हुम्ला । धमाधम विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको छ । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–४ मा रहेको हिमज्योति माध्यमिक विद्यालयका विद्यार्थी धमाधम बिरामी थालेपछि विद्यालय बन्द गरिएको हो । कक्षा ६ देखि १० सम्मका विद्यार्थीमा अनौठो बिरामी देखिएको छ ।
सुरुको दिन कक्षा ६ मा अध्ययनरत एक छात्रामा हात खुट्टा बाउँडिने समस्या देखिएको भए पनि अहिले २० जनाभन्दा विद्यार्थीमा यो समस्या देखिएको प्रधानाध्यापक जयबहादुर धामीले बताउनुभयो । छात्रा बिरामी हुँदा छात्रहरुमा देवता आउनुका साथै अनौठो बिरामी देखापरेको प्रधानध्यापक धामीले बताउनुभयो । छात्राछात्रमा काँप्ने, रुने, कराउने र चिच्याउने गर्नुका साथै शरीर बाउँडिने समस्या देखा परेको हो ।
पहिलो दिन एक जनामा देखिएको थियो भने दोस्रो दिन दुई जनामा हुँदै यो समस्या तेस्रो दिन २० जनाभन्दा बढीमा देखिएको उहाँले बताए । कक्षा १० मा अध्ययनरत दुई जनामा यो समस्या देखिएको छ । विद्यार्थी अचानक बिरामी हुन थालेपछि जनस्वास्थ्य सेवा कार्यालय हुम्ला, गाउँपालिकाको स्वास्थ्य शाखा र प्रदेशमा बिरामी विद्यार्थीको उपचारका लागि मनोचिकित्सकको चाँडो व्यवस्था गर्न पत्रचार गरिएको प्रधानध्यापक धामीले बताए ।
बिरामीको समस्या दिन प्रतिदिन बढ्दै गएपछि बिहीबार दुई वटा विषय पठनपाठन गराएर एक दिनका लागि विद्यालय बन्द गरिएको जानकारी प्राप्त भएको छ । विद्यार्थी बिरामी हुन थालेको तीन दिन भएको हो । महिला पुरुष विद्यार्थीमा देवता आएर धामी झाँक्रीको जस्तै शरीर काँप्ने गरेका छन् । कक्षा ६ देखि १० सम्मका छात्रछात्रा बिरामी पर्न थालेपछि अभिभावक चिन्तित भएका छन् । हुम्लामा यो समस्या विद्यार्थीमा पहिलो पटक देखापरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १३:३७
काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाका नदीहरूमा तैरिने फोहोर संकलन गर्न ट्रास...
पौष ६ गते, २०८२ - १३:२२
काठमाडौं । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले पदबाट राजीनामा दिएका छन्। आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकमा उनले राजीनामापत्र बुझा...
पौष ६ गते, २०८२ - १३:००
महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ । पुस लागेसँगै ह्वात्तै बढेको चि...
पौष ६ गते, २०८२ - १२:४७
काठमाडौँ । नेकपा एमालेकी सांसद तथा राष्ट्रिय सभा सदस्य सुमित्रा बिसीले सांसदहरूका स्वकीय सचिवको पद खारेज गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न आग्रह ...
पौष ६ गते, २०८२ - १२:३८
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन नहुने बताएकी छन्। संस्कृतिभित्र रहेका केही हानिकारक प्रथाहरू क्रमश: हटाउँदै ज...
पौष ६ गते, २०८२ - १२:१६
ताप्लेजुङ। बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख वेदप्रसाद गौतमका अनुसार मैवाखोला ...
पौष ६ गते, २०८२ - १२:०७
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई समाजमा फैलाउन सके भ्रष्टाचार हट्नसक्ने बताएको छन् । विश्व ध्यान दिवसको अवसरमा...
पौष ६ गते, २०८२ - ११:४९
पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको स्थलगत भ्रमणमा रहनुभएका ऊर्जा, सिँचाइ तथा सहरी विकास मन्त्री कुलमान घिसिङलाई आइतबार सुस्तावासीको समस्याबारे जानकारी...
पौष ६ गते, २०८२ - ११:२३
काठमाडौँ। संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आइतबार विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व ध्यान दिवस’ मनाइएको छ । यस अवसरमा आज बिहान शिक्षा, विज्ञान ...
पौष ६ गते, २०८२ - ११:११
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० केन्द्रीय समिति बैठक बोलाउने विषयमा आन्तरिक छलफलमा जुटेको छ। सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा...




प्रतिकृया लेख्नुहोस्: