काठमाडौं । अमेरिकी रक्षा अधिकारीहरूले किएभ र चेर्निहिभ क्षेत्रबाट रुसी सेना फिर्ताको प्रक्रिया पूरा भएको बताएका छन्।
"रुसी फौजहरू किएभ र चेर्निहिभ नजिकका क्षेत्रबाट फिर्ता हुने प्रक्रिया सम्पन्न भएको छ र उनीहरू बेलारुस र रुसको क्षेत्रमा जम्मा भएका छन्," पेन्टागनका एक अधिकारीले बुधवार भने।
"हामीले किएभ र चेर्निहिभ वरपर रुसी फौजहरू देखेका छैनौँ," पेन्टागनका प्रवक्ता जोन किर्बीले भने।
उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो "रणनीतिक लक्ष्यको शून्य उपलब्धि हासिल" गरेको दाबी गरेका छन्।
"उनले (पुटिन) थोरै जनसङ्ख्या भएका केन्द्रहरू मात्र नियन्त्रणमा लिएका छन्," उनले भने। "उनीहरूले खार्किभ पनि लिन सकेका छैनन्।"
रुसले आफ्नो शक्ति पूर्वी युक्रेनको डोन्बास केन्द्रित गर्ने घोषणा गरेको केही दिनमै किएभ र चेर्निहिभबाट फौज फिर्ता भएका हुन्।
पेन्टागनका एक उच्च अधिकारीले नाम नखुलाउने सर्तमा रुसी फौजहरू भविष्यमा किएभतर्फ फर्कन सक्ने बताएका छन्।
तर अहिले फिर्ता गरिएको फौज नै फर्कने वा अर्को फौज पठाउनेबारे अझै स्पष्ट नरहेको ती अधिकारीले बताए।
इन्स्टिच्युट फर स्टडी अफ वारले किएभबाट फर्किएको रुसी सेनाले "केही समयसम्म पुनः सैन्य प्रभावकारिता हासिल गर्ने सम्भावना कम" रहेको बताएको छ।
ती अधिकारीका अनुसार रुसले युक्रेन युद्धमा पठाएका १८० सैन्य बटालियन मध्ये ८० बटालियन अझै युक्रेनमै छन्।
समाचार एजेन्सी एपीले अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै युक्रेनबाट कम्तीमा २४,००० रुसी फौज फिर्ता भएको जनाएको छ।
पूर्वी युक्रेनमा लडाइँ चर्कँदै
बीबीसी संवाददाता जोनाथन बीएलका अनुसार पूर्वी युक्रेनमा रुसी सैन्य कारबाही थप चर्किएको छ।
रुस र उसका समर्थकहरूले युक्रेनका पुराना औद्योगिक नगरहरू लुहान्सकको ९० प्रतिशत र डोनेट्स्कको आधा क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन्।
युक्रेन फौजले यो क्षेत्रमा विगत आठ वर्षयता युद्ध लडिरहेको छ।
डोन्बास क्षेत्रमा खटाइएका सैन्य टुकडीहरूमा युक्रेनका सबैभन्दा तालिमप्राप्त र राम्रा हतियार लिएका सैनिकहरू समावेश छन्।
रुसी फौजले उत्तर, पूर्व र दक्षिणबाट घेरा हालेको यो क्षेत्र छिट्टै युक्रेनसँग सम्पर्क टुट्ने जोखिममा छ।
युक्रेनी शरणार्थी मेक्सिकोमा
हजारौँ युक्रेनी शरणार्थीहरू अमेरिकाको क्यालिफोर्निया सीमा नजिक मेक्सिकोमा जम्मा भएका छन्।
अमेरिकामा शरण खोज्दै उनीहरू अमेरिका-मेक्सिको सीमा नजिक भेला भएका हुन्।
अमेरिकी राष्ट्रपति जो बाइडनले गत महिना अमेरिकाले एक लाख युक्रेनी शरणार्थीहरूलाई आश्रय दिने बताएका थिए।
अमेरिकास्थित बीबीसीको साझेदार सञ्चार माध्यम सीबीएस न्यूजले हरेक दिन करिब १५० जना युक्रेनीले अमेरिकामा शरण पाइरहेको जनाएको छ।
युक्रेनबाट युद्धका कारण विस्थापित भएकाहरू पर्यटक भिसामा मेक्सिको पुगेर अमेरिकी सीमाबाट शरण मागिरहेका छन्।
सीबीएस न्यूजका अनुसार बुधवारसम्म १,७०० शरणार्थीहरू सीमा नजिकका सहरमा भेला भएका छन्।
गत फेब्रुअरीमा युद्ध सुरु भएयता ४२ लाख युक्रेनीहरूले देश छाडिसकेका छन्। जसमध्ये धेरैले छिमेकी पोल्याण्ड र रोमानियामा आश्रय लिइरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - ०९:२९
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...
माघ २४ गते, २०८२ - ०९:२८
बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...
माघ २४ गते, २०८२ - ०९:२५
बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...
माघ २४ गते, २०८२ - ०९:१९
काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...
माघ २४ गते, २०८२ - ०८:०१
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...
माघ २४ गते, २०८२ - ०७:५४
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...
माघ २४ गते, २०८२ - ०७:४७
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...
माघ २४ गते, २०८२ - ०७:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...
माघ २४ गते, २०८२ - ०७:३०
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...
माघ २४ गते, २०८२ - ०७:१७
काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...



प्रतिकृया लेख्नुहोस्: