सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताएका छन् । नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्वतयारीमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । “विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्वतयारी आवश्यक हुन्छ”, उनले भने, ‘त्यसका लागि तीन तहका सरकारबीचको समन्वय र सहकार्य नितान्त जरुरी छ ।’
मुख्यमन्त्री शाहीले विपद् जोखिमको प्रतिकार्य, उद्धार, राहतका लागि पूर्वतयारी र समयको सदुपयोग महत्वपूर्ण कुरो भएको जनाए । यस्ता प्राकृतिक विपद्मा सरकार विकास साझेदारको सहयोग आवश्यक रहेको बताउँदै उनले बेलायत सरकार तथा विश्व खाद्य सङ्गठनको लामो समयदेखिको योगदानको प्रशंसा गरे । कर्णालीमा पनि विपद्को उच्च जोखिम रहेकाले यसको पूर्वतयारी लाग्न हरेकले समय र महत्व दिएर काम गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जातिको सत्रु भएकाले त्यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा साझा प्रयास आवश्यक रहेको बताए । गृह मन्त्रालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरेको मानवीय सहायतास्थलमा बेलायत सरकार तथा विश्व खाद्य सङ्गठनको सहयोग गरेकोप्रति धन्यवाद व्यक्त गर्दै उक्त संरचनालाई ठूलो पूँजीका रुपमा ग्रहण गरिने जनाए ।
प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले विपद् व्यवस्थापनमा राज्यको अभिभावकीय भूमिका हुनुपर्ने जनाए । विश्व खाद्य सङ्गठनका कन्ट्री डाइरेक्टर रोबर्ट कास्काले लामो समयदेखि विपद् जोखिमको क्षेत्रमा सङ्गठनले काम गर्दै आएको र अब पनि कर्णालीमा समन्वय निरन्तर राख्ने जनाए । गृह मन्त्रालय विपद् तथा द्वन्द्व शाखाका प्रमुख प्रदीपकुमार कोइरालाले सङ्घ, प्रदेश तथा स्थानीय तहमा विपद् व्यवस्थापन समितिको संरचना भएको बताए । कर्णालीको विपद् जोखिमको अवस्थालाई ध्यानमा राखेर सुर्खेतमा आपत्कालीन सहयोगका लागि मानवीय सहायता केन्द्र राखिएको उनले जानकारी दिए । उनले विपद्का सामग्री भण्डारणका लागि गोदाम घर निर्माण गरिएको र यो सातै प्रदेशमा नेपाल सरकारले व्यवस्थापन गरेको बताए ।
उनले वीरेन्द्रनगर नगरपालिकाका प्रमुखलाई खुला क्षेत्र बचाइराख्न र विपद् कोषको व्यवस्थापन गर्न अनुरोध गरे । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कर्णालीमा विपद् प्रतिकार्यका लागि आवश्यक उपकरण नहुँदा समस्या भएको जनाउँदै यसलाई जनशक्ति र उपकरणयुक्त बनाउनुपर्नेमा जोड दिए ।
विश्वखाद्य सङ्गठनका सञ्चार अधिकृत मोनिका उपाध्यायले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मानवीय सहायतास्थल करिब रु चार करोड लागतमा निर्माण भएको जनाए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...
पौष ८ गते, २०८२ - १४:२३
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन ठुला दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। राष्ट्रपतिले नेपाली कांग्रेस सभापति शेरबहादुर ...
पौष ८ गते, २०८२ - १४:०८
काठमाडौं । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ मा प्रतिनिधि सभा सदस्य निर्वाचन गर्नुको विकल्प नरहेको बताएको छन् । सर...




प्रतिकृया लेख्नुहोस्: