Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

आधुनिक डिजिटल प्रविधिबाट पठनपाठन

रासस

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालय प्रविधि मैत्री विद्यालयका रुपमा परिचित भएको छ । आधुनिक डिजिटल प्रविधि प्रयोग गरी विद्यालयमा पठनपाठन हुँदै आएको हो । परम्परागत शिक्षालाई रुपान्तरण गरी प्रविधिमा आधारित कक्षा सञ्चालन हुँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्र पाण्डेयले बताए  ।

“किताबी ज्ञानभन्दा विद्यार्थीलाई व्यावहारिक शिक्षा प्रदानमा जोड दिएका छौँ,” उनले भने, “विद्यार्थीका लागि स्मार्ट बोर्डसहितको कक्षा कोठा निर्माण गरी पढाइ हुँदै आएको छ ।” सहायक प्रधानाध्यापक पाण्डेयका अनुसार गणित विषयलाई निकै जटिल विषयका रुपमा चित्रण गरिने भएकाले यसलाई सरल र सहज रुपमा विद्यार्थीलाई सिकाउनका लागि आधारभूत तहदेखि माध्यमिक तहसम्मका विद्यार्थीलाई पूर्ण रुपमा डिजिटल माध्यमबाट पठनपाठन गर्नसक्ने व्यवस्था गरिएको छ । 

“विद्यार्थीले गणित विषय विद्यालयमा पढ्छन् । नबुझेका कुरा सिकाउनका लागि शिक्षकद्वारा निर्माण गरिएका डिजिटल सामग्री इन्टरनेटमा राखिएको छ,” उनले भने, “त्यसबाटै विद्यार्थीले सिक्ने गरेका छन् । इन्टरनेटका माध्यमबाट पाठ्य सामग्री हेर्न सक्ने गरी विषयवस्तु राखेका छौँ ।”

विद्यार्थीको शैक्षिक गुणस्तर बढाउनका लागि निर्माण गरिएको वेबसाइटमा शिक्षासँग सम्बन्धित १५ वटा वेबसाइट खोल्न सकिने व्यवस्थासमेत गरिएको छ । कक्षा १० मा अध्ययनरत विद्यार्थी राजेन्द्र अवस्थीले स्मार्ट डिजिटल बोर्डमा सिकाइ हुने भएकाले पढाएका कुरा बुझ्नका लागि निकै सहज हुने गरेको बताए । “ कालोपाटीमा शिक्षकले ज्यामिती पढाउँदा बुझ्न कठिन हुन्थ्यो,” उनले भने, “डिजिटल बोर्डमा प्रविधि प्रयोग गरी सिकाइने भएकाले बुझ्न निकै सहज भएको छ । शिक्षकले निर्माण गरेका डिजिटल शैक्षिक सामग्री वेबसाइटबाट समेत हेर्न मिल्ने भएकाले नबुझेका कुरा घरमै हेरेर बुझ्ने गरेका छौँ ।”

विद्यालयका शिक्षकले वेबसाइटमा शैक्षिक सामग्री, पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षासम्बन्धी ऐन, निर्देशिका, विशिष्टीकरण तालिका, स्वअध्ययन सामग्री, पठनपाठनका विभिन्न स्लाइडहरु, उपयोगी लिङ्क, विभिन्न शिक्षाविदका लेखरचनाहरु वेबसाइटमा राखिएका छन् । आधारभूत तहका विद्यार्थीलाई चित्रका माध्यमबाट पठनपाठन गर्नका लागि प्रोजेक्टरको समेत प्रयोग हुने गरेको छ । “बदलिँदो परिवेशसँगै शिक्षामा समेत आमूल परिवर्तन हुन आवश्यक छ,” विद्यालय व्यवस्थापन समितिका सदस्य तेजबहादुर शाहले भने, “यसै कुरालाई मध्यनजर गर्दै विद्यालय शिक्षालाई डिजिटलाइजेशन गर्न लागेका छौँ । शिक्षालाई गुणस्तरीय बनाउनका लागि प्रविधिमा विशेष जोड दिई अगाडि बढ्दैछौँ ।”

विद्यालयमा डिजिटल विधिबाट पठनपाठनको कार्य प्रभावकारी भए नभएका बारेमा समेत अध्ययन गरिँदै आएको जानकारी दिँदै उनले अवस्था अध्ययन गर्दा विगतको परम्परगत विधिको तुलनामा विद्यार्थीमा सिक्ने उत्सुकता पाइएको बताए । विद्यार्थी नियमित विद्यालय आउने गरेका छन् । बीचमै विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या घटेको छ । पठनपाठनमा विद्यार्थीको रुचि बढ्दा उत्तीर्ण प्रतिशत बढ्नाका साथै नतिजामा सुधार हुँदै गएको पाइएको छ । विद्यार्थीको शैक्षिक अवस्थाबारे जानकारी लिनका लागि त्रैमासिक, अर्धवार्षिक, वार्षिक परीक्षाको नतिजा वेबसाइटमै राखिने गरिएकाले अभिभावकले घरमै बसेर बालबालिकाको शैक्षिक अवस्थाबारे जानकारी पाउने गरेका छ । 

नजिकैको झलारी बजार क्षेत्रमा आधा दर्जनभन्दा बढी निजी विद्यालय सञ्चालन भइरहेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीको आकर्षण निजी विद्यालयतर्फ हुनुपर्नेमा प्रविधि मैत्री शिक्षा प्रणालीलाई आत्मसात् गर्दा विद्यालयमा विद्यार्थीको सङ्ख्या प्रतिवर्ष बढ्दो रुपमा रहेको प्रधानाध्यापक लक्ष्मी थापा ऐरले बताए । उनका अनुसार विद्यालयममा आधारभूत तहदेखि माध्यमिक तहसम्म ५७३ विद्यार्थी पठनपाठन गर्दै आएका छन् जसमा छात्राको सङ्ख्या ३४२ र छात्रको सङ्ख्या २३१ छ ।

विद्यालयमा बाहुन क्षेत्री समुदायका २७१ र जनजातिका १०६ र  दलितका १९६ विद्यार्थी अध्ययनरत छन् । प्राविधिक शिक्षाका रुपमा विद्यालयमा आइएस्सी, एजी र कृषि जेटिएका कक्षाहरुसमेत सञ्चालन हुँदै आएका छन् । प्राविधिकतर्फका कक्षामा ८८ विद्यार्थी पठनपाठन गर्दै आएका छन् । कृषितर्फका कक्षाका लागि प्रयोगात्मक शिक्षा प्रदान गर्न थोपा सिँचाइ, प्लाष्टिक टनेल, एग्रोनमी तीनवटा प्रयोगशाला छन् । विद्यालयमा १४ स्थायी, दुई अस्थायी, दुई निजी स्रोतबाट सञ्चालित शिक्षक छन् ।

विद्यालयमा भलिबल कोर्ट, खेलमैदान, पुस्तकालय, विज्ञान प्रयोगशाला पनि बनाइएका  छन् ।  विद्यार्थीलाई कम्प्युटरसम्बन्धी शिक्षा दिन ५० वटा कम्प्युटरसहितको ल्याबको व्यवस्था गरिएको छ । सत्ताइस हजार  ८४७ वर्गमिटरमा फैलिएको विद्यालयको गतिविधिलाई नियाँल्न विद्यालय छिर्ने प्रवेशद्वारदेखि विद्यालयका विभिन्न ठाउँमा गरी नौवटा सिसिटिभी क्यामेरासमेत राखिएका छन् । विद्यालयका सम्पूर्ण क्षेत्र कम्प्युटरमा हेरेर नियाँल्न सकिने बनाइएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending