Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

कार्यकालको अन्त्यतिर सडक निर्माण धमाधम

खबरडबली संवाददाता

नेपालगञ्ज । बाँकेमा जति चुनावी सरगर्मी बढ्दै गएको छ त्यति नै विकासका काम पनि तीव्र गतिमा अघि बढ्दै गएका छन् । 

नेपालगञ्ज उपमहानगरपालिका–१८ मा धमाधम सडक निर्माणसँगै विकासका योजना तीव्र पारिएको छ । वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट रु ९० लाख बराबरका सात पिसिसी सडकको बजेट चालु आर्थिक वर्षमा ल्याएका थिए । सो बजेटबाट उपमहानगरपालिकामार्फत ठेक्का भई निर्माणको काम अघि बढेको हो । उक्त बजेटबाट सुरु गरिएको एउटा पिसिसी ढलान सडकको निर्माण सम्पन्न भइसकेको अध्यक्ष बर्माले जानकारी दिए । 

उनले  कार्यकालको अन्तिम समयमा पनि वडाभित्र एकसाथ सात सडक निर्माण गर्न थालेका छन् । वडाको भगवतीटोलमा वडाध्यक्ष बर्माले रु ३० लाखको लागतमा आरसिसी नालासहित पिसिसी सडक निर्माण गर्दै छन् । 

सो बजेटबाट सात सडकमध्ये भगवती टोलमा दुई, उज्ज्वलनगर, शिवशक्ति टोल, शिवनगर, नागरिक टोल, विशाल चोक, मोडेल एकेडेमी टोलमा सडकको निर्माण अघि बढेको छ । उहाँले यसबाहेक १३ भित्री सडकको पिसिसी सम्पन्न भएको उल्लेख गर्दै गरिब विपन्न र दलित परिवारका लागि ६५ धारा जडान गरेको समेत जानकारी दिए  । 

वडाध्यक्ष बर्माले मुस्लिम, सुकुम्वासी र मधेसी समुदायका परिवारलाई १३७ घरेलु सौर्य सोलार जडान गरिएको सडक स्तरोन्नति कामसमेत भएको बताए । उपमहानगरपालिकाको वडा नं ६ मा पनि सडक पूर्वाधार लगायतका क्षेत्रमा काम भइरहेको छ । वडा नं ६ का अध्यक्ष समीरप्रताप सिंहले रु दुई लाख ५० हजारदेखि रु तीन लाखसम्मका साना सडक निर्माण कार्य भइरहेको जानकारी दिए  । सडकमा पिसिसी र ग्राभलिङको काम भएको छ । 

वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले सङ्घीय सरकारको बजेटमा सडक पूर्वाधारको काम भइरहेको जानकारी दिए । उनले रु २३ देखि रु २५ लाखसम्मका तीन सडक कालोपत्र र तीन सडक पिसिसी ढलान हुने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै चैत मसान्तभित्र सबै कार्य सम्पन्न हुने बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending