काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमका कार्ड र बुम बोकेर जे पनि गर्ने छुट पत्रकारलाई नभएको बताएका छन्।
सुर्खेतमा आयोजित प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालिमको उद्घाटन गर्दै उहाँले आचारसंहिताको पालना गर्न पत्रकार स्वयम जिम्मेवार हुनुपर्ने बताए।
अध्यक्ष बस्नेतले बिनाआधार जथाभावी समाचार लेख्ने, आक्षेप लगाउनेजस्ता उजुरी बढेपछि काउन्सिलले कारबाही प्रक्रिया अघि बढाएको उल्लेख गरे।
“हामी समाजको प्रतिनिधि हो, जहिले पनि परीक्षणमा हुन्छौँ”, उनले भने, “हाम्रा क्रियाकलाप समाजले नियालिरहेको हुन्छ, त्यसैले आचारसंहिताको डोरीभित्र रहेर काम गर्नुपर्छ ।”
पे्रस काउन्सिल नेपालले देशव्यापीरूपमा आचारसंहिता जागरण अभियान सुरु गरेको अध्यक्ष बस्नेतले बताउनुभयो । पत्रकार आचारसंहिता पालनाका लागि पत्रकार महासङ्घको पनि उत्तिकै भूमिका रहेको उनको भनाइ थियो ।
प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले पत्रकारले बुम देखाउँदा भाग्नुपर्ने अवस्था आएको भन्दै जिम्मेवार र मर्यादित पत्रकारिताको खाँचो औँल्याए ।
उनले प्रेस काउन्सिल नेपालले दूत भएर सरकार र पत्रकारबीच पुलको काम गरिरहेको बताए ।
नेपाल पत्रकार महासङ्घका पूर्व केन्द्रीय कोषाध्यक्ष सूर्यमणि गौतमले आचारसंहिता उल्लङ्घन गर्दा पत्रकारिताको विश्वसनियतामाथि प्रश्न उठेको बताए ।
काउन्सिलले पत्रकार आचारसंहितासम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दा जिल्लास्तरमा आचारसंहिता सिकाउने प्रशिक्षक उत्पादन हुने उनको विश्वास छ । पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण कार्यक्रममा कर्णाली प्रदेशका २५ जना सहभागी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ २४ गते, २०८२ - ०९:२९
काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन भने तराई भू–भागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ...
माघ २४ गते, २०८२ - ०९:२८
बागमती । हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले गत महिना रु ८० करोड आठ लाख ९९ हजार राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको प्रथम छ महिनामा रु त...
माघ २४ गते, २०८२ - ०९:२५
बिर्तामोड । भद्रपुर नगरपालिका–१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ । अज्ञात व्यक्तिको आक्रमणमा सोही स्थानका बासिन्दा खेम ढकालको मृत्यु भएको छ । जिल्...
माघ २४ गते, २०८२ - ०९:१९
काठमाडौं । विगत केही समयदेखि तेल र चामलजस्ता दैनिक उपभोग्य वस्तुमा देखिएको मूल्यवृद्धिको कारण केलाउने काम भइरहेको र मातहतका निकायले अनुगमन तीव्र पारेक...
माघ २४ गते, २०८२ - ०८:०१
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीको आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा-५ मा तालमेलका लागि अघि सारेको प्रस्तावलाई नेपाली कम्युनिस्ट पा...
माघ २४ गते, २०८२ - ०७:५४
बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको पुर्चौडी नगरपालिका वडा ७ को भौनीबाट बेहुली लिएर लिएर बझाङ...
माघ २४ गते, २०८२ - ०७:४७
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन प्रचारप्रसारमा जानुअघि राजनीतिक दल र उम्मेदवारले घोषणा पत्र सार्वजनिक गर्नुपर्ने व्यवस्था न...
माघ २४ गते, २०८२ - ०७:४३
काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्रमा बग्ने बागमती नदी र नदी किनारको दायाँबायाँ फोहर फाल्नेलाई आगामी शनिबारदेखि महानगर प्रहरीले गस्ती गरी कानुनी ...
माघ २४ गते, २०८२ - ०७:३०
म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला म्याग्दीमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको प्रतिस्पर्धा हुन...
माघ २४ गते, २०८२ - ०७:१७
काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार) देखि किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) ...



प्रतिकृया लेख्नुहोस्: