मोरङ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता एकजुट भएर लाग्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेस मोरङद्वारा विराटनगरको हाटखोलामा आयोजित ‘घरघर जाऔँ, कांग्रेसलाई जिताऔँ’ अभियानअन्तर्गत आमसभामा उहाँले महाधिवेशनको तिक्ततालाई बिर्सेर संयुक्तरूपमा अगाडि बढेमा ७५३ पालिकामध्ये अत्याधिक क्षेत्रमा विजयी हुने दाबी गरे।
नेता कोइरालाले सरकारमा गठबन्धन दलहरुबीच निर्वाचनमा तालमेल गरी जाने सम्बन्धमा कांग्रेसका केन्द्रीय कार्यसमितिले जिल्ला र क्षेत्रलाई अधिकार दिएकाले सोहीअनुसार जानुपर्नेमा जोड दिए ।
उनले लोकतन्त्रमा मात्र सङ्घीयता फस्टाउने भन्दै लोकतान्त्रिक पार्टी कांग्रेसले सङ्घीयतालाई बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । नेता कोइरालाले मुलुकको अर्थतन्त्रलाई दिगो बनाउन फजुल खर्चमा कटौती गर्नुपर्नेमा जोड दिँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानीले विकासको गति अगाडि बढ्ने धारणा राखे।
पूर्वमन्त्री मीनेन्द्र रिजालले सङ्घीयतालाई कमजोर बनाउने कार्य विगतको सरकारले गरेको विचार राखे। सङ्घीय सांसदद्वय डा डिला सङ्ग्रौला, रमेशजङ्ग रायमाझी र कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले सबै जातजाति, भाषाभाषीको सम्मान गर्ने पार्टी कांग्रेस भएकाले यसले मुलुकको विकास एवं जनताको आर्थिक समृद्धि कायम गर्ने धारणा राखे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २६ गते, २०८२ - ०९:३६
काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...
मंसिर २६ गते, २०८२ - ०८:३९
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...
मंसिर २६ गते, २०८२ - ०७:५२
काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...
मंसिर २६ गते, २०८२ - ०७:३९
सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...
मंसिर २६ गते, २०८२ - ०७:३६
काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...
मंसिर २६ गते, २०८२ - ०७:३२
राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने
मंसिर २६ गते, २०८२ - ०७:२७
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...
मंसिर २६ गते, २०८२ - ०७:२०
बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...
मंसिर २६ गते, २०८२ - ०७:१८
बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...
मंसिर २६ गते, २०८२ - ०७:१५
काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...




प्रतिकृया लेख्नुहोस्: