Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन सभामुखको आग्रह

खबरडबली संवाददाता

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रिय एकताका साथ व्यावसायिक प्रवद्र्धनमा केन्द्रित हुन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेका छन्। नेपाल चेम्बर अफ कमर्सको ७१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता र राष्ट्रलाई केन्द्रमा राखेर व्यवसायको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएको हो  ।जलवायु परिवर्तनले खडा गरेको व्यवधानलाई पनि सहन गर्दै नयाँ सोच र व्यवहारका साथ अगाडि बढेमात्रै अर्थतन्त्रका आयाम विस्तार तथा विकास गर्नुपर्ने सभामुख सापकोटाको भनाइ थियो ।

सुशासन कायम गर्ने तथा भ्रष्टाचार नियन्त्रण गर्ने सवाल गहन विषय भएकाले यसमा निरन्तर लाग्नुपर्ने र सबै सरोकारवाला निकायका पदाधिकारीको आचरणमा सुधार गर्नुपर्नेमा उनले जोड दिए। कोरोनालगायत अन्य कारणबाट सङ्कटमा परेको नेपालको उद्यम तथा व्यवसाय क्रमश: लयमा फर्कंदै आएकाले नआत्तिइकन व्यावसायिक धर्म निर्वाह गर्न सभामुख सापकोटाले आग्रह गरे।उनले कुशल व्यवसायी नै समाजको पथप्रदर्शकसमेत हुने भएकाले राज्यको नियम तथा कानून पालना गर्दै उद्यममा क्रियाशील हुन नेपालको व्यावसायिक क्षेत्रको ध्यानाकर्षण गराए।

मुख्यसचिव शङ्करदास वैरागीले व्यवसायिक क्षेत्रको प्रवद्र्धन र विस्तारका लागि सरकारले सहयोग गरिरहेको बताए । पछिल्ला दिनमा उद्योग तथा व्यवसायका क्षेत्रमा पनि नयाँ खालको जोखिम देखिए पनि सबैको सुझाव र सल्लाहका आधारमा सरकार अगाडि बढ्ने विश्वास दिलाए । उनले उद्योगी तथा व्यवसायीको समस्या समाधानका लागि सरकारकातर्फबाट निर्वाह गर्नुपर्ने भूमिकामा कुनै कमी नहुने धारणा व्यक्त गरे। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले कोरोनाको असर कम भएसँगै मुलुकको अर्थतन्त्र पूरानै लयमा फर्किन सङ्घर्षरत रहेको उल्लेख गर्दै बजेट र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा सबै क्षेत्रमा चाप परेका विषयलाई नकार्न नसकिने बताए।

बढ्दो आयात र कमजोर निर्यात, वैदेशिक सहायता तथा लगानीको अभावका कारण वैदेशिक मुद्राको अभाव भई मुलुकको व्यापारघाटा धान्न नसक्ने गरी बढेको उनले स्पष्ट पारे । अध्यक्ष मल्लले विद्यमान समस्या समाधानका लागि सरकारी निकायले चनाखो भई चिन्तन गर्नुपर्ने र उपयुक्त उपाय निकालेर कार्यान्वयनमा लैजानुपर्ने खाँचो औँल्याए ।अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि कार्यान्वयनयोग्य व्यावहारिक उपायबारे सुझाव दिनका लागि चेम्बर तयार रहेको उनको भनाइ थियो ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेलाई आजै मतदान सक्नुपर्ने बाध्यता

काठमाडौं । नेकपा एमालेले बन्द सत्र र मतदानका लागि काठमाडौँको भृकुटीमण्डप भाडामा लिएको छ। सोही कारण आजै मतदान प्रक्रिया सक्नुपर्ने बाध्यता रहेको पार्टी...

मन्त्रिपरिषद् बैठकका ११ निर्णय सार्वजनिक

काठमाडौँ। सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरे...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ। नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएको छन्। पार्टी केन्द्री...

एमाले महाधिवेशन: आज साँझदेखि मतदान, ८० वटा मेसिनबाट प्रक्रिया पूरा हुन ११ घण्टा लाग्ने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मात्र मतदान सुरु हुने भएको छ। यसअघि दिउँसो नै मतदान सुरु ...

पुसको कठ्याङ्ग्रिने चिसोमा नवजात शिशु झाडीमा फाल्ने महिला नियन्त्रणमा

धनगढी। नौ महिनासम्म गर्भमा हुर्काएर नवजात शिशुलाई पुसको कठ्याङ्ग्रिने चिसोमा झाडीमा फाल्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्ला प्रहरी का...

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १८ दशमलव ३७ अङ्कले बढेर दुई हजार ६१९ दशमलव ९९ को ब...

सभापति देउवा र नेता कोइरालाबीच भेट

काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता डा। शेखर कोइरालाले भेट गरेको छन् ।  सभापति देउवा निवासमा आज भएको भेटमा पार्टीको...

बहुविवाह मुद्दाका दोषी ठहर पासाङ शेर्पाको उम्मेदवारी खारेज

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ। बहुविवाह मुद्दामा दोषी ठहर भएका शेर्पाले आदि...

ट्रम्पले दिए बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ मा युएस क्यापिटलमा भएको दङ्गाअघि आफ्ना समर्थकहरूलाई दिएको भाषणलाई सम्पादन गरेर गलत अर्थ लाग्ने ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending