Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको २ वर्षको कार्य विवरण सार्वजनिक

खबरडबली संवाददाता

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले उपकुलपति भएपछि दुई वर्षमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । विसं २०७६ चैतमा पाँच वर्षका लागि उपकुलपति नियुक्त हुनुभएका गिरीले यो अवधि प्रतिष्ठानमा भएका उपलब्धिपूर्ण काम सार्वजनिक गरेका हन् । 

प्रदेश नं १ कै सबैभन्दा ठूलो अस्पताल र मेडिकल कलेजसमेत रहेको प्रतिष्ठानले राजनीतिक खिचातानी र कोभिड महामारीका बाबजुद पनि यो अवधिमा निकै ठूलो उपलब्धि हासिल गरेको डा गिरीले बताए  । प्रतिष्ठानले अस्पताल सेवा, शैक्षिक गतिविधि र प्रशासनसमेत गरी तीनैतर्फ उल्लेख्य सुधार गरेको जनाएको छ । यो उपलब्धि प्रतिष्ठानको इतिहासमै सबैभन्दा राम्रो भएको उपकुलपति गिरीको भनाइ छ ।

अस्पताल सेवातर्फ कोभिड–१९ महामारीको व्यवस्थापन तथा अस्पतालको नियमित स्तरोन्नतितर्फ ठूलो उपलब्धि हासिल भएको जनाइएको छ । कोभिड नियन्त्रणका लागि यो अवधिमा अस्पतालले २७० शय्याको अस्पताल विस्तार गरेको छ ।  

त्यस्तै इमर्जेन्सी, ल्याब, रेडियोलोजी, अकुपेशनल थेरापी सेवाको सुधार तथा स्तरोन्नति गरिएको छ । मिर्गौला पीडितका लागि २० शय्याको कक्ष निर्माण अन्तिम चरणमा रहेको उपकुलपति गिरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । 

अस्पताललाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत अस्पतालले मोबाइल एपबाटै ओपिडी बिरामीको दर्ता गर्नसक्ने, स्वास्थ्य बीमामा एपिआई सिस्टमबाट स्वत: दाबी गर्नसक्ने लगायतका व्यवस्था गरेको छ । अस्पतालको डिजिटलाइजेशनका लागि एकीकृत सफ्टवेयर विकास गर्ने प्रक्रिया सुरु गरेको अस्पतालले जनाएको छ । 

त्यस्तै ४०० शय्याको एमएचसी भवन निर्माण अन्तिम चरणमा रहेको छ । कार्डियोलोजी, अन्कोलोजी र ट्रमा सेन्टरको भवन निर्माणका लागि पहल गरिएको, बन्द रहेको फार्मेसी सेवालाई सुरु गरिएको तथा छुट्टै फार्मेसी भवन निर्माणको ८० प्रतिशत कार्यसमेत सम्पन्न भइसकेको प्रतिष्ठानले जनाएको छ ।  

यस प्रतिष्ठानले अस्पतालमा आउने मात्रै नभएर अस्पतालको पहुँच नभएका दुर्गम क्षेत्रका जनतालाई समेत टेलिमेडिसिन सेवा उपलब्ध गराएको छ । दुई वर्षको अवधिमा सुनसरी मोरङ र धनकुटाका झन्डै १२ हजारले यस्तो सेवा प्राप्त गरेको प्रतिष्ठानका सहप्रवक्ता डा पोखरेलले बताए ।  

त्यस्तै अस्पतालमा रहेका पुरानो प्रणालीका ६० डेन्टल चेयरमध्ये ३० वटा विस्थापित गरी नयाँ प्रविधिको इलेक्ट्रिकल डेन्टल चेयर प्रतिस्थापन गरिएको छ । मेडिसिन र सर्जरी वार्डका सम्पूर्ण शय्यामा मेडिकल ग्यास पाइपलाइन जडान गरिएको, पेइङ वार्डका हरेक शय्यामा  पाइपलाइन पुर्‍याएर नियमित भेन्टिलेटरको व्यवस्था गरिएको उनले बताए । 

अस्पतालले एक/एक हजार लिटर क्षमताको अक्सिजन प्लान्ट, केन्द्रीय प्रयोगशालाका लागि अत्याधुनिक एकीकृत बायोकेमेष्ट्री एनालाइजर तथा विश्व स्वास्थ्य सङ्गठनको सहकार्यमा स्किल ल्याब स्थापनाका लागि पहलसमेत गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रशासनिक सुधारतर्फ पनि उल्लेख्य प्रगति हासिल भएको उपकुलपति डा गिरीले बताए  । प्रतिष्ठानभित्र १५ वर्षदेखि हुन नसकेको कर्मचारी बढुवा गर्ने प्रक्रिया थालिएको, कर्मचारी तथा शिक्षकको तलब वृद्धि भएको पनि उनले विवरणमा उल्लेख गरेका छन् ।  

त्यस्तै अस्पतालको सुधारका लागि नेपाल एडमिनिष्ट्रेशन स्टाफ कलेजसँगको सहकार्यमा पहिलो चरणको ओ एन्ड एम सर्भे गरिएको छ । प्रतिष्ठान विकास सुधारका लागि स्थानीयवासीको पहुँचका लागि ‘लोकल फ्रेन्ड्स अफ बिपिकेआइएचएस’ गठन गरिएको उनको भनाइ छ । 

यस्तै अस्पतालको सेवा व्यवस्थापन तथा सेवाको दिगो सुधारका लागि अस्पतालका डेपुटी निर्देशक डा विकास साहको नेतृत्वमा सुधार कमिटी गठन गरिएको, खानेपानी व्यवस्थापनका लागि दुईवटा डिप बोरिङका लागि ठेक्का प्रक्रिया अघि बढेको समेत उल्ल्लेख गरिएको छ । अस्पतालभित्रको इनर्जी खपत व्यवस्थापनका लागि इनर्जी अडिट गरी अनावश्यक इनर्जी खर्चको नियन्त्रणको कामसमेत गरिएको प्रतिष्ठानले जनाएको छ । 

बिपी प्रतिष्ठानको आकस्मिक कक्षको स्तरोन्नति, दुई वर्षको कार्य विवरण सार्वजनिक र प्रतिष्ठानको आकस्मिक कक्षको  स्तरोन्नति गरिएको छ । शय्या तथा बिरामी ओसार्न प्रयोग गरिने ट्रली अभावले समस्या झेल्दै आएको आकस्मिक कक्षमा २० थान शय्या र १५ थान ट्रली थपिएको छ ।  

आकास्मिक कक्षमा आउने बिरामीहरुलाई थप सुविधा र प्रभावकारी ढङ्गले उपचार सेवा उपलब्ध गराउन नयाँ मेडिकल उपकरण तथा शय्या वृद्धि गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा चुरामणि पोखरेलले जानकारी दिए  । 

यस्तै आकस्मिक वार्डमा १० थान पेसेन्ट मनिटर पनि जडान गरिएको छ । यो मेशिनले अक्सिजन लेभल, इसिजी, मुटुको चाल, श्वासप्रश्वासलगायत मनिटरिङ गर्ने काम गर्छ । यो मेशिनको जडानले बिरामीको स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरी बिरामीको गुणस्तरीय उपचार गर्न थप सहयोग मिल्ने प्रतिष्ठानले जनाएको छ । यस्तै सिकिस्त बिरामीका लागि हाई फ्लो डिभाइस, डेफिब्रिलेटर, इमर्जेन्सी क्रास कार्ट पनि थप गरिएको सहप्रवक्ता पोखरेलले जानकारी दिए  । 

इमर्जेन्सी ल्याबबाट दिइने सेवाहरुलाई अझ बढी द्रुत गतिमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । आवश्यक औषधिलगायत अत्यावश्यक कुरा व्यवस्थापन गरिएको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशङ्कर साहले जानकारी दिए  । बिरामीका लागि आवश्यक पर्ने सम्पूर्ण परीक्षण इमर्जेन्सी ल्याबबाट नै गर्न सकिने व्यवस्था पनि गरिएको उनले बताए  । 

गम्भीर प्रकृतिका बिरामी तर भेन्टिलेटरको आवश्यकता नपर्ने बिरामीका लागि आकस्मिक कक्षमा एचडियु (हाई डिपेडेन्सी युनिटं) शय्या पनि चाँडै जडान गर्न लागिएको साहले बताए । आवश्यकताअनुुसार आकस्मिक कक्षमा शय्या सङ्ख्या पनि बढाउँदै जाने प्रतिष्ठान प्रशासनले जनाएको छ । जनशक्ति अभावलाई दृष्टिगत गरेर करारमा चिकित्सकको समेत माग गरिएको बताइएको छ । 

प्रतिष्ठानको आकस्मिक कक्षमा दैनिक १३० जनाभन्दा बढी बिरामीले सेवा लिँदै आएका छन् । एक सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending