने तथा जहाज सञ्चालनमा समस्या हुने गरेको भन्ने सुनिएकाले विमानस्थलका पेरिमिटरमा नियमित गस्ती गर्न थप टोली परिचालन गर्नसमेत आग्रह गरे।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको उडान अवतरणमा ढिलाइ हुने तथा केही दिन पहिलेको भिजिबिलिटीका कारण उडान अवतरणमा समस्या भएको विषयमा ट्वीटरमा विभिन्न कमेन्ट आएकाले त्यस्ता ट्वीटरको तत्काल रेस्पन्स तथा उत्तर दिनका लागि एक छुट्टै कर्मचारी खटाउन तथा ट्वीटरको तत्काल उत्तर दिनसमेत निर्देशन दिए।
विमानस्थलको अवस्थाका बारेमा दैनिक नागरिकलाई जानकारी हुने गरी सूचना प्रवाह गर्नसमेत मन्त्री आलेले प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...
मंसिर २८ गते, २०८२ - १२:५६
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...
मंसिर २८ गते, २०८२ - १२:३४
गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ। प्रशासन कार्यालयले सा...
मंसिर २८ गते, २०८२ - १२:१३
दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...
मंसिर २८ गते, २०८२ - १२:००
गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...




प्रतिकृया लेख्नुहोस्: