Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो महाधिवेशन मङ्गलबार

खबरडबली संवाददाता

काठमाडौँ । देशभरका साना उद्योगी तथा व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन यही चैत २२ गते मङ्गलबार हुने भएको छ ।

देशभरका झण्डै दुई दर्जन व्यापार सङ्घ आबद्ध महासङ्घको चौँथो वार्षिक साधारणसभा एवं दोस्रो राष्ट्रिय महाधिवेशन एभरेष्ट होटल नयाँ बानेश्वरमा हुन लागेको हो । साना उद्योगी तथा व्यवसायीलाई परेका समस्यालाई समाधान गर्दै मुलुकको आर्थिक विकासमा लाग्दै आएको महासङ्घले सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष नरेश कटुवालले जानकारी दिए  ।

महासङ्घले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले अस्वभाविकरुपले बढाएको ब्याजले उद्योगी व्यवसायीलाई नराम्रो असर परेको भन्दै यसबारे पुनर्विचार गर्न सरकारको ध्यानाकर्षणसमेत गरेको छ ।

यस्तै महासङ्घले उद्योगका लागि चाहिने दक्षजनशक्ति तयार गर्न सरकारले तालिम केन्द्रको स्थापना गर्नुपर्ने, कच्चा पदार्थमा बन्दै आएको परनिर्भरता हटाउनका लागि सरकारले खोज अनुसन्धान गर्नुपर्ने, काठमाडौँ उपत्यकालगायत सडक फुटपाथको सही व्यवस्थापन हुनुपर्ने, भन्सार नाकामा व्यवसायीको सहज पहुँच हुनुपर्ने बताएको छ ।

यसैगरी उद्योग व्यवसायको क्षमता र प्रकृति हेरेर उद्योगी व्यवसायीका लागि विनाधितो ऋणको व्यवस्था गर्नुपर्ने, अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्नका लागि सरकार र निजी क्षेत्रबीच समन्वय समिति गठन गर्नुपर्ने, साना तथा मझौला व्यवसायीलाई नीति निर्माण तहमा सहज पहुँच बनाउनुपर्नेलगायत मागसमेत व्यवसायीले सरकारसँग राखेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending